Trending
>>   नेपाललाई २४ हजार करोड नेपाली रुपैयाँको विकास सहायता दिने भारतको घोषणा >>   नयाँ सरकार आएपछि जनताले धेरै दुःख पाएः एमाले महासचिव पोखरेल >>   कोप–३१ – मूल एजेण्डामा सहमति जुट्न सकेन, जलवायु न्याय र जवाफदेहिता शुन्य >>   चीनमा पखेटाविहीन उड्ने कारको सफल परीक्षण उडान >>   भारतसँग ‘घाँटी जोड्ने’ भिजन पेपरमाथि भीम रावलको प्रहारः नेपालको हित के ? >>   प्रधानमन्त्री बालेन्द्र साह दिल्लीमा, आजै भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने >>   हिन्दुराष्ट्र स्थापना गर्न सडक र सदन दुवै ठाउँबाट आवाज उठाउनुपर्छः खुश्बु ओली >>   सबै दलको सहमतिमा सरकार बनाउँछौँः मुख्यमन्त्री यादव >>   मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ >>   प्रधानमन्त्री बालेन्द्र साह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान
Logo
७ मंसिर २०८३, सोमबार
७ मंसिर २०८३, सोमबार

नेपाललाई २४ हजार करोड नेपाली रुपैयाँको विकास सहायता दिने भारतको घोषणा


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासका लागि २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहायता प्याकेज घोषणा गरेका छन् ।

सोमवार भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री बालेन्द्र साहसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले उक्त सहायता प्याकेज घोषणा गरेका हुन् । गत अगस्टमा नेपालमा आएको भोटेकोशीको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले प्रभावित परिवारको जीवनलाई पुनः सामान्य अवस्थामा फर्काउन र भविष्यमा आउन सक्ने विपद्सँग जुध्ने नेपालको क्षमता अभिवृद्धि गर्न भारतले सहयोग गर्ने बताएका छन् । सम्बोधनका क्रममा उनले प्रधानमन्त्री साहले संयुक्त राष्ट्रसंघमा गर्नुभएको भाषणमा साहको दूरदर्शिताको झलक देखेको बताएका छन् । पछिल्लो केही घण्टाको कुराकानीमा आफूले नेपालको भविष्य र भारत–नेपाल सम्बन्धमा स्पष्ट भिजन र प्रतिवद्धता महशुस गरेको बताएका छन् । नेपालको विकास यात्रामा भारत सधैँ सहभागी रहेको बताए । नेपाल–भारत सम्बन्धलाई नयाँ उचाईमा लैजान आफूले आज प्रयास गरेको बताएका छन् । नेपाल–भारत सम्बन्ध छिमेकी मात्र नभइ अटुट विश्वासको भएको बताए । उनले नेपालको नयाँ पुस्ताको आकांक्षा र अपेक्षालाई प्रधानमन्त्री साहले पाएको ऐतिहासिक जनादेशले प्रतिबिम्बित गरेको उल्लेख गरेका छन् ।

मोदीले नेपाल र भारतबीच धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यले जनकपुर र अयोध्याबीच ‘सरयू कमला एक्सप्रेस’ रेल सेवा शुरु गरिएको जानकारी दिएका छन् । यसले अयोध्या आउने भारतीय श्रद्धालुलाई जनकपुर पुगेर माता सीताको दर्शन गर्न सहज बनाउने उनको भनाइ छ । लुम्बिनी, बोधगयालगायत दुवै देशका बौद्ध तथा शिवशक्ति सम्पदासँग जोडिएका धार्मिक स्थलबीच सम्पर्क विस्तार गर्न पनि सहकार्य गरिने उनले बताएका छन् । उनले नेपाल बिना भारतका धाम र नेपाल बिना भगवान श्रीराम पनि अधुरो रहेको बताए ।
त्यसैगरी उत्तराखण्ड र नेपालबीच धार्चुला सडक पुल उद्घाटन गरिएको तथा बनबासामा एकीकृत जाँच चौकीको शिलान्यास गरिएको उनले जानकारी दिएका छन् । नेपालको दोधारा चाँदनीमा पनि एकीकृत जाँच चौकी निर्माणको कामलाई तिब्रता दिइने उनको भनाइ छ । बिहार, उत्तर प्रदेशसहित भारतका अन्य राज्य र नेपालबीच सडक, रेल तथा सीमा सम्पर्क विस्तारका परियोजनालाई गति दिने प्रतिवद्धता पनि उनले व्यक्त गरेका छन् ।

नेपालको पारवहन व्यापारलाई सहज बनाउन भारतका काण्डला र पारादीप बन्दरगाहसम्म पहुँच उपलब्ध गराउने घोषणा गर्दै मोदीले व्यापारिक सम्पर्क र लगानी विस्तारले नेपालको आर्थिक विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् । ऊर्जा सहकार्यलाई पनि प्राथमिकतामा राखिएको उल्लेख गर्दै उहाँले तल्लो अरुण जलविद्युत आयोजनाको शिलान्यास र अरुण–३ आयोजना निर्धारित समयमै सम्पन्न गर्ने प्रतिवद्धता नेपालको जलविद्युत सम्भावनालाई आर्थिक समृद्धिमा रूपान्तरण गर्ने प्रयास भएको बताएका छन् । नेपालको स्वच्छ ऊर्जा उत्पादनलाई भारतको ठूलो ऊर्जा बजारसँग जोडेर आर्थिक विकासको आधार बनाउने उनको भनाइ छ ।

त्यस्तै, मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण उद्घाटन गरिएको र झापामा पेट्रोलियम टर्मिनल निर्माणको शिलान्यास गरिएको उनले जानकारी दिएका छन् । अन्तर्राष्ट्रिय बजारमा तेल आपूर्तिसम्बन्धी चुनौतीका बाबजुद भारतले नेपाललाई इन्धन, मल तथा अन्य अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता दिएको पनि उनले उल्लेख गरेका छन् ।

नेपालको युवा पुस्ताको क्षमता र सिर्जनशीलतालाई प्रोत्साहन गर्न भारतले नेपालमा स्टार्टअप इन्क्युबेटर, नवप्रवर्तन केन्द्र र भारतीय प्रविधि संस्थान (आईआईटी) को अफशोर क्याम्पस स्थापना गर्ने योजना अघि सारेको मोदीले बताए । नेपाली विद्यार्थीका लागि भारतमा कानून र प्रविधि विषयमा छात्रवृत्तिका अवसर बढाउने तथा खाद्य प्रशोधन र मूल्य अभिवृद्धिलाई प्रोत्साहन गर्न नेपालमा कृषि औद्योगिक पार्क विकासमा सहयोग गर्ने उनको भनाइ छ ।

दुई देशका युवा सिर्जनाकर्मीलाई साझा सांस्कृतिक सम्पदालाई आधुनिक प्रविधिमार्फत विश्वसामु पुर्याउन सहकार्य गराइने उल्लेख गर्दै उनले आगामी वेब समिटमा नेपालको ठूलो प्रतिनिधिमण्डललाई स्वागत गरिने बताएका छन् । खेलकुद, विशेषगरी क्रिकेटको पूर्वाधार विकास र खेलाडीको प्रशिक्षणमा समेत भारतले सहयोग बढाउने उनले घोषणा गरेका छन् ।

संयुक्त पत्रकार सम्मेलनमा मोदीले भारत र नेपालले साझा भविष्यलाई नयाँ दिशा दिन संयुक्त दृष्टिकोण दस्तावेज जारी गर्न लागेको पनि जानकारी दिएका छन् । उक्त दस्तावेज विकसित भारत र समुन्नत नेपालको लक्ष्य हासिल गर्न दुवै देशले मिलेर अघि बढ्ने मार्गचित्र भएको उनको भनाइ छ ।


प्रकाशित मिति: ७ मंसिर २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?