Trending
>>   चीनमा पखेटाविहीन उड्ने कारको सफल परीक्षण उडान >>   भारतसँग ‘घाँटी जोड्ने’ भिजन पेपरमाथि भीम रावलको प्रहारः नेपालको हित के ? >>   प्रधानमन्त्री बालेन्द्र साह दिल्लीमा, आजै भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने >>   हिन्दुराष्ट्र स्थापना गर्न सडक र सदन दुवै ठाउँबाट आवाज उठाउनुपर्छः खुश्बु ओली >>   सबै दलको सहमतिमा सरकार बनाउँछौँः मुख्यमन्त्री यादव >>   मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ >>   प्रधानमन्त्री बालेन्द्र साह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान >>   प्रधानमन्त्री साहको भारत भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासङ्घको टोली भारत प्रस्थान >>   भारतमा रहेका नेपालीको पीडाः पहिचान लुकाउनुपर्ने बाध्यतादेखि असुरक्षित यात्रासम्म >>   इरान अमेरिकी शर्तमा सहमत हुन तयार नभएको ट्रम्पको भनाइ, वार्ता अनिश्चित
Logo
७ मंसिर २०८३, सोमबार
७ मंसिर २०८३, सोमबार

चीनमा पखेटाविहीन उड्ने कारको सफल परीक्षण उडान


चीन ।चीनमा पखेटाविहीन उड्ने कारको पहिलो परीक्षण उडान सफल भएको छ ।

मध्य चीनको हुनान प्रान्तस्थित चाङ्सामा शनिवार उक्त उड्ने कारको प्रोटोटाइपले पहिलो पटक उडान भरेको हो । विशेष प्रविधिमा आधारित उक्त उड्ने कारमा मल्टी–स्टेज थ्रस्ट भेक्टरिङ डक्टेड फ्यान प्रणाली प्रयोग गरिएको छ । यसमा उडानका लागि आवश्यक सबै प्रोपल्सन युनिटलाई बाहिरी आवरणभित्रै राखिएको छ । परम्परागत विमानमा जस्तो छुट्टै पखेटा नरहेको यो कार व्यक्तिगत हवाई यातायातका लागि नयाँ अवधारणाका रूपमा प्रश्तुत गरिएको छ ।

एक जना मात्र यात्रु बस्न मिल्ने उक्त प्रोटोटाइपको अधिकतम उडान भार क्षमता २८० किलोग्राम रहेको छ भने यसले १२० किलोग्रामसम्म भार बोक्न सक्छ । यस प्रविधिले भविष्यमा व्यक्तिगत हवाई यातायातको क्षेत्रमा नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ ।


प्रकाशित मिति: ७ मंसिर २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?