Trending
>>   न्याय सम्पादनमा ढिलाइ र फैसला कार्यान्वयनमा देखिएका समस्या अन्त्य गर्न जरुरीः मन्त्री गौतम >>   मुलुक ‘सर्वसत्तावाद’ तर्फ धकेलियोः राप्रपा अध्यक्ष लिङदेन >>   जोखिमयुक्त विद्यालयको स्थानान्तरण गर्ने क्रम शुरु भएको छः शिक्षा मन्त्रालय >>   शव पहिचानका लागि पहिलोपटक डीभीआई टोली गठन, डीएनए परीक्षण उपकरणसमेत ल्याइयो >>   राष्ट्रिय ख्रिष्टियन महासंघमा विवादः अनाधिकृत समूहद्वारा कीर्ते र कब्जाको प्रयास भइरहेको महासंघको दाबी >>   राजनीतिक दलका बारेमा फैलाइएका भ्रम चिर्न तथ्य र प्रमाणमा आधारित बहस आवश्यकः पूर्वराष्ट्रपति भण्डारी >>   भोटेकोशी बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग गर्न भारत तयारः विदेश सचिव मिस्री >>   प्रत्यक्ष निर्वाचनतर्फ पार्टी नौ सिटमा सिमित हुनु अकल्पनीय हार हो: महासचिव पोखरेल >>   जनकपुर–अयोध्या रेल सेवा सञ्चालनको तयारी >>   आईजीपी हेरफेरको विषयलाई कारबाहीको रुपमा नबुझौँ : प्रवक्ता
Logo
१८ कार्तिक २०८३, बुधबार
१८ कार्तिक २०८३, बुधबार

राष्ट्रिय ख्रिष्टियन महासंघमा विवादः अनाधिकृत समूहद्वारा कीर्ते र कब्जाको प्रयास भइरहेको महासंघको दाबी


काठमाडौं। राष्ट्रिय ख्रिष्टियन महासंघ, नेपालका अध्यक्ष चरिबहादुर गहतराजले महासंघको नाममा अनाधिकृत समूहले गैरकानूनी गतिविधि र जालसाजी गरिरहेको भन्दै आपत्ति जनाएका छन् ।

काठमाडौंमा बुधवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गहतराजले संस्थाको विधानविपरित केही व्यक्तिले कीर्ते हस्ताक्षर र नक्कली कार्यसमिति खडा गरी संस्थाको साख गिराउने र भ्रम सिर्जना गर्ने प्रयास गरिरहेको आरोप लगाएका हुन् । अध्यक्ष गहतराजले महासंघको अनामनगरस्थित केन्द्रिय कार्यालयमा गत वर्ष भएको तोडफोड, लुटपाट र पदाधिकारीमाथिको साङ्घातिक आक्रमणको घटनाले संस्थाको वैधानिकतामाथि नै प्रहार गर्ने प्रयास भएको दाबी गरेका छन् । उनकाअनुसार आक्रमणकारीहरूले महासंघका महत्वपूर्ण कागजात, ल्यापटप, क्यामेरा, छाप र लेटरप्याड कब्जामा लिई विभिन्न सरकारी निकाय तथा कूटनीतिक नियोगहरूमा दुरुपयोग गरिरहेका छन् । उनकाअनुसार महासंघलाई कमजोर बनाउन र समुदायबीच फाटो ल्याउन केही पदलोलुप व्यक्तिहरूले जालसाजीपूर्ण क्रियाकलाप गरिरहेका छन् । यी व्यक्तिहरूले मिति २०७९ कात्तिक १३ गतेको माइन्युट कीर्ते गरी नक्कली कार्यसमिति खडा गरेको पाइएको छ । सोही आधारमा महासंघले जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा गत वर्षदेखि नै कानूनी उजुरीहरू दर्ता गराउँदै आएको छ । पछिल्लो पटक २०८० असार २७ गते जिल्ला प्रशासन कार्यालयमा दिइएको निवेदनका आधारमा प्रशासनले जिल्ला प्रहरी परिसर, काठमाडौँलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि पत्र काटेको छ । अध्यक्ष गहतराजले यस्तो अराजक गतिविधिमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन माग गर्दै महासंघको आधिकारिकता जोगाउन निरन्तर लडिरहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले भने, ‘राष्ट्रिय क्रिश्चियन महासंघ नेपालको उद्देश्य नेपाली क्रिश्चियन समुदायको हक, अधिकार, पहिचान र स्वाभिमानको संरक्षण गर्दै समुदायमा एकता कायम गर्नु हो । महासंघको विधानविपरीत गतिविधि गर्ने व्यक्तिहरूलाई २०७९ सालमै विधानअनुसार निष्कासन गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई जानकारी गराइसकिएको छ । महासंघको आधिकारिकतामाथि भ्रम सिर्जना गर्ने, केन्द्रीय कार्यालयमा तोडफोड तथा लुटपाट गर्ने, महत्त्वपूर्ण कागजात र छाप दुरुपयोग गर्ने तथा पदाधिकारीमाथि धम्की र आक्रमण गर्ने घटनाबारे कानुनी प्रक्रिया अघि बढाइएको छ । नक्कली हस्ताक्षर, कार्यसमिति र आधिकारिक कागजातको दुरुपयोगसम्बन्धी विषयमा २०८०/०३/२७ गते जिल्ला प्रशासन कार्यालयमा निवेदन दिइएको र २०८०/०३/२८ गते जिल्ला प्रहरी परिसर काठमाडौंमा आवश्यक कारबाहीका लागि पत्राचार गरिएको छ । महासंघप्रति निरन्तर विश्वास, सहयोग र प्रार्थना गर्नुहुने सम्पूर्ण पास्टर, अगुवा, मण्डली तथा नेपाली क्रिश्चियन समुदायप्रति हार्दिक आभार व्यक्त गर्दै सत्यतथ्य बुझेर एकतावद्ध रहन आग्रह गर्दछौ ।’

उनले समुदायका अगुवा र सदस्यहरूलाई भ्रममा नपर्न आग्रह गर्दै संस्थाको विधान र लोकतान्त्रिक प्रक्रियाको रक्षाका लागि सबैको साथ र धैर्यताको सराहना गरेका छन् । यस्ता अनैतिक कार्यले ख्रिष्टियन समुदायको स्वाभिमानमा आँच पुर्याएको भन्दै उनले महासंघकोतर्फबाट गम्भीर दुःख व्यक्त गरेका छन् ।


प्रकाशित मिति: १८ कार्तिक २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?