Trending
>>   इरान अमेरिकी शर्तमा सहमत हुन तयार नभएको ट्रम्पको भनाइ, वार्ता अनिश्चित >>   लण्डनमा सैन्य खर्च कटौतीको माग गर्दै प्रदर्शन, शिक्षा र स्वास्थ्यमा लगानी बढाउन आग्रह >>   प्रधानमन्त्री बालेन्द्र साहलाई राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने >>   रिजनले पाए ओमोडाको कारः रिजन उत्कृष्ट बलर र लोकेश उत्कृट ब्याटर >>   सुदूरपश्चिमको पोल्टामा एनपीएलको उपाधि >>   दिल्लीको ठाउँ-ठाउँमा फहराइए नेपाल–भारतका झण्डा >>   जहाँ बसेर पनि मतदान गर्न पाउने व्यवस्था गर्नुपर्छः कुलमान घिसिङ >>   पञ्चेश्वरदेखि भैरहवा विमानस्थलसम्मका मुद्दा टुंग्याउन प्रधानमन्त्रीलाई कुलमान घिसिङको सुझाव >>   मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त >>   असन्तुष्टिको नाममा हरेक पटक आगजनी र विध्वंश गरेर देश चल्दैनः प्रदीप ज्ञवाली
Logo
६ मंसिर २०८३, आईतवार
६ मंसिर २०८३, आईतवार

इरान अमेरिकी शर्तमा सहमत हुन तयार नभएको ट्रम्पको भनाइ, वार्ता अनिश्चित


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान अमेरिका–सँग सम्झौता गर्न इच्छुक देखिए पनि वासिङ्टनले स्वीकार गर्न सक्ने सर्तमा सहमत हुन तयार नभएको बताएका छन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरान सम्झौता गर्न चाहेको तर आफूलाई स्वीकार्य हुने खालको सम्झौता गर्न नचाहेको बताएका छन् । यसैबीच, अमेरिकी विशेष दूत स्टिभ विटकफ र राष्ट्रपति ट्रम्पका सल्लाहकार जारेड कुश्नरले बिहीवार जर्मनीको बर्लिनमा कतारका वरिष्ठ अधिकारीहरूसँग भेटवार्ता गरेको अमेरिकी अनलाइन सञ्चारमाध्यम एक्सियोसले जनाएको छ । भेटमा अमेरिका र इरानबीच वार्ताको वातावरण बनाउन कतारले गरिरहेको मध्यस्थता प्रयासबारे छलफल भएको बताइएको छ ।एक्सियोससँग बिहीबार टेलिफोन अन्तर्वार्ता दिँदै ट्रम्पले इरानबारे आगामी कदम चाल्ने विषयमा नयाँ वर्षसम्म निर्णय नगर्ने संकेत गरेका थिए । यसले अमेरिका–इरानबीचको कूटनीतिक प्रयास तत्काल निष्कर्षमा पुग्ने सम्भावना अनिश्चित रहेको देखाएको छ ।

यसैबीच, इरानका संसद सभामुख मोहम्मद बाकेर कालिबाफले लेबनानमा जारी युद्ध अन्त्य नभएसम्म पश्चिम एशियाली क्षेत्रमा शान्ति कायम हुन नसक्ने बताएका छन् ।

उनले क्षेत्रीय शान्तिका लागि लेबनानको द्वन्द्व अन्त्य हुनुपर्नेमा जोड दिएका छन् । अमेरिका र इरानबीच सम्भावित सम्झौताका लागि कूटनीतिक प्रयास जारी रहे पनि दुवै पक्षका सर्त र क्षेत्रीय द्वन्द्वका विषयले वार्ताको प्रक्रियालाई प्रभावित गरिरहेका छन् ।


प्रकाशित मिति: ६ मंसिर २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?