Trending
>>   प्रधानमन्त्रीको भारत भ्रमणमा प्रवासी नेपालीलाई भेट्ने अवसर नदिएको भन्दै असन्तुष्टि >>   दुईदिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री साह काठमाडौंमा >>   भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान, प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो >>   रेलदेखि जलविद्युतसम्म भारतसँग नेपालको सहकार्य विस्तार, ६६९ मेगावाटको तल्लो अरुण शिलान्यास >>   नेपाललाई २४ हजार करोड नेपाली रुपैयाँको विकास सहायता दिने भारतको घोषणा >>   नयाँ सरकार आएपछि जनताले धेरै दुःख पाएः एमाले महासचिव पोखरेल >>   कोप–३१ – मूल एजेण्डामा सहमति जुट्न सकेन, जलवायु न्याय र जवाफदेहिता शुन्य >>   चीनमा पखेटाविहीन उड्ने कारको सफल परीक्षण उडान >>   भारतसँग ‘घाँटी जोड्ने’ भिजन पेपरमाथि भीम रावलको प्रहारः नेपालको हित के ? >>   प्रधानमन्त्री बालेन्द्र साह दिल्लीमा, आजै भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने
Logo
७ मंसिर २०८३, सोमबार
७ मंसिर २०८३, सोमबार

प्रधानमन्त्रीको भारत भ्रमणमा प्रवासी नेपालीलाई भेट्ने अवसर नदिएको भन्दै असन्तुष्टि


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणका क्रममा प्रवासी नेपालीका समस्या र माग राख्ने अवसर नपाएको भन्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले असन्तुष्टि जनाएको छ ।

समाजका पूर्वअध्यक्ष ठाकुर खनालले विगतमा नेपालका प्रधानमन्त्री तथा उच्च राजनीतिक नेतृत्व भारत भ्रमणमा आउँदा नेपाली दुतावासले प्रवासी नेपालीका प्रतिनिधिसँग भेटघाटको व्यवस्था मिलाउने गरेको भए पनि यसपटक त्यस्तो अवसर नदिइएको बताएका छन् । दुतावाससँग पटक–पटक सम्पर्क गर्दा प्रधानमन्त्रीले प्रवासी नेपालीसँग भेटघाट तथा भोजभतेरको कार्यक्रम आवश्यक नरहेको जानकारी गराएको खनालको भनाइ छ । उनले प्रवासी नेपालीले आफ्ना समस्या र माग प्रधानमन्त्रीसमक्ष राख्न पाउने परम्परा तोडिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

खनालले भारतमा रहेका नेपालीको प्रमुख समस्या पहिचान र आधार कार्ड प्राप्तिसँग जोडिएको बताए । आधार कार्ड नहुँदा बैंक खाता खोल्न, सवारी चालक अनुमति पत्र लिन, बालबालिकालाई विद्यालय भर्ना गर्न, सिमकार्ड लिन तथा सरकारी अस्पतालमा उपचार गराउनसमेत समस्या हुने गरेको उनले उल्लेख गरेका छन् । भारतको आधार कार्डसम्बन्धी व्यवस्थाअनुसार १८२ दिन बसेको प्रमाण र स्थानीय ठेगानासम्बन्धी कागजात आवश्यक पर्ने भएपनि नेपालीका लागि ती प्रमाण जुटाउन कठिन रहेको उनको भनाइ छ । भारतका विभिन्न क्षेत्रमा छरिएर रहेका लाखौँ नेपाली सबैको नेपाली दुतावाससम्म पहुँच नहुने भएकाले आधार कार्ड बनाउन सहज र सरल विकल्प खोज्नुपर्ने उनले बताएका छन् । उनले भारतमा बसोवास गर्ने नेपालीले जानकारीको अभावमा भारतीय नागरिकता झल्किने दस्तावेज बनाउने गरेको र त्यसकै आधारमा कतिपय स्थानमा दोहोरो नागरिकताको आरोपमा समस्या भोग्नुपरेको बताएका छन् । यस्ता घटनामा परेका नेपालीलाई न्याय दिलाउन नेपाल सरकारले भारतसँग कुटनीतिक पहल गर्नुपर्ने उनको माग छ ।

भारतमा जन्मिएका तथा हुर्किएका नेपालीका सन्तानले नेपाली भाषा राम्रोसँग बोल्न नसकेको वा भारतमा अध्ययन गरेको आधारमा नेपाली नागरिकता पाउन कठिनाइ भोग्नुपरेको विषय पनि खनालले उठाएका छन् । त्यस्ता समस्याको समाधानका लागि नेपाल सरकार र परराष्ट्र मन्त्रालयले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

खनालले सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिले नेपालीलाई भारतमा आवागमन, रोजगारी, पेशा, व्यापार तथा सम्पती खरिदविक्रीमा दिएको सुविधाको व्यवहारमै कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । उनले प्रवासी नेपालीले पठाउने रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्याए पनि उनीहरू मतदानको अधिकारबाट वञ्चित रहेको उल्लेख गर्दै विदेशमा रहेका नेपालीको मताधिकार र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका छन् । यसैगरी, नेपालको गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक प्रणाली र नागरिकका मौलिक अधिकार लामो संघर्षबाट प्राप्त उपलब्धि भएकाले तिनको संरक्षण गर्नुपर्ने उनको भनाइ छ । सरकारको बहुमतका आधारमा नागरिकका अधिकार संकुचित गर्ने प्रयास हुन नहुने भन्दै उनले विद्यार्थी, कर्मचारी, शिक्षक तथा पत्रकारका संगठनमाथि हुने हस्तक्षेप र पत्रकारमाथिका आक्रमणलाई लोकतान्त्रिक अधिकारसँग जोडेर हेर्नुपर्ने बताएका छन् ।

समाजले यसअघि सार्वजनिक गरेको मागपत्रमा भारतमा नेपालीले भोगिरहेका शैक्षिक तथा स्वास्थ्य सेवामा अतिरिक्त शुल्क, रोजगारीमा विभेद, यात्रा तथा सीमा नाकामा लुटपाट र प्रशासनिक दुव्र्यवहारका घटना रोक्न पनि सरकारसँग पहल गर्न आग्रह गरेको छ । खनालले प्रधानमन्त्रीसँग प्रत्यक्ष भेटेर माग राख्ने प्रयास सफल नभए पनि पत्रकारमार्फत आफ्ना विषय सार्वजनिक गरी सरकारको ध्यानाकर्षण गराउन खोजिएको बताएका छन् ।

समाजले प्रवासी नेपालीको मताधिकार र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न पनि माग गरेको छ । रेमिट्यान्समार्फत नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउँदै आएका नेपालीलाई मतदानको अधिकारबाट वञ्चित गरिनु उचित नभएको समाजको भनाइ छ । समाजका उपाध्यक्ष कपिल खनालले भारतमा रहेका नेपालीको प्रमुख समस्या पहिचान र आधार कार्ड प्राप्तिसँग सम्बन्धित रहेको बताएका छन् । उनकाअनुसार आधार कार्ड नहुँदा बैंक खाता खोल्न, सवारी चालक अनुमति पत्र लिन, बालबालिकालाई विद्यालय भर्ना गर्न, अस्पतालमा उपचार गराउन तथा दुर्घटनाको क्षतिपूर्ति र पेन्सनलगायतका सुविधा प्राप्त गर्न कठिनाइ भइरहेको छ । भारतको नियमअनुसार १८२ दिन बसेको प्रमाण र स्थानीय ठेगानासम्बन्धी कागजात आवश्यक पर्ने भएपनि नेपालीका लागि ती प्रमाण जुटाउन कठिन रहेको उनले बताएका छन् । नेपालीका लागि आधार कार्ड बनाउने प्रक्रिया सहज बनाउन नेपाल सरकारले भारतसँग कुटनीतिक पहल गर्नुपर्ने उनको माग छ ।

खनालले भारतमा दैनिक जीवनका सुविधा प्राप्त गर्न नेपालीले जानकारीको अभावमा भारतीय नागरिकता झल्किने दस्तावेज बनाउने गरेको र त्यसैका आधारमा कतिपयलाई दोहोरो नागरिकताको आरोपमा पक्राउ गर्ने तथा मुद्दा चलाउने गरिएको बताएका छन् । यस्ता घटनामा परेका नेपालीलाई न्याय दिलाउन र समस्या समाधान गर्न दुवै देशका सरकारले पहल गर्नुपर्ने उनको भनाइ छ ।

भारतमा अध्ययन तथा उपचारका लागि जाने नेपालीलाई विदेशी नागरिकको व्यवहार गरी शैक्षिक संस्था र अस्पतालले अतिरिक्त शुल्क लिने गरेको तथा विद्यार्थीलाई रोजगारीमा विभेद गर्ने गरिएको समाजको आरोप छ । विद्यार्थीबाट पात्रता प्रमाणपत्र माग्ने प्रवृत्तिको अन्त्यका लागि पनि कुटनीतिक पहल गर्न समाजले आग्रह गरेको छ । भारतमा बस तथा रेल यात्रा गर्दा र सीमा नाकामा नेपाली लुटपाट तथा प्रशासनिक दुव्र्यवहारमा पर्ने गरेका घटनाप्रति ध्यानाकर्षण गराउँदै समाजले नेपालीको सुरक्षा सुनिश्चित गर्न माग गरेको छ ।


प्रकाशित मिति: ७ मंसिर २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?