Trending
>>   निर्वाचनमा एआईको दुरुपयोग रोक्न कानूनी व्यवस्था र कडा जरिवाना आवश्यकः पोखरेल >>   महावीर पुनको राजीनामा माग्दै नास्टका कर्मचारी सडकमा >>   संविधानको धारा खोल्न दबाब आएको थियो : ओलीको नयाँ खुलासा >>   विपद् पुनर्निर्माणलाई प्राथमिकता दिँदै वागमती सरकार >>   बैंकिङ प्रणालीमा अधिक तरलता कायमै, थप ४० अर्ब खिच्दै राष्ट्र बैंक >>   हिंसाले सत्ता ढाल्यो, सुरक्षा संयन्त्रले टुलुटुलु हेर्‍यो : ओली >>   युक्रेनलाई ६२ करोड १९ लाख डलरको एफ–१६ मर्मत उपकरण विक्री गर्न अमेरिकाको स्वीकृति >>   पाइपलाइनमार्फत ग्यास घरघर पुर्‍याउने नीति चाहियोः सुनिता डंगोल >>   फोहोर व्यवस्थापन राजनीतिक मुद्दा भन्दा ठूलो हो : मन्त्री श्रेष्ठ >>   नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्‍याइने, निजी इक्विटी र भेन्चर क्यापिटलमा पनि लगानी गर्न…
Logo
११ मंसिर २०८३, शुक्रबार
११ मंसिर २०८३, शुक्रबार

रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ


रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच तत्काल लागू हुने गरी ‘ऊर्जा युद्धविराम’ भएको सार्वजनिक घोषणा गरेका छन् । तर युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भने आफूलाई यस्तो कुनै सम्झौताको जानकारी नभएको बताउँदै आश्चर्य व्यक्त गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सोसल मिडिया प्लेटफर्म ‘ट्रुथ सोसल’ मार्फत आईतवार दुवै पक्ष ऊर्जा युद्धविरामका लागि सहमत भएको उल्लेख गरेका छन् । ट्रम्पको यो दाबी सार्वजनिक भएलगत्तै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी समाचार संस्था ‘एक्सिओस’ सँग कुरा गर्दै यो विषय आफ्नो लागि नयाँ भएको बताएका छन् । यद्यपि उनले यदि रुस साँच्चै नै ऊर्जा युद्धविरामका लागि तयार छ भने युक्रेन पनि सो प्रस्ताव स्वीकार गर्न तयार रहेको संकेत दिएका छन् ।

यसअघि शनिवार राष्ट्रपति ट्रम्पले रुस युद्ध अन्त्य गर्ने सम्झौताका लागि तयार रहेको तर जेलेन्स्की आफैं वार्ताबाट पन्छिरहेको आरोप लगाएका थिए । उनले युक्रेनमा नयाँ निर्वाचन हुनुपर्ने र नयाँ नेतृत्वले मस्कोसँग सम्झौता गर्नुपर्ने धारणा राखेका थिए ।

यसैबीच, शुक्रवार ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अमेरिकी र विश्व बजारमा डिजेल आपूर्ति गर्ने एक विशाल सम्झौता भएको घोषणा गरेका थिए । उनले यसका लागि पुटिनलाई धन्यवाद समेत दिएका छन् । अर्कोतर्फ, क्रेमलिनले युक्रेनी ड्रोन आक्रमणका कारण शान्ति वार्ताको सम्भावना तत्कालका लागि टरेको बताएको छ । युद्धग्रस्त क्षेत्रमा कूटनीतिक पहलहरू तिब्र भइरहँदा ट्रम्पको पछिल्लो दाबीले अन्तर्राष्ट्रिय वृत्तमा थप अन्योल सिर्जना गरेको छ ।


प्रकाशित मिति: २७ आश्विन २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?