Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी


केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी

काठमाडौ। नेकपा (एमाले)का सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाई पार्टी जिम्मेवारीबाट विमुख गराउने सबै प्रकारका षड्यन्त्र तथा प्रयासहरु असफल भएको दाबी गरेका छन्  ।

मंगलवार ललितपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सचिव बस्नेतले अध्यक्ष ओलीलाई भौतिक रुपमै समाप्त पार्ने खालका प्रयास भइरहेको उल्लेख गर्दै ती सबै षड्यन्त्रहरु असफल भइसकेको दाबी गरेका छन् । उनले पार्टीभित्रकै केही नेताहरुले राज्य संयन्त्रको दुरुपयोग गरेर अध्यक्ष ओलीविरुद्धको अभियान चलाएको आरोप समेत लगाएका छन् । उनले जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि नेताहरुले धारणा राख्ने कार्यक जारी रहेको बताएका छन् । उनले अहिलेसम्म प्रतिवेदनमाथि ४१ जना केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राखेको उल्लेख गर्दै अधिकांश सदस्यहरुले ओलीको राजनीतिक प्रतिवेदनको खुलेर समर्थन गरिरहेको बताएका छन् । उनका अनुसार बैठकमा पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले पनि पार्टीभित्र विशेष महाधिवेशन बोलाउने आफूहरुको मनशाय नरहेको कुरा राखेका बताएका छन् ।

उनले भने, ‘एउटा, अध्यक्षलाई भौतिक रूपमा समाप्त गर्ने, दोस्रो, लामो समयसम्म उहाँहरूलाई जेलमा अथवा कारागारमा राख्ने । तेस्रो, उहाँलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट विमुख गराउने, घरबारविहीन बनाउने । र व्यापक रूपमा बदनाम गराउने, यी सबै प्रक्रिया मलाई जहाँसम्म लाग्छ फेल भए । र माघदेखि जेल हाल्ने सम्मको जेनजी आन्दोलनको आडमा जनजी पुस्ता उचालेर अथवा सरकारको आडमा राज्यका संयन्त्रहरू दुरुपयोग गर्ने गर्ने प्रयत्न भएको थियो । त्यसमा पनि कुनै विषयवस्तु नपाईसके पछाडि हामीले वैधानिक हिसाबले प्रतिरोध गरेपछि त्यो असफल भएको छ भने अध्यक्ष हटाउनेदेखि लिएर बद्नाम गराउनेदेखि लिएर उहाँसँग जोडिएका सबै साथीहरूलाई नि कमजोर बनाउने प्रयत्न भएको थियो, त्यो पनि आम पार्टीका केन्द्रीय कमिटीका सदस्यहरू र आम नेता कार्यकर्ताको समर्थनले त्यो कुरा असफल भएको छ । आज अध्यक्षको प्रतिवेदनका दौरानमा बोल्ने क्रममा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले पनि पार्टीभित्रको यथावत कुरा राख्नुभएको छ । उहाँहरुले विशेष महाधिवेशन बोलाउने र त्यसको नेतृत्व गर्ने कुरा हामीले कहिल्यै पनि गरेका छैनौं भन्ने कुरा गर्नुभयो । आज उपाध्यक्ष र महासचिवले अध्यक्षको भावना, स्पिड र अध्यक्षको राजनीति प्रतिवेदनभन्दा फरक कुरा हाम्रो छैन भन्ने कुरा स्पष्ट पार्नुभयो । खाजा खाने बेलासम्म ४१ जना साथीहरूले कुरा राख्नुभयो । चार–पाँच जना साथीहरूले अलि आलोचनात्मक दृष्टिकोण राख्नुभएको छ, बाँकी ३६ जना साथीहरूले स्ट्रङली अध्यक्षको प्रतिवेदन सर्पोट गर्नुभएको छ ।’

उनले पार्टीको आन्तरिक जीवनमा देखिएका सबै प्रकारका समस्या हल गरेर बैठक टुंगिने विश्वास व्यक्त गरेका छन् ।


प्रकाशित मिति: ६ आश्विन २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?