Trending
>>   संविधानको धारा खोल्न दबाब आएको थियो : ओलीको नयाँ खुलासा >>   विपद् पुनर्निर्माणलाई प्राथमिकता दिँदै वागमती सरकार >>   बैंकिङ प्रणालीमा अधिक तरलता कायमै, थप ४० अर्ब खिच्दै राष्ट्र बैंक >>   हिंसाले सत्ता ढाल्यो, सुरक्षा संयन्त्रले टुलुटुलु हेर्‍यो : ओली >>   युक्रेनलाई ६२ करोड १९ लाख डलरको एफ–१६ मर्मत उपकरण विक्री गर्न अमेरिकाको स्वीकृति >>   पाइपलाइनमार्फत ग्यास घरघर पुर्‍याउने नीति चाहियोः सुनिता डंगोल >>   फोहोर व्यवस्थापन राजनीतिक मुद्दा भन्दा ठूलो हो : मन्त्री श्रेष्ठ >>   नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्‍याइने, निजी इक्विटी र भेन्चर क्यापिटलमा पनि लगानी गर्न… >>   चार महिनामै ८ खर्ब बढीको वस्तु आयात >>   १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गरिँदै
Logo
११ मंसिर २०८३, शुक्रबार
११ मंसिर २०८३, शुक्रबार

संविधानको धारा खोल्न दबाब आएको थियो : ओलीको नयाँ खुलासा


काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गतेको राजनीतिक संकटका बेला आफूले संविधानबाहिर गएर समाधान खोज्न नभई संविधानभित्रैबाट निकास निकाल्न राष्ट्रपतिलाई सुझाव दिएको दाबी गरेका छन् ।

उनले आफूले प्रतिनिधि सभा विघटन वा अन्य संवैधानिक कदमका लागि सिफारिस नगरेको र संविधानको पालक तथा रक्षकका रूपमा राष्ट्रपतिले संवैधानिक व्यवस्थाभित्र रहेर समाधान खोज्नुपर्ने धारणा राखेको बताएका छन् ।

उनकाअनुसार तत्कालीन राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलले संविधानको धारा खोलिदिन आग्रह गरेका थिए । ओलीले त्यसबेला आफूले संविधानमा नभएको व्यवस्था देखाउन नसक्ने जवाफ दिएको बताएका छन् ।

उनले भने, “प्रधानमन्त्री, एउटा स्पष्ट हुनुस्, मेरो सिफारिसमा भएको होइन, मैले संविधान मिचेको छैन र संविधानसम्मत ढङ्गले समाधान खोज्नुपर्छ भनेर राष्ट्रपतिलाई लेखेर दिएको छु । तपाईं राष्ट्रपतिको हैसियतले संविधानको रक्षक र पालक भएको हुँदा संविधानभित्रबाट समाधान खोज्न सिफारिस गर्दछु। मेरो सिफारिस यत्ति हो । मलाई राष्ट्रपतिजी र प्रधानसेनापतिजीले संविधानको धारा खोल्दिनुपर्यो भनेर भन्नुभएको थियो, मैले कुन धारा खोल्ने ? धारा भए पो खोल्नु । संविधानभित्रबाट समाधान खोज्नुस् यत्ति हो ।”

ओलीले त्यसपछि राजनीतिक दलहरूबाट समाधान खोज्ने प्रक्रिया अन्यत्र गएको टिप्पणी गरेका छन् । उनले आफ्नो सिफारिसको आशय संविधानको रक्षकका रूपमा राष्ट्रपतिले संवैधानिक मर्यादाअनुसार भुमिका निर्वाह गर्नुपर्छ भन्ने रहेको बताएका छन् ।


प्रकाशित मिति: ११ मंसिर २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?