काठमाडौं । जित्नैपर्ने खेलमा लुम्बिनी लायन्ससँग पराजित हुँदा विराटनगर किङ्स नेपाल प्रिमियर लिग ९एनपिएल० को तेस्रो सिजनमा प्लेअफमा पुग्न असफल भएको छ ।
कीर्तिपुरमा शनिवार भएको लिगको आफ्नो सातौं खेलमा लुम्बिनीले विराटनगरमाथि चार विकेटको जित रच्यो । हारसँगै विराटनगर प्लेअफमा पुग्न असफल भयो । विराटनगरको हारले चितवन राइनोज र काठमान्डु गोर्खाज एक खेलअगावै प्लेअफमा पुग्यो । प्लेअफमा पुग्न विराटनगरसँग जितको विकल्प थिएन । तर खराब बलिङ र फिल्डिङका कारण विराटनगर शीर्ष चारभित्र अटाउन सकेन । लुम्बिनी भने शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्ने भएको छ । सात खेलबाट सुदूरपश्चिम रोयल्सको १० अंक जोड्दा समान ६ खेलबाट काठमान्डुको ८ अंक र चितवनको सात अंक छ । काठमान्डुसँग मात्र सुदूरपश्चिमलाई पछि पार्दै पहिलो क्वालिफायर पुग्ने अवसर छ ।
चितवनले अन्तिम खेलमा कर्णाली याक्सलाई हराए पनि पहिलो क्वालिफायर पुग्न पर्याप्त हुने छैन । त्रिवि क्रिकेट स्टेडियममा विराटनगरले १६७ रनको लक्ष्य दियो । तर लुम्बिनीले १९।५ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो । ओपनरद्वय आसिफ शेख र डार्सी सट समान ४५ रनमा आउट भए । अली शेख रनमा २७ रनमा आउट हुँदा सन्दीप जोरा २५ रनमा अविजित रहे । यी दुईले बीच छैटौं विकेटका लागि ४२ रनको साझेदारी गर्दै जितको आधार बनाएका हुन् । अन्तिम ओभरमा लुम्बिनीलाई जितका लागि १६ रन आवश्यक थियो । तर डेथ ओभरमा रूपेश सिंहले खराब बलिङ गरे । उनले पहिलो बलमा नो बल फ्याकेपछि खेल लुम्बिनीको पोल्टामा पुग्यो ।
त्यसपछिका चार बलमा रूपेशले एक विकेटसँगै चार रन मात्र दिँदै खेलमा फर्कने प्रयास गरे । चौथो बलमा शेख आउट भए । यससँगै दुई बलमा लुम्बिनीलाई ५ रन आवश्यक थियो । त्यसपछि आएका रुबेन ट्रम्पलमेनले पहिलो बलमै छक्का प्रहार गर्दै एक बलअगावै जित दिलाए । शेखले १९ बलमा एक चौका र दुई छक्का प्रहार गरे । अन्तिम दुई ओभरमा ३३ रन जोगाउन नसक्दा विराटनगर लिगबाट नै बाहिरियो । त्यसअघि समालिएर खेल्दै लुम्बिनीले पहिलो विकेटका लागि ८६ रनको बलियो साझेदारी ग¥यो । पावरप्लेमा यी दुईले ३९ रन मात्र जोडे । तर दशौं ओभरदेखि यी दुईले रनको गति बढाए । ११।५ ओभरमा डार्सी आउट भए ।
चरिथ असलन्काले डार्सीलाई एलबिडब्लु धरापमा पार्दै ठुलो सफलता दिलाए । डार्सीले ३८ बलमा तीन चौका र एक छक्का हिर्काए । यतिबेला लुम्बिनी ८६÷१ को अवस्थामा थियो । खातामा थप १२ रन जोड्दा लुम्बिनीले थप तीन विकेट गुमाउन पुग्यो । १३औं ओभरमा युवा स्पिनर अपराजित पौडेल बलिङमा आए । यो ओभरमा उनले निरोसन डिकवेला र दिलीप नाथलाई शून्यमा पभेलियन फर्काए । यससँगै लुम्बिनीको दबाब केही कम भयो । लगत्तै अर्को ओभरमा आसिफ रनआउट हुन पुगे । दुई रन लिन खोज्दा उनी आउट भए । उनले ४१ बलमा तीन चौका र एक छक्का हिर्काए । १३.५ ओभरमा लुम्बिनी ९८÷५ को अवस्थामा पुग्यो । कप्तान रोहित पौडेल पनि ९ रनमा रनआउट भए । तर छैटौं विकेटका लागि शेख र जोराको साझेदारीले लुम्बिनी विजयी भयो ।
विराटनगरको बलिङमा अपराजितले दुई तथा असलन्का र रूपेशले समान एक विकेट लिए । बलिङमा साथ नपाउँदा विराटनगर सात खेलबाट ६ अंक जोड्दा शीर्ष चारभित्र अटाउन सकेन । टस हारेपछि विराटनगरले पहिले ब्याटिङको निम्तो पायो । पूरै ओभर खेल्दै चार विकेटको क्षतिमा विराटनगरले १६६ रनको योगफल बनायो । श्रीलंकन अलराउन्डर असलन्काले ६४ रनको अर्धशतकीय इनिङ खेले । यस क्रममा उनले दुईपल्ट जीवनदान पनि पाए । आसिफ शेख र रुबेन ट्रम्पलमेनले असलन्काको क्याच क्रमश ः ३५ र ४७ रनमा छाडेका थिए ।
शुभम रन्जान ३१ रनमा अविजित रहँदै उनलाई साथ दिए । यी दुई बीच ७५ रनको साझेदारी भयो । यही साझेदारी विराटनगरले राम्रो योगफल बनाएको हो । लुम्बिनीको खराब फिल्डिङ गरेपछि विराटनगरलाई केही सहज भयो । विराटनगरले १४।४ ओभरमा १०० रनको आँकडा पार ग¥यो । यसपछि उसले रनको गति बढायो । अन्तिम ३२ बलमा विराटनगरले ६७ रन जोड्यो । शुरुदेखि विराटनगरले सुस्त ब्याटिङ ग¥यो । लयमा रहेका ब्याटर लोकेश बम चल्न सकेनन् । पाँचौं ओभरमा उनी १५ रनमै पभेलियन फर्किए । उनी यस सिजनका सर्वाधिक (२४२) रनकर्ता हुन् । लुम्बिनीसँग भने उनी चल्न सकेनन् । १७ बल खेल्दै उनले दुई चौका मात्र हिर्काउन सके । ४.४ ओभरमा विराटनगर ३३÷१ को स्थितिमा थियो । पावरप्लेमा लुम्बिनीले ३८ रन मात्र जोड्न सक्यो ।
अर्का ओपनर इमरान शेखले असलन्कासँग राम्रो साझेदारी गरिरहेका थिए । तर १०।२ ओभरमा इमरान रिटायर्ड हर्ट हुन पुगे । उनी र असलन्काबीच ३७ रनको साझेदारी भयो । २९ बल खेलेका इमरानले एक चौका हिर्काए । यसपछि उनी क्रिजमा आएनन् । असलन्काले भने इनिङ अगाडि बढाए । रन्जानेले असलन्कालाई बलियो साथ दिए । यी दुईबीच ७५ रनको बलियो साझेदारी बन्यो । यससँगै विराटनगर राम्रो योगफलतर्पm अग्रसर भयो । १८औं ओभरको अन्तिम बलमा असलन्का आउट हुन पुगे । ४३ बलमा उनले एक चौका र ६ छक्का हिर्काए । ट्रम्पलमेनले उनलाई अली शेखबाट बाउन्ड्री लाइनमा क्याच गराए । यसपछि आएका सेहान जयासूर्या १ र इसुरु उडना ६ रनमा नै पभेलियन फर्किए । अविजित रहेका शुभमले २४ बलमा चार चौका हिर्काए ।
लुम्बिनीले अतिरिक्त १९ रन दिँदा विराटनगरलाई थप मद्दत मिल्यो । लुम्बिनीले स्वाभाविक बलिङ गर्न सकेन । तीव्र गतिका बलर ट्रम्पलमेन निकै महँगा सावित भए । चार ओभरमा उनले एक विकेट लिँदा ५२ रन खर्चिए । किशोर महतोले दुई तथा अभिशेष गौतमको नाममा समान एक विकेट रह्यो । लुम्बिनीले सात बलर प्रयोग गरेको थियो । तर स्वाभाविक लय जारी राख्न सकेनन् । पहिलो खेल चितवन राइनोज र कर्णाली याक्स तथा दोस्रो खेल पोखरा एभेन्जर्स र काठमान्डु गोर्खाज बीच प्रतिष्पर्धा हुनेछन् ।
प्रकाशित मिति: २९ कार्तिक २०८३, आईतवार