Trending
>>   नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्‍याइने, निजी इक्विटी र भेन्चर क्यापिटलमा पनि लगानी गर्न… >>   चार महिनामै ८ खर्ब बढीको वस्तु आयात >>   १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गरिँदै >>   चीनको अन्तरिक्ष केन्द्र पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्री बन्दै पाकिस्तानी नागरिक अली >>   देउवा पक्षलाई गगनको चुनौतीः ‘राजीनामा दिनुस्’ >>   आधाभन्दा बढी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै बेच्छन् एन्टिबायोटिक >>   सरकारलाई गगनको चेतावनी – ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’ >>   स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास चल्दैनः प्रचण्ड >>   प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक भएन:गगन थापा >>   १८४ अर्बको ऋण तत्काल लिने होइन, आवश्यकताअनुसार उपयोग गर्ने लाइन अफ क्रेडिट होः अर्थमन्त्री वाग्ले
Logo
९ मंसिर २०८३, बुधबार
९ मंसिर २०८३, बुधबार

मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ


काठमाडौं ।ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको बताएका छन् । कुराकानीमा उहाँले सरकारले जल तथा मौसम पूर्वानुमानको क्षमता विस्तार गर्दै तीन दिनअघिसम्मको पूर्वानुमान गर्न सकिने अवस्थाबाट सात दिनअघिसम्मको पूर्वानुमान गर्न सक्ने प्रणाली विकासमा काम गरिरहेको बताएका छन् । उनकाअनुसार मौसम पूर्वानुमानसँगै नदीको जलस्तर निरन्तर निगरानी गर्ने प्रणालीलाई समेत थप दिगो बनाउने काम अघि बढाइएको छ । मन्त्री श्रेष्ठले प्रशान्त महासागरमा विकसित भइरहेको ‘सुपर एल निनो’ को सम्भावित प्रभावबारे पनि मन्त्रालयले जिम्मेवारी सम्हालेको शुरुवाती चरणमै अध्ययन गरी त्यसको प्रभावबारे व्याख्या गरिएको बताएका छन् । जलवायु परिवर्तनसँगै वर्षाको स्वरूपमा समेत परिवर्तन देखिन थालेकाले पूर्वानुमान प्रणालीलाई थप प्रभावकारी र भरपर्दो बनाउन आवश्यक रहेको बताउँदै विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना प्रणाली मात्र पर्याप्त नहुने बताएका छन् । उनकाअनुसार पूर्वसूचनासँगै स्थानीय तहसम्म जनचेतना अभिवृद्धि, विपद् पूर्वाअभ्यास र सूचना प्राप्त भएपछि अपनाउनुपर्ने प्रक्रियासमेत स्पष्ट हुन आवश्यक छ । मन्त्री श्रेष्ठले पछिल्ला बाढी तथा पहिरोका घटनामा नदीको जलस्तर मापन र निगरानीका लागि राखिएका केही उपकरणसमेत बगेकाले आगामी दिनमा थप दिगो प्रविधि प्रयोग गर्नुपर्ने बताएका छन् । रसुवा बाढीमा टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा राखिएका संरचना बगाएको उल्लेख गर्दै उहाँले जोखिमयुक्त स्थानमा उपकरण जडान गर्दा त्यसको दिगोपनालाई समेत ध्यान दिनुपर्ने बताएका छन् । यद्यपि, केही तल्लो तटीय क्षेत्रमा पूर्वसूचना प्रणालीले प्रभावकारी रूपमा काम गरेको उनले बताए । मजुवा बस्ती, भरतपुर र सुस्तालगायतका क्षेत्रमा पूर्वसूचनाले सम्भावित जोखिमबारे समयमै जानकारी गराउन सहयोग पुगेको उनको भनाइ छ । श्रेष्ठकाअनुसार जापानमा भूकम्पलगायत विपद्का लागि नियमित पूर्वअभ्यास गरिएझैं नेपालमा पनि स्थानीय तहसम्म विपद् पूर्वअभ्यासको संस्कार विकास गर्नुपछ । २०७२ सालको भूकम्प, मेलम्चीलगायतका बाढी तथा पछिल्ला वर्षहरूमा देखिएका असामान्य वर्षाका घटनाले विपद्पूर्व तयारीलाई नियमित अभ्यासका रूपमा अघि बढाउनुपर्ने देखाएको उहाँले बताउनु भयो । उनले भने,‘हाम्रो मन्त्रालयमा जल तथा मौसम पूर्वानुमानको जिम्मेवारी हुँदा हामीलाई सुरुमै के थाहा थियो भने हाम्रो पूर्वानुमान प्रविधि तीन दिन अगाडिसम्मको मात्रै थियो । यसपटक भने हामीले सात दिन अगाडिसम्मको पूर्वानुमान गर्नसक्ने प्रणाली विकास गरेका छौँ । हामीले जिम्मेवारी सम्हालेकै बेला प्रशान्त महासागरमा ‘सुपर एल निनो’ भन्ने अर्को एउटा प्रकोप विकसित हुँदै थियो । त्यसका सम्भावित प्रभावहरू के हुन्छन् भन्ने विषयमा जिम्मेवारी सम्हालेको १५ दिनभित्रै हामीले व्याख्या गरिसकेका थियौँ । अर्को, प्रविधिको कुरा गर्दा अब हामीले मौसम पूर्वानुमानसँगसँगै नदीहरूको सतह पनि नियमित रूपमा अनुगमन गर्नुपर्ने आवश्यकता छ । अघिल्लो पटकको बाढीले हाम्रो नदी सतह अनुगमन गर्ने प्रविधि नै बगाएर लग्यो । त्यसपछि अब कुन–कुन ठाउँमा कस्तो प्रविधि राख्ने र त्यसलाई कसरी अझ दिगो बनाउने भन्ने विषयमा पनि सोच्नुपर्ने भएको छ । टिमुरेको प्रविधि बगायो, अर्को ठाउँको बगायो, बेत्रावतीको पनि बगायो । तर यति हुँदाहुँदै पनि तल्लो तटीय क्षेत्रमा पूर्वसूचनाले केही हदसम्म काम गरेको थियो । मजुवा बस्ती र भरतपुरमा बाढी पस्न खोजेको थियो भने सुस्तामा पनि केही समस्या देखिएको थियो । त्यसैले मलाई लाग्छ, प्रणालीको विकाससँगसँगै जनचेतना अभिवृद्धि र विपद्को पूर्वअभ्यास गर्ने अभ्यास पनि हामीले विकास गर्नुपर्छ ।’ उनकाअनुसार पूर्वसूचना प्रणाली, जनचेतना, पूर्वअभ्यास र स्थानीय तहबीचको समन्वयलाई एकीकृत रूपमा अघि बढाउनसके विपद्बाट हुने मानवीय तथा भौतिक क्षति न्युनिकरण गर्न सकिन्छ ।

काठमाडौं ।ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको बताएका छन् ।

सरकारले जल तथा मौसम पूर्वानुमानको क्षमता विस्तार गर्दै तीन दिनअघिसम्मको पूर्वानुमान गर्न सकिने अवस्थाबाट सात दिनअघिसम्मको पूर्वानुमान गर्न सक्ने प्रणाली विकासमा काम गरिरहेको बताएका छन् । उनकाअनुसार मौसम पूर्वानुमानसँगै नदीको जलस्तर निरन्तर निगरानी गर्ने प्रणालीलाई समेत थप दिगो बनाउने काम अघि बढाइएको छ । मन्त्री श्रेष्ठले प्रशान्त महासागरमा विकसित भइरहेको ‘सुपर एल निनो’ को सम्भावित प्रभावबारे पनि मन्त्रालयले जिम्मेवारी सम्हालेको शुरुवाती चरणमै अध्ययन गरी त्यसको प्रभावबारे व्याख्या गरिएको बताएका छन् ।

जलवायु परिवर्तनसँगै वर्षाको स्वरूपमा समेत परिवर्तन देखिन थालेकाले पूर्वानुमान प्रणालीलाई थप प्रभावकारी र भरपर्दो बनाउन आवश्यक रहेको बताउँदै विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना प्रणाली मात्र पर्याप्त नहुने बताएका छन् । उनकाअनुसार पूर्वसूचनासँगै स्थानीय तहसम्म जनचेतना अभिवृद्धि, विपद् पूर्वाअभ्यास र सूचना प्राप्त भएपछि अपनाउनुपर्ने प्रक्रियासमेत स्पष्ट हुन आवश्यक छ ।

मन्त्री श्रेष्ठले पछिल्ला बाढी तथा पहिरोका घटनामा नदीको जलस्तर मापन र निगरानीका लागि राखिएका केही उपकरणसमेत बगेकाले आगामी दिनमा थप दिगो प्रविधि प्रयोग गर्नुपर्ने बताएका छन् । रसुवा बाढीमा टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा राखिएका संरचना बगाएको उल्लेख गर्दै उहाँले जोखिमयुक्त स्थानमा उपकरण जडान गर्दा त्यसको दिगोपनालाई समेत ध्यान दिनुपर्ने बताएका छन् ।

यद्यपि, केही तल्लो तटीय क्षेत्रमा पूर्वसूचना प्रणालीले प्रभावकारी रूपमा काम गरेको उनले बताए । मजुवा बस्ती, भरतपुर र सुस्तालगायतका क्षेत्रमा पूर्वसूचनाले सम्भावित जोखिमबारे समयमै जानकारी गराउन सहयोग पुगेको उनको भनाइ छ ।

श्रेष्ठकाअनुसार जापानमा भूकम्पलगायत विपद्का लागि नियमित पूर्वअभ्यास गरिएझैं नेपालमा पनि स्थानीय तहसम्म विपद् पूर्वअभ्यासको संस्कार विकास गर्नुपछ । २०७२ सालको भूकम्प, मेलम्चीलगायतका बाढी तथा पछिल्ला वर्षहरूमा देखिएका असामान्य वर्षाका घटनाले विपद्पूर्व तयारीलाई नियमित अभ्यासका रूपमा अघि बढाउनुपर्ने देखाएको उहाँले बताउनु भयो ।

उनले भने,‘हाम्रो मन्त्रालयमा जल तथा मौसम पूर्वानुमानको जिम्मेवारी हुँदा हामीलाई सुरुमै के थाहा थियो भने हाम्रो पूर्वानुमान प्रविधि तीन दिन अगाडिसम्मको मात्रै थियो । यसपटक भने हामीले सात दिन अगाडिसम्मको पूर्वानुमान गर्नसक्ने प्रणाली विकास गरेका छौँ । हामीले जिम्मेवारी सम्हालेकै बेला प्रशान्त महासागरमा ‘सुपर एल निनो’ भन्ने अर्को एउटा प्रकोप विकसित हुँदै थियो । त्यसका सम्भावित प्रभावहरू के हुन्छन् भन्ने विषयमा जिम्मेवारी सम्हालेको १५ दिनभित्रै हामीले व्याख्या गरिसकेका थियौँ । अर्को, प्रविधिको कुरा गर्दा अब हामीले मौसम पूर्वानुमानसँगसँगै नदीहरूको सतह पनि नियमित रूपमा अनुगमन गर्नुपर्ने आवश्यकता छ । अघिल्लो पटकको बाढीले हाम्रो नदी सतह अनुगमन गर्ने प्रविधि नै बगाएर लग्यो । त्यसपछि अब कुन–कुन ठाउँमा कस्तो प्रविधि राख्ने र त्यसलाई कसरी अझ दिगो बनाउने भन्ने विषयमा पनि सोच्नुपर्ने भएको छ । टिमुरेको प्रविधि बगायो, अर्को ठाउँको बगायो, बेत्रावतीको पनि बगायो । तर यति हुँदाहुँदै पनि तल्लो तटीय क्षेत्रमा पूर्वसूचनाले केही हदसम्म काम गरेको थियो । मजुवा बस्ती र भरतपुरमा बाढी पस्न खोजेको थियो भने सुस्तामा पनि केही समस्या देखिएको थियो । त्यसैले मलाई लाग्छ, प्रणालीको विकाससँगसँगै जनचेतना अभिवृद्धि र विपद्को पूर्वअभ्यास गर्ने अभ्यास पनि हामीले विकास गर्नुपर्छ ।’

उनकाअनुसार पूर्वसूचना प्रणाली, जनचेतना, पूर्वअभ्यास र स्थानीय तहबीचको समन्वयलाई एकीकृत रूपमा अघि बढाउनसके विपद्बाट हुने मानवीय तथा भौतिक क्षति न्युनिकरण गर्न सकिन्छ ।


प्रकाशित मिति: २५ आश्विन २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?