Trending
>>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु
Logo
२६ आश्विन २०८३, सोमबार
२६ आश्विन २०८३, सोमबार

पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे


पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले पुराना राजनीतिक दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् ।

सोमवार काठमाडौंमा महेन्द्रप्रकाश शिवाकोटीद्वारा लिखित ‘देश विकासको प्रश्तावना’ र ‘राजनीतिक चेतना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले सबै पुराना नेता तथा राजनीतिक दलका कार्यकर्ता गलत थिए भन्ने भाष्य निर्माण गर्नु उचित नभएको बताएका छन् । उनले २०४८ सालदेखि २०७९ सालसम्म लगातार सांसद रहेको उल्लेख गर्दै पूर्वमुख्यमन्त्री पाण्डेले आफू भ्रष्टाचारजन्य गतिविधिमा संलग्न नभएको दाबी गरेका छन् । उनले पुराना राजनीतिक दलमा रहँदा खराब र राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेपछि असल ठहर गर्ने प्रवृत्तिमाथि समेत प्रश्न उठाएका छन् । उनले रास्वपाका उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उदाहरण दिँदै नेपाली काँग्रेसमा रहँदा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बन्दा खराब र रास्वपामा आएपछि असल भन्न मिल्छ ? भन्दै प्रश्न गरेका छन् । उनले विगत ३५ वर्षको शासनकालमा मुलुकमा केही भएन भनि निर्माण गरिएको भाष्य समेत गलत र तथ्यहीन भएको बताएका छन् ।

उनले भने, ‘हिजोका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्ने कुरा पनि बन्द गरे हुन्छ । म २०४८ सालदेखि २०७९ सालसम्म लगातारको सांसद हुँ । खै त हामी त त्यस्ता खालका भ्रष्टाचारका गतिविधिमा कहिल्यै सामेल भएनौँ त ? यदि सामेल भएको भए अरुलाई लागेको हत्कडी राजेन्द्र पाण्डेलाई पनि लाग्नुपथ्र्यो होला नि त । त्यसो हुनाले यो सबै नेताहरु भ्रष्टाचारी हुन्, पार्टीका सबै मान्छेहरु गलत थिए भन्ने भाष्य पनि निर्माण नगरौँ । हिजो यिनै पुराना पार्टीका थुप्रै नेता कार्यकर्ता साथिहरु अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्री तथा सांसद समेत बनेका होलान् । त्यसो भएको हुनाले हिजो दिनमा सबै खतमभन्दा डा. स्वर्णिम वाग्ले हिजो काँग्रेसमा भएरा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा खराब अनि रास्वपामा पुगेपछि असल ? त्यसो हुनाले यस्ता कुरा हरुले पनि गर्न सक्छन् । सूचना अरुसँग पनि छ भन्ने कुरा नबिर्सौँ ?’

उनले मुलुका सबै क्षेत्रमा सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत जस्ता आधारभुत आवश्यकता विगत ३५ वर्षभित्रै पुरा भएको तथ्य नबिर्सन पाण्डेको चेतावनी छ ।


प्रकाशित मिति: २६ आश्विन २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?