Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

घानाका उपराष्ट्रपति बावुमियाद्वारा राष्ट्रपति चुनावमा हार स्वीकार


काठमाडौँ । घानाका उपराष्ट्रपति र सत्तारुढ पार्टीका उम्मेद्वार महामुदु बाबुमियाले २०२४ को राष्ट्रपति चुनावमा आईतवार हार स्वीकार गरेका छन्  ।

आफ्नो आधिकारिक निवासबाट एक संक्षिप्त टेलिभिजन सम्बोधनमा सत्तारुढ नयाँ देशभक्त पार्टीको नेतृत्व गर्ने बाउमियाले नतिजाहरू स्वीकार गरेका हुन्  ।

घानावासीहरूलाई उनीहरूको समर्थनको लागि कृतज्ञता व्यक्त गरे । राष्ट्रपतिको दौडमा विजयी भएकोमा पूर्वराष्ट्रपति जोन द्रामणि महामालाई बधाई दिए । विपक्षी राष्ट्रिय लोकतान्त्रिक कंग्रेसको नेतृत्व गर्दै आउनुभएका महामाले आईतवार सामाजिक सञ्जालमार्फत आफ्नो जितको घोषणा गरे ।

घानावासीहरूले नयाँ राष्ट्रपति र २७६ सांसदहरू चयन गर्न शनिवार मतदान गरेका थिए । घानाको निर्वाचन आयोगले आधिकारिक रूपमा अन्तिम परिणाम घोषणा गर्न बाँकी छ ।


प्रकाशित मिति: २४ मंसिर २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?