Trending
>>   १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गरिँदै >>   चीनको अन्तरिक्ष केन्द्र पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्री बन्दै पाकिस्तानी नागरिक अली >>   देउवा पक्षलाई गगनको चुनौतीः ‘राजीनामा दिनुस्’ >>   आधाभन्दा बढी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै बेच्छन् एन्टिबायोटिक >>   सरकारलाई गगनको चेतावनी – ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’ >>   स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास चल्दैनः प्रचण्ड >>   प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक भएन:गगन थापा >>   १८४ अर्बको ऋण तत्काल लिने होइन, आवश्यकताअनुसार उपयोग गर्ने लाइन अफ क्रेडिट होः अर्थमन्त्री वाग्ले >>   ‘वेश्यावृत्ति’ शब्दको विकल्प खोज्न संसदीय समितिमा बहस, भेटिएन उपयुक्त शब्द ! >>   सुनकोशी–मरिण आयोजना रोकिँदा किसानले व्यहोरेको क्षतिको हिसाव कसले गर्ने ?- मनिष झा
Logo
९ मंसिर २०८३, बुधबार
९ मंसिर २०८३, बुधबार

१० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गरिँदै


काठमाडौं । सरकारले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गर्दैछ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बोलकबोलमार्फत ६ वर्ष अवधिको विकास ऋणपत्र–२०८९ बिक्री गर्न लागेको हो ।

कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार विकास ऋणपत्र–२०८९ को कुल निष्कासन रकम १० अर्ब रुपैयाँ रहेको छ । ऋणपत्रको ब्याजदर भने बोलकबोल प्रक्रियामार्फत निर्धारण गरिनेछ ।

ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था तथा कम्पनीले मंसिर ९ गते बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलकबोलमा सहभागी हुन सक्नेछन् । यसका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रणाली प्रयोग गर्नुपर्नेछ ।

कुल निष्कासन रकममध्ये ८५ प्रतिशत अर्थात ८ अर्ब ५० करोड रुपैयाँ प्रतिस्पर्धी बोलदाताका लागि र १५ प्रतिशत अर्थात् १ अर्ब ५० करोड रुपैयाँ अप्रतिस्पर्धी बोलदाताका लागि छुट्याइएको छ ।

प्रतिष्पर्धी बोलदाताले आफूले खरिद गर्न चाहेको रकम र प्रश्तावित ब्याजदर उल्लेख गर्नुपर्नेछ । अप्रतिष्पर्धी बोलदाताले भने खरिद गर्न चाहेको रकम मात्र उल्लेख गरे पुग्नेछ । उनीहरूलाई प्रतिष्पर्धी बोलकबोलबाट निर्धारण भएको एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइनेछ ।

ऋणपत्रको निष्कासन मिति मंसिर १० गते तोकिएको छ भने साँवा भुक्तानी २०८९ मंसिर १० गते हुनेछ । ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिनेछ र ब्याजमा आयकर लाग्नेछ ।

ऋणपत्र खरिदका लागि न्यूनतम पाँच लाख रुपैयाँ तोकिएको छ । खरिद रकम पाँच लाख रुपैयाँले भाग गर्दा निःशेष भाग जाने हुनुपर्नेछ । नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाबाहेकका बोलदाताले आफूले खरिद गर्न चाहेको रकमको २.५० प्रतिशत बराबरको अनेस्ट मनी जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

उक्त विकास ऋणपत्र धितो राखेर कर्जा लिन तथा दिन सकिनेछ । साथै, यसको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) तथा डीओएमएस मार्फत गर्न सकिने कार्यालयले जनाएको छ । ऋणपत्र बिक्रीमार्फत सरकारले आन्तरिक स्रोतबाट सार्वजनिक वित्त व्यवस्थापनका लागि आवश्यक रकम परिचालन गर्नेछ ।


प्रकाशित मिति: ९ मंसिर २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?