Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

इण्डोनेसियामा बाढी, पहिरोबाट ५ जनाको मृत्यु


काठमाडौँ । इण्डोनेसियाको पश्चिमी जाभामा आएको बाढी र पहिरोमा परी ५ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् ।

पश्चिम जाभा प्रान्तमा आएको बाढी र पहिरोले सयौं घर र पूर्वाधारमा क्षति  पुर्‍याएको हो । पाँच जनाको शव फेला परेको छ र सात जना बेपत्ता भएको एक अधिकारीले बताएका छन् ।

गत हप्तको मंगलवारदेखि शुरु भएको प्राकृतिक प्रकोपले सुकाबुमी क्षेत्रका ५८९ घरमा क्षति पु¥याएको र १ हजार ४०० बासिन्दालाई विस्थापित गरेको छ । प्रान्तीय विपद् व्यवस्थापन तथा न्युनिकरण निकायका प्रवक्ता हादी रहमतले विपद्का कारण १० वटा पुल भत्किएकाले बासिन्दाको आवतजावतमा बाधा पुगेको बताए ।

बेपत्ता भएका सातमध्ये पाँच जना पहिरोको शिकार भएका छन् भने बाँकी दुईजना बेपत्ता हुनुको कारण नखुलेको रहमतले बताए  । पाँच पहिरो पीडितको खोजी कार्य प्रभावित क्षेत्रमा केन्द्रित रहेको र अन्य दुईको खोजी कार्य यी क्षेत्रभन्दा बाहिर भएको उनले बताए  ।

उनकाअनुसार विस्थापितहरूलाई खान, बस्न, औषधि र अन्य अत्यावश्यक वस्तुहरू उपलब्ध गराउन दुईवटा विस्थापन केन्द्र स्थापना गरिएको छ ।


प्रकाशित मिति: २४ मंसिर २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?