Trending
>>   चार महिनामै ८ खर्ब बढीको वस्तु आयात >>   १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गरिँदै >>   चीनको अन्तरिक्ष केन्द्र पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्री बन्दै पाकिस्तानी नागरिक अली >>   देउवा पक्षलाई गगनको चुनौतीः ‘राजीनामा दिनुस्’ >>   आधाभन्दा बढी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै बेच्छन् एन्टिबायोटिक >>   सरकारलाई गगनको चेतावनी – ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’ >>   स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास चल्दैनः प्रचण्ड >>   प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक भएन:गगन थापा >>   १८४ अर्बको ऋण तत्काल लिने होइन, आवश्यकताअनुसार उपयोग गर्ने लाइन अफ क्रेडिट होः अर्थमन्त्री वाग्ले >>   ‘वेश्यावृत्ति’ शब्दको विकल्प खोज्न संसदीय समितिमा बहस, भेटिएन उपयुक्त शब्द !
Logo
९ मंसिर २०८३, बुधबार
९ मंसिर २०८३, बुधबार

चार महिनामै ८ खर्ब बढीको वस्तु आयात


काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा ८ खर्ब ३ अर्ब ९ करोड रुपैयाँ बराबरको वस्तु आयात गरिएको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । भन्सार विभागको तथ्यांकअनुसार वस्तु आयात ३१.७७ प्रतिशत भन्दा बढिले बढेको हो । यस अवधिमा नेपालको निर्यात व्यापार पनि ४३.४८ प्रतिशतले वृद्धि भएको छ । चार महिनामा १ खर्ब ३४ अर्ब १४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ९३ अर्ब ४९ करोड रुपैयाँ रहेको थियो । आयात र निर्यात दुवैमा वृद्धि भएपनि व्यापार घाटा भने २९ दशमलव ६५ प्रतिशतले बढेर ६ खर्ब ६८ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो चार महिनामा व्यापार घाटा ५ खर्ब १५ अर्ब ९५ करोड रुपैयाँ रहेको थियो ।

त्यस्तै, समीक्षा अवधिमा नेपालको कुल वैदेशिक व्यापार ३३.३३ प्रतिशतले बढेर ९ खर्ब ३७ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल वैदेशिक व्यापार ७ खर्ब २ अर्ब ९४ करोड रुपैयाँ थियो ।

कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा पनि बढेको छ । अघिल्लो वर्ष १३.३० प्रतिशत रहेको निर्यातको हिस्सा चालु आर्थिक वर्षमा १४.३१ प्रतिशत पुगेको छ । यसैगरी आयातको हिस्सा ८६.७० प्रतिशतबाट घटेर ८५.६९ प्रतिशतमा सीमित भएको छ ।


प्रकाशित मिति: ९ मंसिर २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?