Trending
>>   राष्ट्रपति पौडेलद्वारा सम्यक महादानको प्रशंसा, सफलताको शुभकामना >>   पार्टी नेतृत्वविरुद्धको षड्यन्त्रको संसद र सडकबाटै प्रतिवाद गर्छौँ :काँग्रेस >>   सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो, तर्सिंदैनौँ- महामन्त्री पौडेल >>   न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र >>   आईजीपी नियुक्तिविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा >>   सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै नेपाल राष्ट्र बैंक >>   प्रहरीको नयाँ नेतृत्वको प्राथमिकताः अपराधको डिजिटल रूपान्तरणविरुद्ध जुध्न ‘गुनासो सुनुवाइ संयन्त्र’ ल्याइने >>   प्रहरी र नागरिकबीचको दूरी घटाउने गरी काम गर्न नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्री गुरुङको निर्देशन >>   मधेस सरकारको भविष्यबारे काँग्रेस लचिलोः ‘अहिले नै बहुमत गुमेको भन्नु हतार हुन्छ’ >>   पत्रकार धरपकड र विचौलिया इनम सापकोटा प्रकरणः छानबिन समिति गठन गरी अनुसन्धान गर्न माग
Logo
१९ कार्तिक २०८३, बिहीबार
१९ कार्तिक २०८३, बिहीबार

पार्टी नेतृत्वविरुद्धको षड्यन्त्रको संसद र सडकबाटै प्रतिवाद गर्छौँ :काँग्रेस


काठमाडौँ । नेपाली काँग्रेसले पार्टी नेतृत्व र पार्टीको वैधानिकतामाथि भ्रम सिर्जना गर्ने उद्देश्यले षड्यन्त्र भइरहेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्ने जनाएको छ ।

काठमाडौँ । नेपाली काँग्रेसले पार्टी नेतृत्व र पार्टीको वैधानिकतामाथि भ्रम सिर्जना गर्ने उद्देश्यले षड्यन्त्र भइरहेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्ने जनाएको छ ।

नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले पार्टीका पदाधिकारी तथा संघीय सांसदहरूसँगको बैठकले पार्टीविरुद्ध भइरहेको भनिएको षड्यन्त्रको संसद, संसदीय समिति र आम नागरिकबीच भण्डाफोर गर्ने निर्णय गरेको जानकारी दिएका छन् । उनले राज्य संरक्षित तथा राज्य नियन्त्रित व्यक्तिहरूले नेपाली कांग्रेस र पार्टी नेतृत्वमाथि भ्रम सिर्जना गर्ने प्रयास गरेको आरोप लगाएका छन् । त्यस्ता गतिविधिको पार्टीले खुलेर विरोध र प्रतिरोध गर्ने उनको भनाइ छ । रसाइलीले यस विषयलाई प्रतिनिधिसभा र संसदीय समितिमा समेत सशक्त रूपमा उठाइने बताएका छन् । काँग्रेसले संसद बैठक आह्वानको माग गरिसकेको उल्लेख गर्दै उनले संसद् र संसदीय समितिमार्फत घटनाको वास्तविकता बाहिर ल्याउने बताए । उनकाअनुसार पार्टीले निर्वाचनका बेला पार्टीको अद्यावधिक अवस्था र वैधानिकतासँग सम्बन्धित नरहेका व्यक्तिहरूलाई समेत जोडेर पार्टी नेतृत्वविरुद्ध भ्रम फैलाउने काम भएको निष्कर्ष निकालेको छ । राज्यले जुनसुकै प्रकारको छानबिन गर्न चाहे पनि कांग्रेस त्यसबाट पछि नहट्ने उनले स्पष्ट पारेका छन् । पार्टीमाथि लागेका आरोप र सिर्जना गरिएका भ्रमको यथार्थ आम नागरिकसमक्ष पुर्याउने पनि उनले बताएका छन् ।

उनले भने, ‘पदाधिकारी तथा संघीय सांसदहरूको बैठकमा मुख्यतः तीनवटा विषयमा छलफल भएको छ । पहिलो, राज्य संरक्षित व्यक्तिहरूमार्फत नेपाली कांग्रेस पार्टी र यसको नेतृत्वविरुद्ध भ्रम तथा षड्यन्त्र सिर्जना गर्ने प्रयास भएको भन्दै पार्टीले त्यसको कडा प्रतिवाद र विरोध गर्ने निर्णय गरेको छ । यस विषयलाई प्रतिनिधिसभा, संसदीय समितिहरू तथा आम नागरिकमाझ तथ्यसहित उठाइनेछ । दोस्रो, नेपाली कांग्रेसले संसद् अधिवेशन आह्वानको माग गरिसकेको छ । संसद र संसदीय समितिहरूमा यस विषयलाई गम्भीरतापूर्वक उठाउने निर्णय भएको छ । पार्टी कुनै पनि प्रकारको छानबिनबाट पछि नहट्ने स्पष्ट प्रतिवद्धता व्यक्त गर्दछ । तेस्रो, भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकलाई सहयोग गर्ने विषयमा छलफल भएको छ। यसका लागि २० गते दिउँसो २ बजे सम्बन्धित क्षेत्रका सांसद तथा जनप्रतिनिधिहरूलाई पार्टी कार्यालयमा बोलाइएको छ । चाडपर्वको समयमा प्रभावित नागरिकलाई पार्टीका तर्फबाट आवश्यक सहयोग गर्ने निर्णयसमेत भएको छ ।’

बैठकले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकलाई सहयोग गर्ने विषयमा समेत छलफल गरेको छ । चाडपर्वको समयमा प्रभावित क्षेत्रका नागरिकलाई पार्टीका तर्फबाट सक्दो सहयोग गर्ने उद्देश्यले प्रभावित क्षेत्रका सांसद तथा जनप्रतिनिधिलाई पार्टी कार्यालयमा बोलाइएको रसाइलीले जानकारी दिए । उनकाअनुसार सभापति र पार्टी नेतृत्वले प्रभावित क्षेत्रका सांसद तथा जनप्रतिनिधिसँग छलफल गरी आवश्यक सहयोगका विषयमा निर्णय गर्नेछ ।


प्रकाशित मिति: १९ कार्तिक २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?