Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

इण्डोनेसियामा बाढी, पहिरोबाट ५ जनाको मृत्यु


काठमाडौँ । इण्डोनेसियाको पश्चिमी जाभामा आएको बाढी र पहिरोमा परी ५ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् ।

पश्चिम जाभा प्रान्तमा आएको बाढी र पहिरोले सयौं घर र पूर्वाधारमा क्षति  पुर्‍याएको हो । पाँच जनाको शव फेला परेको छ र सात जना बेपत्ता भएको एक अधिकारीले बताएका छन् ।

गत हप्तको मंगलवारदेखि शुरु भएको प्राकृतिक प्रकोपले सुकाबुमी क्षेत्रका ५८९ घरमा क्षति पु¥याएको र १ हजार ४०० बासिन्दालाई विस्थापित गरेको छ । प्रान्तीय विपद् व्यवस्थापन तथा न्युनिकरण निकायका प्रवक्ता हादी रहमतले विपद्का कारण १० वटा पुल भत्किएकाले बासिन्दाको आवतजावतमा बाधा पुगेको बताए ।

बेपत्ता भएका सातमध्ये पाँच जना पहिरोको शिकार भएका छन् भने बाँकी दुईजना बेपत्ता हुनुको कारण नखुलेको रहमतले बताए  । पाँच पहिरो पीडितको खोजी कार्य प्रभावित क्षेत्रमा केन्द्रित रहेको र अन्य दुईको खोजी कार्य यी क्षेत्रभन्दा बाहिर भएको उनले बताए  ।

उनकाअनुसार विस्थापितहरूलाई खान, बस्न, औषधि र अन्य अत्यावश्यक वस्तुहरू उपलब्ध गराउन दुईवटा विस्थापन केन्द्र स्थापना गरिएको छ ।


प्रकाशित मिति: २४ मंसिर २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?