Trending
>>   युक्रेनलाई ६२ करोड १९ लाख डलरको एफ–१६ मर्मत उपकरण विक्री गर्न अमेरिकाको स्वीकृति >>   पाइपलाइनमार्फत ग्यास घरघर पुर्‍याउने नीति चाहियोः सुनिता डंगोल >>   फोहोर व्यवस्थापन राजनीतिक मुद्दा भन्दा ठूलो हो : मन्त्री श्रेष्ठ >>   नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्‍याइने, निजी इक्विटी र भेन्चर क्यापिटलमा पनि लगानी गर्न… >>   चार महिनामै ८ खर्ब बढीको वस्तु आयात >>   १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गरिँदै >>   चीनको अन्तरिक्ष केन्द्र पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्री बन्दै पाकिस्तानी नागरिक अली >>   देउवा पक्षलाई गगनको चुनौतीः ‘राजीनामा दिनुस्’ >>   आधाभन्दा बढी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै बेच्छन् एन्टिबायोटिक >>   सरकारलाई गगनको चेतावनी – ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’
Logo
११ मंसिर २०८३, शुक्रबार
११ मंसिर २०८३, शुक्रबार

युक्रेनलाई ६२ करोड १९ लाख डलरको एफ–१६ मर्मत उपकरण विक्री गर्न अमेरिकाको स्वीकृति


काठमाडौं ।अमेरिकाले युक्रेनका एफ–१६ लडाकु विमानको मर्मतसम्भारका लागि आवश्यक उपकरण तथा सहयोग उपलब्ध गराउन ६२ करोड १९ लाख अमेरिकी डलर बराबरको प्रस्तावित बिक्रीलाई स्वीकृति दिएको छ ।

अमेरिकी विदेश मन्त्रालयले बुधवार जारी गरेको विज्ञप्तिमा युक्रेनको एफ–१६ लडाकु विमान बेडाका लागि मर्मतसम्भार सहयोग र सम्बन्धित उपकरण बिक्री गर्ने प्रस्ताव स्वीकृत गरिएको जनाएको हो । उक्त खरिदका लागि बेल्जियम, डेनमार्क, नेदरल्याण्ड्स र नर्वेले बहुराष्ट्रिय ‘जम्पस्टार्ट’ कार्यक्रममार्फत रकम उपलब्ध गराउनेछन् । यस कारोबारमा अमेरिकी सरकारको कुनै पनि रकम खर्च नहुने विदेश मन्त्रालयले स्पष्ट पारेको छ ।

युक्रेन सरकारले माग गरेको उक्त उपकरण तथा सहयोग प्याकेजमा विमानका विभिन्न पार्टपुर्जा, प्रयोगशालामा आवश्यक उपकरण र ढुवानीसम्बन्धी सहयोग समावेश छन् । अमेरिकी विदेश मन्त्रालयका अनुसार यो प्याकेज यसअघि स्वीकृत भएको अर्को विक्री प्रश्तावमा थप गरिनेछ । यसअघिको बिक्री रकम अमेरिकी संसद् (कंग्रेस) लाई औपचारिक जानकारी गराउनुपर्ने निर्धारित सीमाभन्दा कम रहेको थियो ।

अमेरिकाको पछिल्लो निर्णयले युक्रेनको एफ–१६ लडाकु विमान सञ्चालन तथा मर्मतसम्भार क्षमताका लागि युरोपेली मुलुकहरूको आर्थिक सहयोगलाई थप विस्तार गर्नेछ ।


प्रकाशित मिति: ११ मंसिर २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?