Trending
>>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु
Logo
२६ आश्विन २०८३, सोमबार
२६ आश्विन २०८३, सोमबार

नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी


नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

काठमाडौँ। नेकपा (एमाले) की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकलाई विवेकशील, सिर्जनशील र राज्यप्रति जिम्मेवार बनाउने गरी मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधारको आवश्यकता रहेको बताएकी छिन् ।

सोमवार काठमाडौंमा महेन्द्रप्रकाश शिवाकोटीद्वारा लिखित ‘देश विकासको प्रश्तावना’ र ‘राजनीतिक चेतना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले मुलुकको शिक्षा प्रणालीलाई परीक्षामा प्राप्त अंक र प्रमाणपत्रमा मात्र सिमित नराखी जीवनोपयोगी बनाउनुपर्नेमा जोड दिएकी छिन् । उनले मुलुकको विकासका लागि सरकार, राजनीतिक दल र नीतिनिर्माता मात्र जिम्मेवार भएर नुपग्ने बताएकी छिन् । उनले मुलुकको विकास र समृद्धिको लागि हरेक नागरिक र समुदायको पनि उत्तिकै जिम्मेवारी हुने बताइन् । उनले नागरिकको श्रम, सिर्जनशीलता, उद्यमशीलता, अनुशासन र इमानदारी विकासका महत्वपूर्ण आधार भएको समेत बताएकी छिन् । नेता भण्डारीले नागरिक शिक्षाले लोकतन्त्रलाई व्यवहारमा रूपान्तरण गर्न सहयोग गर्ने उल्लेख गर्दै नागरिक शिक्षामा राज्यले पर्याप्त लगानी गर्नुपर्नेमा समेत जोड दिइन् । नागरिकले राज्यबाट अधिकार र सेवा प्राप्त गर्ने अपेक्षा राख्नु स्वाभाविक भएपनि राज्य र समाजप्रतिको आफ्नो भुमिका तथा जिम्मेवारी बुझ्न पनि उत्तिकै आवश्यक रहेको उनको भनाइ छ ।

उनले भनिन् , ‘मुलुकको विकासका लागि सरकार, राजनीतिक दल र नीति निर्माताहरु मात्र जिम्मेवार भएर पुग्दैन । समाजका हरेक पक्ष, रहेक समुदाय र प्रत्येक नागरिकको पनि विकासमा आफ्नो भुमिका र जिम्मेवारी हुन्छ । नागरिकको श्रम, सिर्जनशीलता, उद्यमशीलता, अनुशासन, इमानदारीता पनि विकासका महत्वपूर्ण आधार हुन् । यसअर्थमा नागरिक शिक्षा लोकतन्त्रलाई व्यवहारमा रुपान्तरण गर्ने महत्वपूर्ण आधार हो । यसले नागरिकमा आलोचनात्मक चेतना, सामाजिक उत्तरदायित्व, सहिष्णुता र लोकतान्त्रिक मूल्यप्रतिको सम्मान विकास गर्नुपर्छ । नागरिकले राज्यबाट आफ्ना अधिकार र सेवा प्राप्त गर्ने अपेक्षा राख्नु स्वभाविक हो । तर राज्य र समाजप्रतिको आफ्नो भूमिका र जिम्मेवारी बुझ्न समेत उत्तिकै आवश्यक हुन्छ । यसका लागि हाम्रो शिक्षा प्रणालीमा व्यापक सुधारको आवश्यकता रहेको छ । शिक्षालाई परीक्षामा प्राप्त अंक र प्रमाणपत्रमा मात्र सिमित नराखी विवेशशील, सिर्जनशील, नैतिक र जिम्मेवार नागरिक निर्माण गर्ने माध्यमका रुपमा विकास गर्ने माध्यम बनाउनुपर्छ भन्ने मलाई लाग्छ । विद्यालयदेखि विश्वविद्यालय तहसम्मको शिक्षण विधि, पाठ्यक्रम र मूल्याङ्कन प्रणालीलाई जीवनउपयोगी,ज्ञान,दृष्टिकोण, आलोचनात्मक चिन्तन र नागरिक जिम्मेवारीसँग जोड्नपर्छ । शिक्षा प्रणालीको सुधारसँगै पठन संस्कृतिको विकास पनि उत्तिकै आवश्यक छ ।’

उनले विद्यालयदेखि विश्वविद्यालय तहसम्मको पाठ्यक्रम, शिक्षण विधि र मूल्याङ्कन प्रणालीलाई जीवनोपयोगी ज्ञान, दृष्टिकोण, आलोचनात्मक चिन्तन र नागरिक जिम्मेवारीसँग जोड्नुपर्ने बताएकी छिन् ।


प्रकाशित मिति: २६ आश्विन २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?