जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले गलत नियतका साथ उपसभामुखलाई हटाउन खोजिएको बताउनुभएको छ । अध्यक्ष राउतले सरकारले गलत नियतका साथ उपसभामुख इन्दिरा रानालाई हटाउन लागेको बताउनुभएको हो । उहाँले सरकारले संवैधानिक परिषद्मा आफ्नो बहुमत पु¥याउनका लागि उपसभामुखलाई हटाउन लागेको बताउनु भयो । संवैधानिक परिषद्मा बहुमत नपुग्दा आफ्नो मान्छेलाई नियुक्त
काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी उपसभापति धनराज गुरुङको नाम सहकारीमा जोडिएको भन्दै निष्पक्ष छानविन हुने बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले काँग्रेस पार्टीका विधान, परम्परा, निर्णयहरुले कुनैपनि प्रकरणमा कानून उल्लंघन गरेको भए उसले उन्मुक्ति पाउन नहुने बताएका छन् । उनले शक्तिशाली, सत्तासिन, नाता
काठमाडौं। नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले उपसभामुख इन्दिरा रानामाथि महाअभियोग लगाए कानूनी उपचार खोज्ने बताएका छन् । उनले महाअभियोग लगाए सत्तारुढ दलहरुले ठुलो मुल्य चुकाउनुपर्ने चेतावनी दिदै उनले उपसभामुखमाथि लगाइएको आरोपको धरातल बलियो नभएको बताएका छन् । उनले भने , ‘यो दर्ता भएर प्रक्रियामा अगाडी गयो भने सत्तापक्षले अथवा सरकारको नेतृत्व
काठमाडौं। नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले सरकारले उपसभामुखको राजीनामाका लागि दबाब नदिएको बताएका छन् । मंगलवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले सरकारले उपसभामुखलाई राजीनामाका लागि दबाब नदिएको बताएका हुन् । उनले उपसभामुखले गरेको काम पदीय जिम्मेवारी अनुकुलको नभएको भन्दै मार्ग प्रशस्त गर्ने कुरा उपसभामुख
काठमाडौं। नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीको पदाधिकारी निर्वाचनमा आफू कसैको पक्षमा नलागेको स्पष्ट पारेका छन् । अध्यक्ष नेपालले केही दिनअघि भएको पार्टीको पदाधिकारी निर्वाचनमा कोही व्यक्ति विशेषलाई जिताउन वा हराउन आफूले चिट नबाँडेको स्पष्ट पारेका छन् । उनले आफू पार्टी अध्यक्षको रुपमा सबैको साझा व्यक्ति भएको भन्दै निर्वाचनमा कुनै
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मुल्यवृद्धि नियन्त्रणका लागि बजार अनुगमन गर्न सरकारलाई आग्रह गरेका छन् । अध्यक्ष लिङ्देनले चाडवाड नजिकिदै गर्दा सबै उपभोग्य वस्तुहरुको चर्को मूल्यवृद्धि भइरहेको बताउदै उनले सरकारले जनजिविका र जनताको समस्याहरुमा ध्यान केन्द्रित गर्न नसकेको बताएका छन्। संक्षिप्त कुराकानी गर्दै उनले मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले
काठमाडौं । कानूनविद् डा. विपिन अधिकारीले नेपाल–भारतले ईपीजी प्रतिवेदन अघि बढाउन ढिलाई गर्न नहुने बताउनुभएको छ ।दुई मुलुकबीचको असमानतालाई हटाउन पनि सो प्रतिवेदन बुझ्ने र त्यसै अनुसार अघि बढ्ने काममा ढिलाई गर्न नहुने उहाँको भनाई थियो । सूर्यनाथ उपाध्यायद्वारा लिखित पुस्तक ‘इन्टरनेशनल वाटरकोर्स लः अ परसपेक्टिभ अन नेपाल इण्डिया ओअपरेशन’ को
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल कर्मचारीको तलव वृद्धि गर्नसक्ने अवस्था नरहेको बताउनुभएको छ ।शनिवार काठमाडौंमा २१ औं निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कर्मचारीहरुका समस्यका बारेमा आफू जानकार रहेको भन्दै अहिलेको अर्थतन्त्रले कर्मचारीको तनाखा वृद्धि गर्न नसकिने बताउनु भयो ।
काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले देशलाई दुई दलिय शासनतिर लैजान खोजिएको भन्दै त्यसलाई रोक्न जनतालाई सुसूचित गर्नुपर्ने बताएका छन् । बुधवार पार्टीको अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त बैठक समापनको क्रममा बोल्दै अध्यक्ष दाहालले देशलाई दुई दलिय शासनतिर लान खोजिएको बताएका छन्। अध्यक्ष दाहालको भनाइ उद्धृत
काठमाडाैं । नेपाली काँग्रेसका सांसद मोहनबहादुर बस्नेतले नेपाल एयरलाइन्सको जहाज ग्राउण्डेड भएको सम्बन्धमा छानविन गर्नुपर्ने बताएका छन् । मंगलवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद बस्नेतले नेपाल एयरलाइन्सले आफ्ना जहाजहरु ग्राउण्डेड गर्नुले आशंका उब्जिएको बताएका छन् । उनले जहाज ग्राउण्डेड भएको सन्दर्भमा सत्यतथ्य बाहिर ल्याउन छानविन गर्नुपर्ने बताए ।