Trending
>>   मधेस सरकारको भविष्यबारे काँग्रेस लचिलोः ‘अहिले नै बहुमत गुमेको भन्नु हतार हुन्छ’ >>   पत्रकार धरपकड र विचौलिया इनम सापकोटा प्रकरणः छानबिन समिति गठन गरी अनुसन्धान गर्न माग >>   नवनियुक्त आईजीपी केसीलाई दर्ज्यानी चिन्ह प्रदान (तस्बिरसहित) >>   आइजिपि नियुक्तिबारे ओलीः उनीहरूको भनेको मान्ने मान्छे भनेर नयाँ नियुक्ति गरेको होला >>   न्याय सम्पादनमा ढिलाइ र फैसला कार्यान्वयनमा देखिएका समस्या अन्त्य गर्न जरुरीः मन्त्री गौतम >>   मुलुक ‘सर्वसत्तावाद’ तर्फ धकेलियोः राप्रपा अध्यक्ष लिङदेन >>   जोखिमयुक्त विद्यालयको स्थानान्तरण गर्ने क्रम शुरु भएको छः शिक्षा मन्त्रालय >>   शव पहिचानका लागि पहिलोपटक डीभीआई टोली गठन, डीएनए परीक्षण उपकरणसमेत ल्याइयो >>   राष्ट्रिय ख्रिष्टियन महासंघमा विवादः अनाधिकृत समूहद्वारा कीर्ते र कब्जाको प्रयास भइरहेको महासंघको दाबी >>   राजनीतिक दलका बारेमा फैलाइएका भ्रम चिर्न तथ्य र प्रमाणमा आधारित बहस आवश्यकः पूर्वराष्ट्रपति भण्डारी
Logo
१८ कार्तिक २०८३, बुधबार
१८ कार्तिक २०८३, बुधबार

पत्रकार धरपकड र विचौलिया इनम सापकोटा प्रकरणः छानबिन समिति गठन गरी अनुसन्धान गर्न माग


काठमाडौं।नेपाली काँग्रेसकी सांसद नीनुकुमारी कर्णले पत्रकारमाथिको धरपकड र विचौलिया इनम सापकोटासँग न्यायाधीश जोडिएको प्रकरणको छानबिन समिति गठन गरेर अनुसन्धान गर्नसरकारको ध्यानाकर्षण गराएकी छिन् ।

बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएकी हुन् । उनले समाचार कक्षमै पसेर पत्रकारमाथि भएको धरपकडको निन्दा समेत गरिन् । पत्रकारलाई पक्राउ गर्न प्रहरी सञ्चारगृहमा पुग्ने तर पक्राउबारे गृह मन्त्रालय तथा प्रधानमन्त्री कार्यालयको सचिवालयले अनभिज्ञता प्रकट गरेको घटनामा उनले सरकारसँग जवाफ समेत माग गरिन्। उनले अगामी दिनमा सञ्चारमाध्यम र पत्रकारलाई आतंकित पार्ने गतिविधि नगर्न समेत चेतावनी दिइन् । उनले न्यायालयमाथि समाजिक सञ्जालमार्फत नेतृत्व तहकै व्यक्तिहरुबाट आक्रर्मणको प्रयास भइरहेकोप्रति पनि आपत्ति जनाएकी छिन् । उनले विचौलिया इनम सापकोटा र उनीसँग नेक्सस रहेका न्यायाधीशहरुमाथि अनुसन्धान गर्न छानबिन समिति गठन गर्न समेत समिति सभापतिमार्फत सरकारको ध्यानाकर्षण गराएकी छिन् । सांसद कर्णले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारको अडियो प्रकरणको अनुसन्धानको प्रगति विवरण सार्वजनिक गर्न समेत माग गरिन् ।

उनले भनिन् , ‘प्रहरी पत्रकारलाई समात्न मिडियाहाउसमा पुग्छ, मिडियाकर्मीहरुलाई समातेर प्रहरीले लैजान्छ र गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयको सचिवालयले थाहा छैन भनेर सामाजिक संजालबाटै बाहिर लेख्छ । यो के हो ? यस विषयमा म समिति सभापतिमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहान्छु । पत्रकार र मिडिया र मिडियालाई किन आतंकित पार्ने काम गरेको ? समाचारको बारेमाख सत्यतथ्य लेख्ने निकाय सरकारसँग छ कि छैन ? यो विषयमा सरकारको ध्यानाकर्षण गराउन चाहान्छु । दोस्रो, अहिले न्यायालय देशको सर्वोच्च निकाय हो, जहाँ प्रत्येक नागरिकले न्याय पाउने अधिकार छ । अहिले न्यायालयलाई पनि आतंकित बनाइएको छ, त्यो पनि सामाजिक संजाल मार्फत नै भइरहेको छ । त्यो न्यायालय माथि प्रहार गर्ने को हो ? न्यायालयसँग सम्बन्धित यतिधेरै कुरा किन आइरहेको छ ? एक जना ३० वर्षे युवक इनम सापकोटा भन्ने व्यक्तिको कारणले अहिले न्यायालय माथि गम्भीर प्रश्न तेर्सिएको छ । त्यसको जवाफ कसले दिने ? यसको जवाफ दिन न्यायलयमाथि उठेका प्रश्नहरुको विषयमा छानबिन समिति गठन गरेर अनुसन्धान गर्न समेत सभापतिमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहान्छु । अर्को, रास्वपाका एक जना माननीयज्यूसँग जोडिएको घटना पनि सामाजिक संजालमा एकदम धेरै आयो । जसमा पूर्व राज्यमन्त्रीको नाम जोडिएको थियो । त्यो पनि अडियोहरु बाहिर आएको थियो । सार्वजनिक अडियोमा सार्वजनिक भएका शब्दहरु सुन्नै नसकिने किसिमका छन् । किन यो विषयमा छानबिन भइरहेको छैन । उच्च पदस्थ पदमा हुने व्यक्तिमाथि कारबाही नहुने हो ?’

उनले सांसद सुनारमाथि यथाशिघ्र कारबाही प्रक्रिया अघि बढाउन समेत माग गरेकी छिन् ।


प्रकाशित मिति: १८ कार्तिक २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?