Trending
>>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद >>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी >>   कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा >>   पृथ्वी राजमार्गको गलौंदी खण्डमा अवरुद्ध सडक खुलाउन प्रयास जारी
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु


काठमाडौं ।पृथ्वी राजमार्गअन्तर्गत धादिङको गलौँदीमा सडक भासिएर अवरुद्ध भएको राजमार्ग आईतवारबाट खुलाउने तयारी गरिएको छ ।

त्रिशूली नदीको कटानका कारण सडक चर्किएर भासिएपछि अवरुद्ध बनेको राजमार्ग खुलाउन ब्याक कटिङ, ग्रेड कटिङ तथा माटो हटाउने काम भइरहेको हो । आज साँझसम्म यातायात सञ्चालनमा ल्याउने लक्ष्यसहित काम अघि बढाइएको छ । नागढुङ्गा–नौबिसे–मुग्लिङ सडक आयोजना, पूर्वी खण्डका आयोजना प्रमुख गुरुप्रसाद अधिकारीकाअनुसार बाढीले सडकको तल्लो भाग कटान गरेपछि सडकको सतह दबिएको प्रारम्भिक अनुमान छ । हिजोसम्म कुनै समस्या नदेखिएको सडक अहिले चर्किएपछि तत्काल यातायात सञ्चालन गर्न ब्याक कटिङको काम थालिएको उनले बताएका छन् ।

अधिकारीकाअनुसार सडक करिब ८० मिटर चर्किएको छ । चर्किएको भागको दुवैतर्फ थप ४०–४० मिटर विस्तार गरी सडकको ग्रेड र मोड मिलाउनुपर्ने भएकाले करिब १६० मिटर लम्बाइमा काम भइरहेको छ । सडक खुलाउने काममा १० वटाभन्दा बढी मेसिन तथा उपकरण परिचालन गरिएको आयोजनाले जनाएको छ । छवटा एक्स्काभेटरसहित लोडर र टिप्पर परिचालन गरी कटिङको काम भइरहेको छ । ठेकेदार, परामर्शदाता र आयोजना कार्यालयका प्राविधिक तथा अन्य कर्मचारी कार्यस्थलमा खटिएका छन् । स्थानीय तह, वडा कार्यालय, इलाका वन कार्यालय र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर काम अघि बढाइएको अधिकारीले बताएका छन् ।

अधिकारीले भने, ‘हिजोसम्म गल्छीमा सडकमा कुनै समस्या थिएन । तर अहिले सडक चर्किएको छ । सडक चर्किनुको कारणबारे हामीले अनुमान गरेका छौँ । अस्ति आएको बाढीले सडकको बाटो कटान गरेका कारण पेभमेन्ट दबिएको हुनसक्छ । अहिले तत्काल यातायात सञ्चालन गर्नका लागि ब्याक कटिङ गरेर काम गरिरहेका छौँ । यहाँ अहिले १० थानभन्दा बढी मेसिन तथा उपकरण परिचालन गरिएका छन् । ठेकेदारका सबै साधनस्रोत परिचालन भएका छन् । परामर्शदाताको टोली र कार्यालयका कर्मचारीहरू पनि कार्यस्थलमा खटिएका छन् । हामीले स्थानीय तह, पालिका अध्यक्ष, वडा अध्यक्ष, इलाका वन कार्यालयलगायत जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर काम गरिरहेका छौँ । अहिले प्राकृतिक अवरोधबाहेक अन्य कुनै किसिमको अवरोध छैन । सम्भवतः आज साँझसम्म यातायात सञ्चालन गर्ने गरी हामीले प्रयास गरिरहेका छौँ । सडक करिव ८० मिटर चर्किएको छ । उक्त स्थानको दुवैतर्फ थप ४०–४० मिटर विस्तार गरी ग्रेड र मोड मिलाउनुपर्ने भएकाले करिब १६० मिटर लम्बाइमा काम भइरहेको छ । अहिले कटिङको काम भइरहेको छ । यहाँ १० वटाभन्दा बढी मेसिन तथा उपकरण परिचालन गरिएका छन् । छवटा एक्स्काभेटर, लोडर र टिप्परहरू छन् । आवश्यक परेमा थप उपकरण पनि परिचालन गर्नसक्छौँ । तर धेरै मेसिन परिचालन गर्दैमा मात्र काम छिटो हुने होइन । एउटा मेसिनलाई काम गर्न आवश्यक पर्ने निश्चित ठाउँ चाहिन्छ। त्यसैले उपलब्ध ठाउँअनुसार काम गर्नुपर्ने हुन्छ । हामीसँग प्राविधिक जनशक्ति र आवश्यक उपकरण दुवै छन् । सम्भवतः आज बेलुकासम्म पनि काम सम्पन्न गर्न सकिएन भने बत्तीको व्यवस्था गरेर भए पनि यथाशिघ्र आजै सडक खुलाउने प्रयास गर्नेछौँ ।’

यता, निर्माण व्यवसायी शहदेव खड्काकाअनुसार सडक खुलाउन हेभी इक्विपमेन्ट र करिव १० वटा टिप्पर परिचालन गरिएका छन् । मेसिन, टिप्पर र इन्जिनियरसहित करिब ७० देखि ८० जना जनशक्ति परिचालन गरेर बिहानैदेखि काम भइरहेको उनले जानकारी दिए । हिजैदेखि काम गर्ने तयारी भएपनि ग्यास बुलेट लिकेजका कारण काम अघि बढाउन कठिनाइ भएको खड्काले बताए । अहिले शाखा सडकको मर्मतसम्भारसँगै ब्याक कटिङ, ग्रेड कटिङ र माटो हटाउने काम भइरहेको उनको भनाइ छ ।

खड्काले भने ,‘गलौँदीमा त्रिशूली नदीले कटान गरेपछि पृथ्वी राजमार्ग भासिएर दुवैतर्फको यातायात अवरुद्ध भएको छ । अहिले हामी नौवटा हेभी इक्विपमेन्ट परिचालन गरेर बिहानदेखि निरन्तर काम गरिरहेका छौँ । हिजैदेखि काम गर्ने तयारी भए पनि ग्यास बुलेट पड्किएको घटना र राति पानी परिरहेका कारण कटिङ गर्दा जोखिम हुने अवस्था थियो । त्यसैले हिजो कटिङको काम गर्न सकेनौँ । आज बिहानदेखि शाखा सडकको मर्मतसम्भार गर्दै पृथ्वी राजमार्गमा सहज रूपमा यातायात सञ्चालन गराउन ब्याक कटिङ र माटो फाल्ने काम गरिरहेका छौँ । अहिले नौवटा हेभी इक्विपमेन्ट र करिब १० वटा टिप्पर परिचालन गरिएका छन् । नौवटै हेभी इक्विपमेन्ट प्रयोग गरेर ब्याक कटिङ र ग्रेड कटिङको काम भइरहेको छ । मौसमले साथ दिएको र पानी नपरेको खण्डमा भोलिदेखि यातायात सञ्चालन गर्ने हाम्रो तयारी छ । त्यसका लागि आज बेलुका पनि जेनेरेटरको सहायताले फ्लडलाइट जडान गरेर काम गर्ने योजना बनाएका छौँ । सम्भवतः भोलिदेखि यातायात सञ्चालन गर्न सकिन्छ भन्ने हाम्रो विश्वास छ । यहाँ मेसिन, टिप्पर र इन्जिनियरसहित करिब ७० देखि ८० जना जनशक्ति परिचालन भएका छन् । हामीले ब्याक कटिङ र माटो फाल्ने कामलाई निरन्तरता दिँदै त्यसपछि सबग्रेड र सबबेस निर्माणको काम गर्नेछौँ । नेपालीहरूको महान् चाड विजयादशमीमा यात्रुहरूलाई समस्या नहोस् र चाडपर्वका बेला यातायात सञ्चालनमा अवरोध नआओस् भन्ने उद्देश्यले दुवैतर्फ यातायात सञ्चालन गर्ने गरी तयारी गरिरहेका छौँ ।’

निर्माण व्यवसायी खड्काकाअनुसार मौसम अनुकूल रहेमा छिट्टै यातायात सञ्चालन गर्ने लक्ष्य राखिएको छ । त्यसका लागि रातिभर जेनेरेटरको सहायताले फ्लडलाइट जडान गरी कामलाई निरन्तरता दिइएको छ । ब्याक कटिङ र माटो हटाउने कामपछि सबग्रेड तथा सबबेस निर्माण गरेर सडकलाई यातायात सञ्चालनयोग्य बनाउने योजना रहेको उनले बताएका छन् ।


प्रकाशित मिति: २५ आश्विन २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?