Trending
>>   प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ >>   ‘सरकारले चाहे जस्तो पत्रकारिता गर्न सक्दैनौँ, सञ्चारमन्त्रीले पत्रकारिता नसिकाए हुन्छ’ >>   राष्ट्रपति पौडेलद्वारा सम्यक महादानको प्रशंसा, सफलताको शुभकामना >>   पार्टी नेतृत्वविरुद्धको षड्यन्त्रको संसद र सडकबाटै प्रतिवाद गर्छौँ :काँग्रेस >>   सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो, तर्सिंदैनौँ- महामन्त्री पौडेल >>   न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र >>   आईजीपी नियुक्तिविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा >>   सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै नेपाल राष्ट्र बैंक >>   प्रहरीको नयाँ नेतृत्वको प्राथमिकताः अपराधको डिजिटल रूपान्तरणविरुद्ध जुध्न ‘गुनासो सुनुवाइ संयन्त्र’ ल्याइने >>   प्रहरी र नागरिकबीचको दूरी घटाउने गरी काम गर्न नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्री गुरुङको निर्देशन
Logo
१९ कार्तिक २०८३, बिहीबार
१९ कार्तिक २०८३, बिहीबार

प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ


काठमाडौँ ।नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले प्रेस काउन्सिल ऐन, २०४८ संशोधनका लागि सरकारले ल्याएको अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरित रहेको आरोप लगाएकी छिन् ।

बिहीवार काठमाडौंमा नेपाल पत्रकार महासंघ, केन्द्रिय समितिले आयोजना गरेको ‘मिडिया काउन्सिल विधेयकः आमसञ्चार कानून र प्रेस स्वतन्त्रताको रक्षा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो आरोप लगाएकी हुन् । उनले सरकारले जारी गरेको प्रेस काउन्सिल अध्यादेशले स्वीकृत भएको खण्डमा प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रासम्बन्धी संवैधानिक अधिकार कुण्ठित हुने तर्क समेत गरेकी छिन् । उनले अध्यादेशका विषयवस्तुमा प्रेस काउन्सिल नेपालको सुझाव लिइएको भन्ने काउन्सिल अध्यक्ष उमेश श्रेष्ठको भनाइप्रति समेत प्रश्न उठाएकी छिन् । अध्यादेशले मिडिया क्षेत्रलाई थप नियन्त्रण गर्ने अवस्था सिर्जना गरेको भन्दै उनले प्रेस काउन्सिल र पत्रकार महासंघबीच समेत यस विषयमा मतभिन्नता देखिएको बताएकी छिन् । उनले समाचारको स्रोत पुष्टि गर्ने नाममा पत्रकार पक्राउ गर्ने र फौजदारी मुद्दा लगाउने प्रयास भइरहेको भन्दै त्यसविरुद्ध पत्रकार महासंघसहित सबै सञ्चारसंवद्ध संघसंस्थाले साझा धारणा बनाएर अघि बढ्नुपर्नेमा जोड दिएकी छिन् ।

उनले भनिन् ,‘प्रेस काउन्सिल ऐन, २०४८ संशोधन गर्न ल्याइएको अध्यादेश, सरकारी आचारसंहिता र मिडियालाई नियन्त्रण गर्ने हिसाबले आएको छ । यस विषयमा प्रेस काउन्सिल र पत्रकार महासंघबीचको समेत खाडल देखिएको छ । यस विषयमा प्रेस काउन्सिल नेपालका अध्यक्षज्यूको पनि कोट देखिरहेको थिएँ । आजको छलफलमा उहाँलाई आमन्त्रण गरिएको भएपनि उहाँ विदामा हुनुभएको कारण आउनुभएन । अध्यादेशमा समावेश विषयवस्तुमा काउन्सिलसँग सुझाव लिइएको हो भनेर उहाँले कोट दिनुभएको छ । मिडिया क्षेत्रलाई अझै नियन्त्रण गर्ने किसिमले अध्यादेश ल्याइएको छ । अब हामी पत्रकारहरुदे प्रेस काउन्सिल नेपालको आचारसंहिता मान्नैपर्छ भन्ने कुरा पनि रहँदैन जस्तो लाग्छ । अनि, आज समाचारको स्रोतकै लागि भनेर पत्रकारलाई पक्राउ गर्ने र फौजदारी मुद्दा लगाउने प्रयास भएको छ, यस विषयमा अब पत्रकार महासंघ र हामी सबै संघसंथाहरुले अब कसरी भूमिका निर्वाह गरेर अगाडि बढ्ने भन्ने अहिलेको मुख्य प्रश्न हो । अहिले हामी जुन परिस्थितिमा छलफल गरिरहेका छौँ यो अत्यन्त कठिन परिस्थिति छ । अर्कोतर्फ संविधानले दिएको प्रेस स्वतन्त्रता कुण्ठित गर्ने किसिमले आमसञ्चारसँग सम्बन्धित कानुन पनि छलफलमा ल्याइएको छ । त्यसकारण सरकारले जारी गरेको अध्यादेश फिर्ता गरेर संसदमा छलफल गरेर मात्र अघि बढाउन दबाब दिन भन्दै हामीले विपक्ष्ी दलका नेताहरुलाई पनि बोलाएका थियौँ, यहाँ नेकपाको मात्रै प्रतिनिधित्व छ । अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारले गरेको नियन्त्रण र अध्यादेश ल्याएर मिडियामाथि अङ्कुश लगाउने सरकारको तर्फबाट जुन काम भइराछ त्यसका विरुद्ध कसरी जाने भनेर आजको हाम्रो भेलाले निचोड निकाल्नुपर्छ ।’

अध्यक्ष शर्माले सरकारले अध्यादेशमार्फत मिडियामाथि नियन्त्रण र अङ्कुश लगाउने प्रयास गरेको भन्दै त्यसविरुद्ध पत्रकार महासंघको भुमिका र आगामी रणनीतिबारे छलफलबाट साझा निष्कर्ष निकाल्नुपर्ने बताएकी छिन् ।


प्रकाशित मिति: १९ कार्तिक २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?