काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले आर्थिक अनियमितताको प्रमाण भए पक्राउ गरेर देखाउन नेपाल प्रहरीलाई चुनौति दिएका छन् ।
बुधवार सिंहदरबारमा बसेको निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूसँग जोडिएका कुनै गैरकानूनी काम, आर्थिक अनियमितता वा अपराधको प्रमाण भए निष्पक्ष रुपमा छानविन गरी सार्वजनिक गर्न चुनौति दिएका छन् । उनले आफू छानविनबाट भाग्ने नभइ कानूनी प्रक्रियाको सामना गर्न तयार रहेको बताएका छन् । आरोप र दबाबको राजनीति बन्द गर्न चेतावनी दिएका छन् । प्रहरी संगठनभित्रबाटै गैरकानूनी काम भएको प्रमाण भेटिए त्यसमा पनि निष्पक्ष छानबिन र कारबाही गर्नुपर्ने बताएका छन् ।
उनले भने, ‘मेरो चुनौती सीआईबीलाई पनि छ,यदि मसँग जोडिएका विषयमा कुनै गैरकानूनी काम, आर्थिक अनियमितता वा अपराधको प्रमाण छ भने निष्पक्ष रूपमा छानबिन गरेर सार्वजनिक गरियोस् । म छानबिनबाट भाग्ने होइन, कानूनी प्रक्रियाको सामना गर्न तयार छु । तर अनुसन्धानका नाममा व्यक्तिहरूलाई धम्क्याउने, निजी नम्बरबाट फोन गरेर बोलाउने वा दबाब दिने काम भएको हो भने त्यसको पनि छानबिन हुनुपर्छ । प्रहरी अनुसन्धान निष्पक्ष, पारदर्शी र कानूनसम्मत हुनुपर्छ । म फेरि स्पष्ट भन्छु,प्रमाण छ भने कारबाही गरियोस्, प्रमाण छैन भने आरोप र दबाबको राजनीति बन्द गरियोस् । प्रहरी संगठनभित्रबाटै गैरकानूनी काम भएको प्रमाण भेटिए त्यसमा पनि निष्पक्ष छानबिन र कारबाही हुनुपर्छ । राज्यका निकायलाई राजनीतिक प्रभावबाट मुक्त राख्नु सबैको जिम्मेवारी हो ।’
राज्यका निकायलाई राजनीतिक प्रभावबाट मुक्त राख्नु सबैको जिम्मेवारी भएको बताएका छन् ।
प्रकाशित मिति: २१ आश्विन २०८३, बुधबार