Trending
>>   प्रधानमन्त्री बालेन्द्र साहलाई राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने >>   रिजनले पाए ओमोडाको कारः रिजन उत्कृष्ट बलर र लोकेश उत्कृट ब्याटर >>   सुदूरपश्चिमको पोल्टामा एनपीएलको उपाधि >>   दिल्लीको ठाउँ-ठाउँमा फहराइए नेपाल–भारतका झण्डा >>   जहाँ बसेर पनि मतदान गर्न पाउने व्यवस्था गर्नुपर्छः कुलमान घिसिङ >>   पञ्चेश्वरदेखि भैरहवा विमानस्थलसम्मका मुद्दा टुंग्याउन प्रधानमन्त्रीलाई कुलमान घिसिङको सुझाव >>   मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त >>   असन्तुष्टिको नाममा हरेक पटक आगजनी र विध्वंश गरेर देश चल्दैनः प्रदीप ज्ञवाली >>   शान्ति प्रक्रियाबाट पन्छिने छुट सरकारलाई छैनः पुष्पा भुसाल >>   ६० दिनभित्र चलचित्रसम्बन्धी विधेयक पारित हुन्छः बोर्ड अध्यक्ष पण्डित
Logo
५ मंसिर २०८३, शनिबार
५ मंसिर २०८३, शनिबार

रिजनले पाए ओमोडाको कारः रिजन उत्कृष्ट बलर र लोकेश उत्कृट ब्याटर


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा चितवन राइनोजका बलर रिजन ढकालले ओमोडाको कार प्राप्त गरेका छन् ।

तेस्रो सिजनमा सर्वोत्कृष्ट खेलाडी भएपछि रिजनले कार पाएका हुन् । चितवन प्लेअफमा पुग्दा उनले उत्कृष्ट बलिङ गरेका थिए । रिजनले ८ खेलबाट १७ विकेट लिँदै सर्वाधिक विकेटकर्ता भए । चितवन दोस्रो क्वालिफायरसम्म पुगेको थियो । उनी उत्कृष्ट बलर पनि भए । यसबापत उनले पल्सर बाइक पनि प्राप्त गरे । उत्कृष्ट ब्याटर विराटनगर किङ्सका लोकश बम भए । उनले पनि पल्सर बाइक पाए । उनी यस सिजन सर्वाधिक रनकर्ताको सूचीमा दोस्रो स्थानमा थिए । उनको टोली प्लेअफमा भने पुग्न सकेन । प्लेअफमा नै पुग्न नसकेको पोखरा एभेन्जर्सका ब्याटर युवराज सामरा सर्वाधिक रनकर्ता हुन् ।

स्कट कुग्गेलिनले १० खेलबाट १४ विकेट लिए । सामराले २९४ रन र लोकेशले २४२ रन जोडे । सामराले चार खेलमा र लोकेशले सात खेलमा बनाएका हुन् ।


प्रकाशित मिति: ५ मंसिर २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?