Trending
>>   न्याय सम्पादनमा ढिलाइ र फैसला कार्यान्वयनमा देखिएका समस्या अन्त्य गर्न जरुरीः मन्त्री गौतम >>   मुलुक ‘सर्वसत्तावाद’ तर्फ धकेलियोः राप्रपा अध्यक्ष लिङदेन >>   जोखिमयुक्त विद्यालयको स्थानान्तरण गर्ने क्रम शुरु भएको छः शिक्षा मन्त्रालय >>   शव पहिचानका लागि पहिलोपटक डीभीआई टोली गठन, डीएनए परीक्षण उपकरणसमेत ल्याइयो >>   राष्ट्रिय ख्रिष्टियन महासंघमा विवादः अनाधिकृत समूहद्वारा कीर्ते र कब्जाको प्रयास भइरहेको महासंघको दाबी >>   राजनीतिक दलका बारेमा फैलाइएका भ्रम चिर्न तथ्य र प्रमाणमा आधारित बहस आवश्यकः पूर्वराष्ट्रपति भण्डारी >>   भोटेकोशी बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग गर्न भारत तयारः विदेश सचिव मिस्री >>   प्रत्यक्ष निर्वाचनतर्फ पार्टी नौ सिटमा सिमित हुनु अकल्पनीय हार हो: महासचिव पोखरेल >>   जनकपुर–अयोध्या रेल सेवा सञ्चालनको तयारी >>   आईजीपी हेरफेरको विषयलाई कारबाहीको रुपमा नबुझौँ : प्रवक्ता
Logo
१८ कार्तिक २०८३, बुधबार
१८ कार्तिक २०८३, बुधबार

राजनीतिक दलका बारेमा फैलाइएका भ्रम चिर्न तथ्य र प्रमाणमा आधारित बहस आवश्यकः पूर्वराष्ट्रपति भण्डारी


काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलका बारेमा फैलाइएका भ्रम र अफवाहहरूलाई तथ्य र प्रमाणका आधारमा खण्डन गर्नुपर्ने बताएकी छिन् ।

काठमाडौंमा बुधवार आयोजित ‘प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटी’को दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले विदेशमा रहेका नेपालीहरूलाई देशको राजनीतिक घटनाक्रमबारे सही सूचना प्रवाह गर्न आग्रह गरेकी हुन् । पूर्वराष्ट्रपति भण्डारीले कुनैपनि दलले देश र जनताको हितमा गरेका कार्यहरू र हासिल गरेका उपलब्धिहरूको वस्तुनिष्ठ मूल्याङ्कन हुनुपर्ने बताइन् । उनकाअनुसार पछिल्लो समय सामाजिक सञ्जाल र अन्य माध्यमबाट राजनीतिक दलहरूविरुद्ध फैलाइने गलत सूचनाहरूले समाजमा भ्रम सिर्जना गरेका छन्, जसलाई चिर्न सचेत नागरिक र विशेष गरी प्रवासी नेपालीहरूको भूमिका महत्वपूर्ण हुन्छ । उनले प्रवासी नेपालीहरूलाई नेपालको समसामयिक राजनीतिक परिवेशसँग नजिक रहँदै स्वस्थ र तथ्यपरक बहसको वातावरण निर्माण गर्न आह्वान गरेकी छिन् ।

भण्डारीले भनिन्, ‘यस पार्टीले देश र जनताको हितमा गरेका काम तथा हासिल गरेका उपलब्धि बारे सही जानकारी प्रवाह हुनु र तिनको वस्तुनिष्ठ मूल्याङ्कन हुनु आवश्यक छ । पार्टीका बारेमा फैलाइएका भ्रम गलत सूचना र अफवाहको तथ्य र प्रमाणका आधारमा खण्डन गर्नु पर्दछ । विशेष गरी विदेशमा रहनुभएका नेपाली समुदायमा नेपालको राजनीतिक घटनाक्रम र राजनीतिक दलहरुबारे सही सूचना तथा विचार संप्रेषण गर्दै स्वस्थ र तथ्यपरक बहसको वातावरण निर्माण गर्न तपाईंहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नुहुन्छ ।’

नेता भण्डारीले प्रवासी नेपाली मञ्चका सदस्यहरूलाई राष्ट्रिय हित र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षाका लागि दृढताका साथ उभिनुपर्नेमा जोड दिएकी छिन् । उनले राजनीतिक दलहरूका बारेमा हुने गरेका आधारहीन आलोचना र अफवाहहरूले मुलुकको छविमा पार्ने असरप्रति चिन्ता व्यक्त गर्दै सत्यको अन्वेषण र त्यसको प्रचारमा जुट्न आग्रह गरेकी छिन् ।


प्रकाशित मिति: १८ कार्तिक २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?