Trending
>>   राष्ट्रपति पौडेलद्वारा सम्यक महादानको प्रशंसा, सफलताको शुभकामना >>   पार्टी नेतृत्वविरुद्धको षड्यन्त्रको संसद र सडकबाटै प्रतिवाद गर्छौँ :काँग्रेस >>   सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो, तर्सिंदैनौँ- महामन्त्री पौडेल >>   न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र >>   आईजीपी नियुक्तिविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा >>   सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै नेपाल राष्ट्र बैंक >>   प्रहरीको नयाँ नेतृत्वको प्राथमिकताः अपराधको डिजिटल रूपान्तरणविरुद्ध जुध्न ‘गुनासो सुनुवाइ संयन्त्र’ ल्याइने >>   प्रहरी र नागरिकबीचको दूरी घटाउने गरी काम गर्न नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्री गुरुङको निर्देशन >>   मधेस सरकारको भविष्यबारे काँग्रेस लचिलोः ‘अहिले नै बहुमत गुमेको भन्नु हतार हुन्छ’ >>   पत्रकार धरपकड र विचौलिया इनम सापकोटा प्रकरणः छानबिन समिति गठन गरी अनुसन्धान गर्न माग
Logo
१९ कार्तिक २०८३, बिहीबार
१९ कार्तिक २०८३, बिहीबार

सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो, तर्सिंदैनौँ- महामन्त्री पौडेल


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले आफ्ना गल्ती तथा कमजोरी ढाकछोप गर्न सभापति गगनकुमार थापाबारे अफवाह फैलाइएको भन्दै काँग्रेस धम्की दिँदैमा नतर्सिने बताएका छन् ।

बिहीवार पार्टी मुख्यालय सानेपामा पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले बिचौलिया इनम सापकोटा र गगनकुमारबीच कुनैपनि प्रकारको चिनजान र लेनदेन नभएको समेत स्पष्ट पारेका छन् बिचौलिया सापकोटा स्वयं प्रधानमन्त्रीको चुनावी प्रचारप्रसारमा हिँडेको देखिएको उनको भनाइ छ । महामन्त्री पौडेलले सरकारले काँग्रेस र सभापति थापामाथि लगाएको आरोपको पुष्टि गर्न समेत उनले चेतावनी दिएका छन् । सरकारले कानूनअनुसार मर्यादामा बस्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘अहिले जुन ढंगबाट हाम्रो सभापतिको बारेमा चर्चा परिचर्चा चलेको छ यो विषयान्तर गर्नको लागि अफवाह फैलाइएको हो । यसले हामीलाई कुनैपनि प्रकारको असर गर्दैन । हामी कुनैपनि हिसाबले तर्सिदैनौँ । इनम सापकोटासँग सभापतिज्यू कुनैपनि प्रकारको चिनजान नभएको र सम्बन्ध समेत नभएको कुरा हिजोको पत्रकार सम्मेलनमार्फत जानकारी गराइसकेका छौँ । बरु उहाँ अहिलेका प्रधानमन्त्रीज्यूको चुनावी प्रचारप्रसारमा कति ठाउँमा जानुभयो भनेर सोध्नुस् न । पहिले त सरकारले जे आरोपअ लगाइरहेको छ त्यो पुष्टि गरोस् न । सरकारले मर्यादामा बस्नु पर्दैन ? कानून कार्यान्वयन गर्नुपर्दैन ? यस्तो हुन्छ राज्य ? किन पक्राउ गर्ने ? के का लागि पक्राउ गर्ने ? पक्राउ गर्नको लागि त कानूनी आधार होला नि । सरकारले तर्क गर्नपर्यो त्यसको आधारमा हामी सहमत वा असहमत हुने कुरा होला । हामीले स्पष्टसँग भनेका छौँ छानविन गर्न रोक्दैनौँ छानबिन गर्नुस् । पक्राउ नै किन गर्ने ?

उनले निष्पक्ष रुपमा अनुसन्धान गर्न पार्टी सरकारलाई सहयोग गर्न तयार रहेको भएपनि जबरजस्ती धरपकडको प्रयास गरे प्रतिवाद गर्ने चेतावनी समेत दिएका छन् ।


प्रकाशित मिति: १९ कार्तिक २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?