काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह भारतका प्रधानमन्त्रीको निमन्त्रणामा भोलि दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्ने भएका छन् । भ्रमणका क्रममा उनले भारतीय उच्च अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री साह नेपाल एयरलाइन्सको उडानमार्फत भोलि दिउँसो ३ः४५ बजे भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन । विमानस्थलमा उनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम रहेको छ।
विमानस्थलबाट प्रधानमन्त्री साह सिधै होटल ताजमहल पुग्नेछन । होटलमा साँझ ६ बजे भारतका विदेशमन्त्रीले प्रधानमन्त्री साहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री साहको भारत भ्रमणसम्बन्धी कार्यक्रमबारे नेपाली दूतावासका प्रवक्ता अम्बिका जोशीले जानकारी दिएका छन् ।
प्रकाशित मिति: ५ मंसिर २०८३, शनिबार