Trending
>>   मकवानपुरमा ६ किलो चरेससहित दुई जना पक्राउ >>   महाधिवेशनपछि बिग्रिएको खुलामञ्चको स्वरूप फर्काउँदै काँग्रेस, दुबो रोपेर दियो संरक्षणको सन्देश (तस्बिरसहित) >>   आईजीपी हटाउने विषयमा रास्वपाले सरकारलाई कुनै निर्देशन दिएको छैनः प्रवक्ता खरेल >>   रास्वपाको २० सदस्यीय टोली १० दिने चीन भ्रमणमा, तीन विषयमा केन्द्रित हुने >>   लुम्बिनीसँग हारपछि विराटनगर किङ्स प्लेअफ पुग्न असफल >>   गंगासागरमा छठ मनाउँदै निकिता पौडेल, शुरु गरिन् धार्मिक अनुष्ठान >>   मधेसमा परिवर्तन महशुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँः रवि लामिछाने >>   जनकपुरको छठको प्रत्यक्ष साक्षी हुन पाउँदा खुशी लागेको छः रवि लामिछाने >>   एमाले सकियो भन्नेलाई आन्दोलन र निर्वाचनबाट शक्ति देखाउनुपर्छः केपी ओली >>   जेन–जी आन्दोलन षड्यन्त्र हो, काँग्रेस र एमालेका नेताहरूलाई छानीछानी निशाना बनाइयोः देउवा
Logo
३० कार्तिक २०८३, सोमबार
३० कार्तिक २०८३, सोमबार

मकवानपुरमा ६ किलो चरेससहित दुई जना पक्राउ


काठमाडौँ।मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङबाट ६ किलो ४० ग्राम चरेसजस्तो पदार्थसहित दुई जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारीको कमाण्डमा खटिएको टोलीले चित्लाङस्थित प्रहरी चेकपोइन्टमा सवारीसाधन जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारेको हो । प्रहरीकाअनुसार गोरखा, चितवनको सौराहा र हेटौँडा हुँदै काठमाडौंतर्फ आउँदै गरेको बा.प्र. ०१–०३५ च ४५६१ नम्बरको सेतो रङको ओमोडा जेइकु जे ६ टी मोडलको एसयूभी गाडी जाँच गर्ने क्रममा डिक्कीमा राखिएका लगेजभित्र लुकाइएको अवस्थामा चरेसजस्तो पदार्थ फेला परेको थियो । कालो रङको लगेजभित्र लत्ताकपडासँगै सेतो प्लास्टिकले बेरिएका पाँचवटा पोका फेला परेका थिए ।

प्रहरीले स्थानीय व्यक्ति तथा जनप्रतिनिधिको उपस्थितिमा कानूनी प्रक्रिया पूरा गरी खानतलासी गर्दा प्लास्टिकसहित ६ किलो १४० ग्राम र प्लास्टिक हटाउँदा ६ किलो ४० ग्राम पदार्थ बरामद गरेको जनाएको छ । प्रहरीले गाडी चालक काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ सञ्जीवनी चोक स्थायी घर भई हाल बनेपा नगरपालिका–८ तीनदोबाटो बस्ने ३३ वर्षीय हेविन श्रेष्ठ र गाडीमा सवार चितवनको भरतपुर महानगरपालिका–११ कोलटाँडी स्थायी घर भई हाल भरतपुर–२ क्षेत्रपुर बस्ने २१ वर्षीया दिव्याश्री काफ्लेलाई नियन्त्रणमा लिएको छ ।

बरामद पदार्थ, गाडी र पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।


प्रकाशित मिति: ३० कार्तिक २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?