Trending
>>   नयाँ सरकार आएपछि जनताले धेरै दुःख पाएः एमाले महासचिव पोखरेल >>   कोप–३१ – मूल एजेण्डामा सहमति जुट्न सकेन, जलवायु न्याय र जवाफदेहिता शुन्य >>   चीनमा पखेटाविहीन उड्ने कारको सफल परीक्षण उडान >>   भारतसँग ‘घाँटी जोड्ने’ भिजन पेपरमाथि भीम रावलको प्रहारः नेपालको हित के ? >>   प्रधानमन्त्री बालेन्द्र साह दिल्लीमा, आजै भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने >>   हिन्दुराष्ट्र स्थापना गर्न सडक र सदन दुवै ठाउँबाट आवाज उठाउनुपर्छः खुश्बु ओली >>   सबै दलको सहमतिमा सरकार बनाउँछौँः मुख्यमन्त्री यादव >>   मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ >>   प्रधानमन्त्री बालेन्द्र साह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान >>   प्रधानमन्त्री साहको भारत भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासङ्घको टोली भारत प्रस्थान
Logo
७ मंसिर २०८३, सोमबार
७ मंसिर २०८३, सोमबार

नयाँ सरकार आएपछि जनताले धेरै दुःख पाएः एमाले महासचिव पोखरेल


काठमाडौं ।नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नयाँ भनिएकाहरुको सरकार गठन भएपछि सबैभन्दा धेरै पीडा जनतालाई भएको टिप्पणी गरेका छन् ।

आईतवार राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले वर्तमान सरकारले महँगी नियन्त्रण गर्न नसकेको भन्दै आलोचना समेत गरेका छन् । महासचिव पोखरेलले दुई वर्षअघिको तुलनामा अहिले बजारभाउ आकाशिएको दाबी गर्दै सरकार जनताको सुख र सहजताका लागि जिम्मेवार नभएको आरोप समेत लगाएका छन् । उनले जनताले आर्थिक कठिनाइ भोगिरहँदा शासकहरूले सामाजिक सञ्जालमार्फत परिवर्तन र चमत्कारको आश्वासन मात्रै बाँडिरहेको टिप्पणी समेत गरेका छन् । उनले सामाजिक सञ्जालको अत्यधिक प्रयोगले मानिसको सोचाइ, सामाजिक व्यवहार तथा परम्परागत मूल्य र मान्यतामा समेत नकारात्मक असर पारिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालले प्रयोगकर्ताको रुचिअनुसार सामग्री निरन्तर प्रश्तुत गर्दा मानिसको सिर्जनशीलता र मानसिक रुपमा समेत विभिन्न नकारात्मक असरहरु देखिएको उल्लेख गरे । मानिसहरु सामाजिक सञ्जालमा झुम्मिने कुराले मुलुकको परम्परा, संस्कृति र सभ्यता नै संकटमा परेको समेत टिप्पणी गर्दै उनले नेपाली समाज लाइक र भ्युज पाउने लोभमा आफैं नाङ्गिन थालेको समेत बताएका छन् ।

उनले भने, ‘यो नयाँ सरकार आइसकेपछि, नयाँ भनिनेहरु भनौँ सबैभन्दा पीडा जनतालाई भएको छ । किन भएको छ भने महँगी बढेको बढेई छ । दुई वर्ष अगाडि बजार भाउ के थियो र अहिले दुई वर्षपछि बजार भाउ के छ भनेर हेर्ने हो भने आकाश जमिनको अन्तर छ । आखिर सरकार भनेको त जनताको सुखको लागि हो नि त । जनताले सबै कुरा गुमाउने अनि शासनमा बस्नेहरुले चमत्कार गरिदिन्छन् भनेर हामी कहिलेसम्म बस्ने ? गर्ने केही पनि होइन गर्छ कि भनेर मख्ख पारेको छ । हामीले यो मोबाइलको भाँडोलाई मोहनि लगाइदियौँ । यदि तपाईले केही कुरा हेर्नुभयो भने योलाई यही चिज मन पर्दो रहेछ भन्छन् र पठाको पठाइ गर्छन् । बिरामी परेको बेलामा नेताहरुले गरेको सहयोग जनताले सहजै बिर्सिदिने भएको छ, सामाजिक सञ्जालले चमत्कार गर्छ भन्ने कुरा सम्झिएर यस्तो समस्या हुने गरेको छ । न यसले हिजो भएको छ न त भोलि हुनेवाला छ । यसले हाम्रो दिमागमा जुन असर पारेको छ यसबाट हाम्रो समाजलाई जोगाउनुपर्नेछ । त्यो जोगाउने चिज के हो त भन्दा हाम्रा परम्परा, हाम्रा मूल्य र हाम्रा संस्कृतिहरु समेत यसले खाइरहेको छ । यो मोबाइलको भाँडोले हाम्रो संस्कृति र सम्पदालाई खाइराखेको छ ।’

उनले मुलुकको संस्कृति, परम्परा र रितिरिवाजको जगेर्ना गर्न सबैले भुमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।


प्रकाशित मिति: ७ मंसिर २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?