Trending
>>   हिन्दुराष्ट्र स्थापना गर्न सडक र सदन दुवै ठाउँबाट आवाज उठाउनुपर्छः खुश्बु ओली >>   सबै दलको सहमतिमा सरकार बनाउँछौँः मुख्यमन्त्री यादव >>   मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ >>   प्रधानमन्त्री बालेन्द्र साह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान >>   प्रधानमन्त्री साहको भारत भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासङ्घको टोली भारत प्रस्थान >>   भारतमा रहेका नेपालीको पीडाः पहिचान लुकाउनुपर्ने बाध्यतादेखि असुरक्षित यात्रासम्म >>   इरान अमेरिकी शर्तमा सहमत हुन तयार नभएको ट्रम्पको भनाइ, वार्ता अनिश्चित >>   लण्डनमा सैन्य खर्च कटौतीको माग गर्दै प्रदर्शन, शिक्षा र स्वास्थ्यमा लगानी बढाउन आग्रह >>   प्रधानमन्त्री बालेन्द्र साहलाई राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने >>   रिजनले पाए ओमोडाको कारः रिजन उत्कृष्ट बलर र लोकेश उत्कृट ब्याटर
Logo
६ मंसिर २०८३, आईतवार
६ मंसिर २०८३, आईतवार

हिन्दुराष्ट्र स्थापना गर्न सडक र सदन दुवै ठाउँबाट आवाज उठाउनुपर्छः खुश्बु ओली


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले हिन्दू राष्ट्र स्थापनाका लागि सडक र सदन दुवैबाट सशक्त आवाज उठाउनुपर्ने बताएकी छिन् ।

नेपाल सनातन धर्म संस्कृति संगठनको दोस्रो केन्द्रिय महाविधेशनको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएकी हुन् । उनले धार्मिक गुरुहरूलाई मठ मन्दिरमा आउने सबै राजनीतिक दलका नेताहरुलाई हिन्दु राष्ट्र बनाउनको लागि दबाब दिन पनि आग्रह गरिन् । मन्दिरमा आउने नेताहरूलाई ‘हाम्रो हिन्दु राष्ट्र खोइ ?’ भनेर प्रश्न गर्नुपर्ने उनको भनाइ थियो । उनले हिन्दु समुदायका पक्षमा आवाज उठाउन नसक्दा सनातनी समुदायको विश्वास गुम्दै गएको बताइन् । उनले गौहत्या, गौतस्करी तथा हिन्दु समुदायमाथि हुने हिंसाका घटनामा सडकमा उत्रिएर विरोध र खबरदारी गर्नुपर्ने बताएकी छिन् ।

उनले भनिन्, ‘गुरुवर्गहरुले अब मठ–मन्दिरमा आएकाहरुलाई यहाँहरुले समान व्यवहार गर्नुपर्छ । सबै आस्था वा अनास्था लिएर आएका हुन्छन्, धर्मनिरपेक्षवादी दलका मान्छेहरु पनि लिएर आएका हुन्छन् । फूलमाला पहिर्याउनुस्, स्वागत गर्नुस्, पुजापाठ गराइदिनुस्, तर तपाईँहरुको पनि जिम्मेवारी छ, हाम्रो हिन्दू राष्ट्र खोई ? भनेर मठ–मन्दिरमा आउने नेताहरुलाई गुरुवर्गहरुले अब प्रश्न तेस्र्याउनुपर्छ । अस्ति छठको कार्यक्रममा हेर्नुस् त, कस्तो सनातनीहरुको देश हो यो, छठको साँझ छठको घाट भत्काइयो । तर त्यही समयमा देशका शीर्ष सत्तारुढ दल र प्रमुख प्रतिपक्ष दलका सबै नेताहरु, वरिष्ठ नेताहरु तराईमा थिए । तर कसैले, न नागरिकले, न गुरुवर्गहरुले प्रश्न सोध्नुभयो, यो किन भयो भनेर ? हामीले आफ्ना कमजोरीहरु पनि औंल्याउनुपर्ने समय आएको छ । म यो सङ्गठनलाई पनि भन्न चाहन्छु, हामीले विश्वास गुमाएका छौँ, सनातनीहरुको । यस्तै समयमा हामी चुकेका छौँ । हिन्दुहरुको पक्षमा उभिन हामी कहिले काहीँ चुकेका छौँ । अबको यो सङ्गठनले र राप्रपाले पनि गौहत्या हुँदाखेरि कहिले पनि मौन त बसेको छैन, तर अब हामी सडकमा आउनुपर्छ । गौहत्या हुँदाखेरि हामी सडकमा आएर प्रश्न सोध्नुपर्छ, गौतस्करी हुँदाखेरि हामीले त्यसको विरोधमा सडक आउनुपर्छ, हिन्दुहरुको हत्या हुँदाखेरि हामी खुलेर आवाज उठाउनुपर्छ । अबको सङ्गठनले हिन्दूहरुको व्यावहारिक रुपमै रक्षा गर्नको लागि आवाज उठाउनुपर्छ । हाम्रो यही समयमा यही कालमा हिन्दू राष्ट्र स्थापना गर्न सकियोस् । यहाँहरुको आवाज हामी सदनमा राखेर निरन्तर आवाज उठाइराख्छौँ । यहाँहरुले सदन बाहिरबाट हामीलाई सहयोग गर्दिनुहुन अपिल गर्दछु ।’

उनले हिन्दु राष्ट्र स्थापनाका लागी राप्रपाले संसदमा आवाज उठाउने र संसदबाहिर धार्मिक गुरुहरूले आवाज उठाउनुपर्ने बताएकी छिन् ।


प्रकाशित मिति: ६ मंसिर २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?