Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं


ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं

काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले मुलुकमा भइरहेको कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्ने बताएका छन् ।

संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनताले भोगिरहेको ग्यास तथा चिनीको अभाव र महँगी अन्त्य गर्न सरकारले ‘दया र दण्ड’ को नीति लिनुपर्ने बताएका छन् । सांसद प्रसाईंले प्रधानमन्त्री बालेन्द्र साहको आसन्न राष्ट्र संघीय महासभाको भ्रमणप्रति उच्च आशा व्यक्त गरेका छन् । उनले प्रधानमन्त्री साहले जलवायु परिवर्तनले हिमालयमा पारेको असर र त्यसबाट नेपालीले भोग्नुपरेको पीडालाई विश्वमञ्चमा कुटनीतिक मर्यादाका साथ प्रभावकारी रूपमा उठाउने विश्वास व्यक्त गरेका छन् ।

आत्मदाहका घटनाबारे बोल्दै उनले यस्ता विषयलाई सञ्चारमाध्यमले अत्याधिक प्राथमिकता दिँदा समाजमा नकारात्मक उत्तेजना उत्पन्न हुने भन्दै चिन्ता प्रकट गरेका छन् । पछिल्लो समय मानिसहरूमा बढ्दो एकाकीपन र मनोसामाजिक समस्या समाधानका लागि सञ्चारक्षेत्र र राज्य दुवै संवेदनशील हुनुपर्ने उनको भनाइ छ ।


प्रकाशित मिति: ६ आश्विन २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?