Trending
>>   स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास चल्दैनः प्रचण्ड >>   प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक भएन:गगन थापा >>   १८४ अर्बको ऋण तत्काल लिने होइन, आवश्यकताअनुसार उपयोग गर्ने लाइन अफ क्रेडिट होः अर्थमन्त्री वाग्ले >>   ‘वेश्यावृत्ति’ शब्दको विकल्प खोज्न संसदीय समितिमा बहस, भेटिएन उपयुक्त शब्द ! >>   सुनकोशी–मरिण आयोजना रोकिँदा किसानले व्यहोरेको क्षतिको हिसाव कसले गर्ने ?- मनिष झा >>   पुराना कानून खारेज गरेर आर्थिक गतिविधि सहज बनाइनेः अर्थमन्त्री >>   भन्सारबाट सामान छुट्नेबित्तिकै भीसीटीएसमा विवरण आउने व्यवस्था गर्न प्रश्ताव >>   सुनकोशी–मरिण ठेक्का रद्दसम्बन्धी कागजात ७ दिनभित्र बुझाउन निर्देशन >>   प्रधानमन्त्रीको भारत भ्रमणमा प्रवासी नेपालीलाई भेट्ने अवसर नदिएको भन्दै असन्तुष्टि >>   दुईदिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री साह काठमाडौंमा
Logo
८ मंसिर २०८३, मंगलवार
८ मंसिर २०८३, मंगलवार

प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक भएन:गगन थापा


काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमण उपलब्धिमूलक नभएको टीप्पणी गरेका छन् ।

मंगलवार पार्टी केन्द्रिय समितिको बैठकमा सम्बोधन गर्दै उनले भ्रमणले नेपालको दीर्घकालिन हित हुने कुनै दीर्घकालिन उपलब्धी हासिल गर्न नसकेको टिप्पणी गरेका हुन् । तरपनि भारत भ्रमणका बारेमा प्रधानमन्त्रीले देशवासीलाई जानकारी गराउनुपर्ने उनको भनाई छ । नेपालको दीर्घकालीन हितसँग जोडिएका विषयमा सम्झौता भएको भएमा त्यसको स्पष्ट जानकारी दिन उनले माग गरेका छन ।

उनले भने, ‘प्रधानमन्त्रीजीको भर्खर भारत भ्रमण भयो । केही उपलब्धिमूलक कुराहरू भएका छन्, स्वागत गरेका छौँ हामीले । सकारात्मक भनेका छौँ । नेपालका केही दीर्घकालीन हितका विषयका सन्दर्भमा हामी केही पनि देखिरहेका छैनौँ । हामी बोल्न हतार गर्दैनौँ । तर विषयका सन्दर्भमा हामी माग गर्दछौँ कि प्रधानमन्त्रीले देशवासीलाई बताउनुपर्छ, के–के भएका हुन्, उपलब्धिहरू के–के हुन् । यी कुराहरूका बारेमा हाम्रो जिम्मेवारी होइन ? हामीले यसको बारेमा जानकारी लिनुपर्दैन ?’

प्रधानमन्त्री बालेन्द्र साहले हालै भारतको दुई दिने भ्रमण गरेका छन् ।


प्रकाशित मिति: ८ मंसिर २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?