Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

लेबनानी मन्त्रिपरिषद्द्वारा लितानी नदीको दक्षिणमा सेना परिचालन अनुमोदन


काठमाडौँ । लेबनानका सूचनामन्त्री जियाद मकरीले मन्त्रिपरिषद्ले लितानी नदीको दक्षिणी क्षेत्रमा लेबनानी सेना तैनाथ गर्न अनुमोदन गरेका छन्  ।

लेबनानी सेनाले दक्षिणमा आफ्नो सेना पठाउन थालेको र धेरै उपकरण, कर्मचारी र आपूर्तिको आवश्यकता सेनालाई सहयोग स्वरुप पठाइएको बताए  । ध्वस्त भवनहरूको भग्नावशेष हटाइने र दक्षिणका क्षेत्रहरू क्लस्टर बमबाट खाली गरिनेछ बताए  ।

मन्त्रिपरिषद्ले युद्धबाट ध्वस्त भएका घरहरू पुनर्निर्माण गर्न कानूनको मस्यौदामा पनि सहमति जनाएका  छन्  ।  मकरीकाअनुसार लेबनानले सिरियासँगको उत्तरी र पूर्वी सीमानामा आफ्नो सेना तैनाथ गरेका छन्  । दक्षिणी लेबनानी शहर टायरमा आयोजित विशेष मन्त्रिपरिषद्को बैठकमा भाग लिएपछि मकरीले यो घोषणा गरेका हुन्  । जसमा लेबनानका प्रधानमन्त्री नाजिब मिकातीले इजरायलले युद्धविराम सम्झौताको जारी उल्लङ्घनलाई अन्त्य गर्न र कब्जाबाट फिर्ता लिन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरे  ।

इजरायल र लेबनानी सशस्त्र समूह हिजबुल्लाहबीचको झन्डै १४ महिनादेखि चलेको लडाईंलाई रोक्ने उद्देश्यले संयुक्त राज्य अमेरिका र फ्रान्सको मध्यस्थतामा भएको युद्धविराम नोभेम्बर २७ मा लागू भएको थियो ।


प्रकाशित मिति: २४ मंसिर २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?