Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

भारतको केन्द्रिय बैंकद्वारा रिपो दर ६.५ प्रतिशतमा यथावत


काठमाडौँ । भारतको केन्द्रिय बैंकिङ संस्था रिजर्भ बैंक अफ इण्डिया (आरबीआई)ले रिपो दरलाई ६.५ प्रतिशतमा अपरिवर्तित राखेको घोषणा गरेको छ ।

रिपो दर भनेको केन्द्रिय बैंकले वाणिज्य बैंकहरूलाई कोषको कमीको अवस्थामा कर्जा दिने दर हो ।

६ सदस्यीय मौद्रिक नीति समिति (एमपीसी)ले प्रमुख दर यथावत राख्ने निर्णय गरेको यो लगातार ११ औं पटक हो । वर्तमान र विकसित वृहत आर्थिक अवस्थाको मूल्याङ्कन पछि बैठकले तरलता समायोजन सुविधाअन्तर्गत नीति रिपो दरलाई ६.५ प्रतिशतमा अपरिवर्तित राख्ने निर्णय गरेको हो ।

यसैबीच २०२४–२५ को वास्तविक जीडीपी वृद्धि ६.६ प्रतिशतमा प्रक्षेपण गरिएको छ भने त्रैमासिकमा ६.८ प्रतिशत र चौथो त्रैमासिकमा ७.२ प्रतिशत रहेको छ ।


प्रकाशित मिति: २४ मंसिर २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?