Trending
>>   आईजीपी हटाउने विषयमा रास्वपाले सरकारलाई कुनै निर्देशन दिएको छैनः प्रवक्ता खरेल >>   रास्वपाको २० सदस्यीय टोली १० दिने चीन भ्रमणमा, तीन विषयमा केन्द्रित हुने >>   लुम्बिनीसँग हारपछि विराटनगर किङ्स प्लेअफ पुग्न असफल >>   गंगासागरमा छठ मनाउँदै निकिता पौडेल, शुरु गरिन् धार्मिक अनुष्ठान >>   मधेसमा परिवर्तन महशुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँः रवि लामिछाने >>   जनकपुरको छठको प्रत्यक्ष साक्षी हुन पाउँदा खुशी लागेको छः रवि लामिछाने >>   एमाले सकियो भन्नेलाई आन्दोलन र निर्वाचनबाट शक्ति देखाउनुपर्छः केपी ओली >>   जेन–जी आन्दोलन षड्यन्त्र हो, काँग्रेस र एमालेका नेताहरूलाई छानीछानी निशाना बनाइयोः देउवा >>   मलाई अब केही बन्नु छैन, पार्टीका लागि अन्तिम सास रहुन्जेलसम्म संघर्ष गर्छुः देउवा >>   आगामी निर्वाचन एमालेका लागि अनुकुल बन्दै गएका छन्ः केपी ओली
Logo
२९ कार्तिक २०८३, आईतवार
२९ कार्तिक २०८३, आईतवार

रास्वपाको २० सदस्यीय टोली १० दिने चीन भ्रमणमा, तीन विषयमा केन्द्रित हुने


काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २० सदस्यीय प्रतिनिधिमण्डल १० दिने औपचारिक भ्रमणका लागि आईतवार चीन प्रस्थान गरेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा १० दिने चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डलले दुई देशबीच राजनीतिक सम्बन्ध विस्तार, विपद् व्यवस्थापन र आर्थिक सहकार्यका विषयमा छलफल गर्ने भएको छ । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भ्रमणको मुख्य उद्देश्य दुई देशका सत्तारुढ राजनीतिक दलबीच सम्बन्धलाई नयाँ आयाम दिनु रहेको बताए । भ्रमणका क्रममा राजनीतिक अनुभव, ज्ञान तथा प्रविधि आदानप्रदान, प्राकृतिक विपद्को उद्धार, राहत र पुनःस्थापनामा चिनियाँ अभ्यासको अध्ययन तथा व्यापार र आर्थिक सहकार्यका सम्भावनाबारे छलफल हुनेछ । आचार्यले यस भ्रमणले भविष्यमा रास्वपा सभापति वा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा उच्चस्तरीय छलफल र ठोस सहकार्य अघि बढाउन आधार तयार गर्ने विश्वास व्यक्त गरे ।

आचार्यले भने, ‘कम्युनिस्ट पार्टी अफ चाइनाको निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टीको करिब २० सदस्यीय प्रतिनिधिमण्डल आजदेखि १० दिने औपचारिक चीन भ्रमणमा प्रस्थान गर्दैछ । यस भ्रमणको मुख्य उद्देश्य दुई पार्टीबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै नेपाल–चीन सम्बन्धमा सहकार्यका नयाँ सम्भावना खोज्नु हो । भ्रमणका क्रममा मुख्यतः तीन विषयमा केन्द्रित रहेर छलफल हुनेछ । पार्टीगत सम्बन्ध र सहकार्यः दुई पार्टीबीच पारस्परिक सम्बन्ध विस्तार, ज्ञान आदानप्रदान र भविष्यमा राज्यका विभिन्न क्षेत्रमा सहकार्यका सम्भावना खोज्ने, विपद् व्यवस्थापनः भूकम्प, बाढीपहिरो लगायतका विपद्पछिको व्यवस्थापनमा चीनको अनुभव र अभ्यासबारे जानकारी लिने तथा सहकार्यका क्षेत्र पहिचान गर्ने, आर्थिक तथा व्यावसायिक सहकार्यः चीनको आर्थिक विकासबाट नेपालले लिन सक्ने अवसर, लगानी, व्यापार तथा आर्थिक सहकार्यका सम्भावनाबारे छलफल गर्ने, यस भ्रमणले भविष्यमा पार्टी सभापति तथा सम्माननीय प्रधानमन्त्रीको चीन भ्रमणका लागि समेत संवाद र सहकार्यको आधार तयार गर्ने अपेक्षा गरिएको छ । भ्रमणका क्रममा भएका गतिविधि र छलफलका विषयहरू समयक्रममा सञ्चारमाध्यममार्फत सार्वजनिक गरिनेछन् ।’

यस भ्रमणलाई रास्वपाले दुई देशबीचको राजनीतिक सम्बन्ध विस्तारसँगै विपद् व्यवस्थापन र आर्थिक सहकार्यका सम्भावना पहिचान गर्ने अवसरका रूपमा लिएको छ ।


प्रकाशित मिति: २९ कार्तिक २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?