Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन


निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन

काठमाडौँ। विभागीय टोली पछि पार्दै निसर्ग वाटिका स्कुलले १४ औं एनएसए कप पौडी प्रतियोगिताको उपाधि जितेको छ ।

नेपाल पौडी संघको आयोजनामा मंगलबार सम्पन्न दुईदिने प्रतियोगितामा निसर्ग वाटिका सर्वाधिक एक हजार ३६३ अंक जोड्दै च्याम्पियन भएको हो । सातदोबाटोस्थित पौडी पोखरीमा भएको प्रतियोगितामा एपिएफ क्लव दोस्रो र जेम्स स्कुल तेस्रो भए । एपिएफका ६ सय १३ अंक जोड्दा जेम्स स्कुलले ६ सय ६ अंक बटुल्यो । जेम्स स्कुलले सर्वाधिक आठ स्वर्ण, दुई रचत र चार काँस्य पदक जित्यो । यद्यपि पौडीमा अक्वा पोइन्टको आधारमा विजेता घोषणा हुने भएकाले निसर्ग च्याम्पियन बन्यो ।
नेपाल आर्मी त्रिभूवन आर्मी क्लव चौथो स्थानमा रह्यो । आर्मीले पाँच सय ५४ अंक जोड्यो । पदकतालिकामा भने आर्मी दोस्रो स्थानमा रह्यो । आर्मीले सात स्वर्ण, दुई रजत र ६ कांस्य पदक जित्यो । च्याम्पियन निसर्ग बाटिका पदक तालिकामा तेस्रो स्थान भयो । निसर्गले पाँच स्वर्ण, सात रजत र आठ काँस्य जित्यो ।

सगरमाथा स्विम क्लव तीन सय १५ अंकसहित पाँचौं भयो । कोशी प्रदेश दुई सय ३४ अंकसहित छैटौं र नेपाल पुलिस क्लब एक सय ८४ अंकसहित सातौं स्थानमा रहे । प्रतियोगितामा डुवाना लामा र इरभिन श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । डुवानाले सात स्वर्ण पदक जित्दा इरभिनले चार स्वर्ण र दुई रजत पदक हात पारे । उत्कृष्ट खेलाडी दुवैले समान २५ हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी प्राप्त गरे । दुई दिनसम्म चलेको प्रतियोगितामा कुल १७ राष्ट्रिय कीर्तिमान बने । नेपाल पौडी संघले प्रत्येक राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीलाई पाँच हजार रुपैयाँका दरले नगद पुरस्कार प्रदान गरेको थियो । प्रतियोगितामा महिला खेलाडीतर्फ डुवानाले मात्रै राष्ट्रिय कीर्तिमान बनाइन् । बाँकी १६ राष्ट्रिय कीर्तिमान पुरुष खेलाडीका नाममा रहे ।

प्रतियोगितामा ३६ टोलीका एक सय ५१ खेलाडीले ३८ स्वर्ण पदकका लागि प्रतिष्पर्धा गरेका थिए । कोशी प्रदेश, नेपाल पुलिस क्लब र आइरनफिन स्पोट्र्स क्रमशः छैटौं, सातौं र आठौं स्थानमा रहे । प्रतियोगिताका विजेता तथा उत्कृष्ट खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहेता, नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ र महासचिव ईश्वर कार्कीलगायतले पुरस्कार वितरण गरे ।


प्रकाशित मिति: २७ आश्विन २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?