Trending
>>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग >>   जनताका प्रश्नको उत्तर नपाएरै रित्तो हात फर्किनुपर्‍योः सांसद राई >>   म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणः मनिष झाको संयोजकत्वमा अध्ययन समिति गठन
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले संसदीय बजेट अधिवेशन कानून निर्माण र जनजीविकाका सवालमा केन्द्रित रहेको बताएका छन् । शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कानून निर्माणका कार्यमा संसदले इमान्दार प्रयास गरेको र समितिगत रूपमा पनि ठोस उपलब्धि हासिल भएको दाबी गरेका छन् । सांसद ढकालकाअनुसार यस पटकको अधिवेशनमा सरकारले १६६ वटा नयाँ कानून ल्याउने प्रतिवद्धता गरेअनुरूप विधेयकहरूलाई उच्च प्राथमिकता दिइएको छ । उनले आफू सभापति रहेको राज्य व्यवस्था तथा सुशासन समितिले आफ्नो जिम्मेवारीमा आएका तीनवटै विधेयकहरूलाई समयमै टुंगो लगाएको जानकारी दिएका छन् । जसमध्ये दुईवटा विधेयक सर्वसम्मत र एउटा बहुमतले पारित गरी सदनमा प्रतिवेदन बुझाइसकिएको छ । संसदीय अभ्यासका सन्दर्भमा उनले सत्तापक्ष र प्रतिपक्षको धरातल माथि उठेर नागरिकका आवाज सदनमा मुखरित हुनु लोकतन्त्रको सुन्दर पक्ष भएको बताए । विपद्को समयमा पनि संसदले देखाएको सक्रियता र नयाँ सांसदहरूको मेहनतले संसदीय गरिमा बढाएको उनको भनाइ छ । भ्रष्टाचार र पुराना फाइलहरू खोल्ने विषयमा भइरहेको ढिलाइबारे सोधिएको प्रश्नमा उनले व्यथितिका चाङ धेरै भएको स्वीकार गर्दै कानून निर्माण र नीतिगत सुशासनमा इमान्दार कोशिस जारी रहेको बताएका छन् ।

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले संसदीय बजेट अधिवेशन कानून निर्माण र जनजीविकाका सवालमा केन्द्रित रहेको बताएका छन् ।

शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कानून निर्माणका कार्यमा संसदले इमान्दार प्रयास गरेको र समितिगत रूपमा पनि ठोस उपलब्धि हासिल भएको दाबी गरेका छन् । सांसद ढकालकाअनुसार यस पटकको अधिवेशनमा सरकारले १६६ वटा नयाँ कानून ल्याउने प्रतिवद्धता गरेअनुरूप विधेयकहरूलाई उच्च प्राथमिकता दिइएको छ । उनले आफू सभापति रहेको राज्य व्यवस्था तथा सुशासन समितिले आफ्नो जिम्मेवारीमा आएका तीनवटै विधेयकहरूलाई समयमै टुंगो लगाएको जानकारी दिएका छन् । जसमध्ये दुईवटा विधेयक सर्वसम्मत र एउटा बहुमतले पारित गरी सदनमा प्रतिवेदन बुझाइसकिएको छ ।

संसदीय अभ्यासका सन्दर्भमा उनले सत्तापक्ष र प्रतिपक्षको धरातल माथि उठेर नागरिकका आवाज सदनमा मुखरित हुनु लोकतन्त्रको सुन्दर पक्ष भएको बताए । विपद्को समयमा पनि संसदले देखाएको सक्रियता र नयाँ सांसदहरूको मेहनतले संसदीय गरिमा बढाएको उनको भनाइ छ ।

भ्रष्टाचार र पुराना फाइलहरू खोल्ने विषयमा भइरहेको ढिलाइबारे सोधिएको प्रश्नमा उनले व्यथितिका चाङ धेरै भएको स्वीकार गर्दै कानून निर्माण र नीतिगत सुशासनमा इमान्दार कोशिस जारी रहेको बताएका छन् ।


प्रकाशित मिति: १६ आश्विन २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?