काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले जनकपुरधाम आएर खरना विधिसँगै छठ पर्वको अनुष्ठान शुरु गरेका छन् ।
छठ पर्व मनाउनकै लागि जनकपुरधाम पुगेकी निकिताले पर्वका सबै धार्मिक विधि पूरा गनेछिन् । उनले जनकपुरधामस्थित गंगासागर पोखरीमा छठ पर्व मनाउने कार्यक्रम रहेको छ ।
जनकपुरधाम उपमहानगरपालिका–२ स्थित शिवचोक निवासी नरेश साह र उनको पत्नी लक्ष्मी देवीको निवासमा निकिताले छठ पर्वका सम्पूर्ण धार्मिक अनुष्ठान गर्ने व्यवस्था मिलाइएको छ । सोही निवासमा खरना विधिसहित छठका अन्य परम्परागत अनुष्ठान सम्पन्न गरिने भएको छ ।
प्रकाशित मिति: २८ कार्तिक २०८३, शनिबार