काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणका क्रममा सहभागी हुन निर्माण व्यवसायी महासङ्घको टोली भारत प्रस्थान गरेको छ ।
महासङ्घका अध्यक्ष निकोलस पाण्डेको नेतृत्वमा रहेको टोली आईतवार भारत प्रस्थान गरेको हो । टोलीलाई महासङ्घका महासचिव शिवहरी घिमिरेसहितका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गरेका थिए । प्रधानमन्त्री साहको आजदेखि शुरु हुने दुईदिने भारत भ्रमणमा सहभागी हुन निजी क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मीसहितको टोली भारत जान लागेको हो ।
प्रधानमन्त्री साहको भ्रमणका क्रममा नेपाल–भारतबीचको आर्थिक तथा व्यावसायिक सम्बन्ध र सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: ६ मंसिर २०८३, आईतवार