९ ,श्रावण ,नाब्लस (प्यालेस्टिनी क्षेत्र) । इजरायली सेनाले मङ्गलबार पश्चिम किनारको नाब्लस शहरमा तीन प्यालेस्टाइनीको हत्या गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले आरोप लगाएको छ । नाब्लसमा इजरायली सेनाको गोली लागेर तीन जना प्यालेस्टिनीको मृत्यु भएको छ जनाउँदै मन्त्रालयले मारिएकाको पहिचान भइनसकेको बताएको छ । सशस्त्र आतङ्ककारीले नाब्लसमा एउटा गाडीबाट आफ्ना सैनिकमाथि
९ श्रावण, एजेन्सी । मृत्युदण्डलाई प्रभावकारी अपराध निरोधक दाबी गर्दै आएको सिङ्गापुरले लागुऔषध तस्करीमा दोषी ठहरिएका दुई जनालाई यसै साता मृत्युदण्ड दिने तयारी गरेको छ । सरिदेवी जामानी भनेर चिनिने ४५ वर्षीया महिला र ५६ वर्षीय पुरुषलाई फाँसी दिन लागिएको अधिकारवादी सङ्गठन ट्रान्सफर्मेटिभ जस्टिस कलेक्टिभ (टिजेसी)ले जनाएको छ । सिङ्गापुरले २०
९ श्रावण, एजेन्सी । क्यामरुनको व्यापारिक केन्द्र दोउलास्थित एउटा चारतले भवन भत्कँदा ३७ जनाले ज्यान गुमाएका छन् भने अन्य २१ जना घाइते भएका छन् । भत्केको भवन अर्को आवासीय भवनमा खसेको थियो । शनिबार र आइतबार राति उक्त घटना भएको क्षेत्रीय गभर्नरले एएफपीलाई बताए । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ
९ श्रावण, एजेन्सी । इजरायली सांसदहरूले देशको न्यायिक प्रणालीलाई परिमार्जन गर्ने विवादास्पद योजनाको मुख्य विधेयक पारित गरेका छन् । मतदान अघि सबै ५६ जना विपक्षी सांसदले विधेयकका प्रतिलिपिहरू च्यात्नका साथै त्यसको विरोधमा नारा लगाएर मतदान बहिष्कार गरेका थिए । विधेयकको जेरुसेलम र तेल अविभमा पनि विरोध प्रदर्शन भएका छन् । मतदानपछि
९ श्रावण, एजेन्सी । पेरिसस्थित राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवम् सांस्कृतिक सङ्गठन (युनेस्को)को प्रधानकार्यालयमा अमेरिकाको राष्ट्रिय झण्डा भोलिदेखि पुनः फहराउने भएको छ । प्रथम महिला जिल बाइडेनले देशको झण्डा फहराउँदै आफ्ना पतिका तर्फबाट विशिष्ट व्यक्तिमाझ अमेरिकी धारणा प्रस्तुत गर्नेछिन् । युनेस्कोमा अमेरिकाको पुनःफिर्ती कार्यक्रमलाई सम्बोधन गर्न छोरी आस्लेका साथ राष्ट्रपति जो बाइडेनको
९ श्रावण, एजेन्सी । युरोपमा हरेक वर्ष २० हजारभन्दा बढी मानिसको डुबेर ज्यान जाने गरेको छ । डुब्नबाट जोगाउने विश्व रोकथाम दिवसको पूर्वसन्ध्यामा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का युरोपेली क्षेत्रीय निर्देशक डा हान्स हेनरी पी. क्लुगेलेले उक्त जानकारी दिएका हुन् । विश्वका सबैभन्दा अधिक मदिरा पिउनेहरू युरोपमा रहेकाले युरोपेली क्षेत्रमा डुबेर
८ ,श्रावण ,कायरो । सुडानका नागरिकहरूको राजनीतिक गठबन्धन समूह द फोर्सेस अफ फ्रिडम एण्ड च्यालेञ्जले देशमा एक सय दिनदेखि जारी युद्धलाई कसरी अन्त्य गर्नसकिन्छ भन्ने सम्बन्धमा इजिप्टको राजधानी कायरोमा गहन छलफल गरेको छ । दुई दिनसम्म सञ्चालन भएको उक्त बैठक सुडान सङ्कटको मूल कारणबारे नागरिकस्तरमा प्रत्यक्षरूपमा छलफल गर्न महत्वपूर्ण भएको
८ ,श्रावण ,डकार । सेनेगलको राजधानीमा समीपको समुद्रमा डुङ्गा पल्टिँदा १६ जनाको मृत्यु भएको छ । उत्तरपश्चिम अफ्रिकाबाट स्पेनको क्यानरी टापुहुँदै युरोप प्रवेश गर्न चाहने आप्रवासीहरू चढेको डुङ्गा डुबेको प्रारम्भिक अनुमान गरिएको डकारका उपप्रमुख साम्बा कान्दजीले बताएका छन् । यसैबीच, इन्डोनेसियाको सुलावेसी टापुको तटमा सोमबार काठको डुङ्गा डुब्दा कम्तीमा १५
८ श्रावण, एजेन्सी । चर्चित सामाजिक सञ्जाल ट्विटरको लोगो परिवर्तन भएको छ । ट्विटरका मालिक एलन मस्कले चराको ठाउँमा अंग्रेजीको एक्स 'X' राखेका हुन् । व्यवसायको नाम परिवर्तन गरेर एक्स कर्प राखेका श्री मस्कले यो परिवर्तन लामो समय अगाडी नै गरिनु पर्ने बताएका थिए । ट्विटरकी सीईओ लिन्डा याकारिनोले पनि
८ श्रावण, एजेन्सी । उत्तरपूर्वी चीनमा एक विद्यालयको व्यायामशालाको लागि बनाइएको हलको छाना भत्किँदा ११ जनाको मृत्यु भएको चीनको सरकारी सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् । हेइलोङजियाङ प्रान्तको किकिहारमा निर्माण कर्मीहरूले भवनको छतमा पानी जम्मा गर्न अवैधरूपमा संरचना बनाएको र अत्यधिक भारका कारण उक्त भवन भत्किएको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको