Trending
>>   हिन्दुराष्ट्र स्थापना गर्न सडक र सदन दुवै ठाउँबाट आवाज उठाउनुपर्छः खुश्बु ओली >>   सबै दलको सहमतिमा सरकार बनाउँछौँः मुख्यमन्त्री यादव >>   मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ >>   प्रधानमन्त्री बालेन्द्र साह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान >>   प्रधानमन्त्री साहको भारत भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासङ्घको टोली भारत प्रस्थान >>   भारतमा रहेका नेपालीको पीडाः पहिचान लुकाउनुपर्ने बाध्यतादेखि असुरक्षित यात्रासम्म >>   इरान अमेरिकी शर्तमा सहमत हुन तयार नभएको ट्रम्पको भनाइ, वार्ता अनिश्चित >>   लण्डनमा सैन्य खर्च कटौतीको माग गर्दै प्रदर्शन, शिक्षा र स्वास्थ्यमा लगानी बढाउन आग्रह >>   प्रधानमन्त्री बालेन्द्र साहलाई राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने >>   रिजनले पाए ओमोडाको कारः रिजन उत्कृष्ट बलर र लोकेश उत्कृट ब्याटर
Logo
६ मंसिर २०८३, आईतवार
६ मंसिर २०८३, आईतवार

सबै दलको सहमतिमा सरकार बनाउँछौँः मुख्यमन्त्री यादव


काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा सहमतिको सरकार गठन गर्ने बताएका छन् ।

आईतवार मुख्यमन्त्रीको शपथ लिएपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले सबै दलको सहमतिमा सरकार विस्तार गर्ने बताएका हुन् । उनले मन्त्रिपरिषद् विस्तार र विश्वासको मत लिने विषयमा सोमबारदेखि नै सबै राजनीतिक दलसँग छलफल गर्ने जानकारी दिएका छन् । आफूले यसअघि पहिलोपटक विश्वासको मत लिँदा सबै दलको समर्थन प्राप्त गरेको उल्लेख गर्दै उहाँले यसपटक पनि सबै दलबाट विश्वासको मत लिएर सरकारलाई अगाडि बढाउने प्रयास रहने बताएका छन् । उनले मन्त्रिपरिषद् विस्तार पनि राजनीतिक दलहरूसँगको छलफलपछि टुंगो लाग्ने उल्लेख गरेका छन् उनले सरकारको ध्यान अब सुस्त गतिमा रहेका कामलाई तिब्रता दिनेतिर हुने बताएका छन् । भ्रष्टाचार नियन्त्रण गर्ने र सबै राजनीतिक दललाई समेटेर सरकार सञ्चालन गर्ने आफ्नो मुख्य प्राथमिकता रहेको उनको भनाई छ ।

उनले भने, ‘अब समय थोरै छ । अनि प्रदेशको काम पहिलाभन्दा अलि स्लो चलिरहेको थियो । त्यसलाई अब राम्रो गति दिएर काम गर्ने र जुन अलिअलि भ्रष्टाचार छ, त्यसलाई नियन्त्रण गरेर सबै दललाई फेरि मिलाएर अब सहमतिको सरकार बनाएर अनि राम्रो काम गर्ने हो । हामी अब भोलि सबै दलसँग छलफल गर्छौँ । मेरो प्रथम प्राथमिकता रहन्छ कि सब सबै दलले मिलेर जुन पहिलोचोटि मैले जुन विश्वासको मत दिए थिएँ सबै दलबाट, त्यस्तै सबै दलबाट विश्वासको मत लिएर सरकारलाई अगाडि बढाउने । मन्त्रिपरिषद् विस्तार गर्नुभन्दा अगाडि हामी सबै दलसंग छलफल गर्छौं ।’

यादव यादव शनिवार मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।


प्रकाशित मिति: ६ मंसिर २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?