Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली


एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा नेपालमा एमालेमार्थी चौतर्फी घेराबन्दी रहेको बताएका छन् ।

पार्टी कार्यालय च्यासलमा आयोजित केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा उनले २०७७ सालदेखि नै एमालेविरुद्ध घेराबन्दी सुरु भएको दाबी गरे । २०७७ सालमा पार्टी कब्जा गरेर ध्वस्त पार्ने प्रयास असफल भएपछि २०७८ भदौ १० गते पार्टी विभाजन गराइएको र २०७९ सालको निर्वाचनमा विभिन्न दलले एमालेविरुद्ध मोर्चाबन्दी गरेको उनको आरोप छ ।

उनले आगामी निर्वाचनमा पनि एमालेविरुद्ध मोर्चाबन्दी हुन सक्ने भन्दै पार्टीलाई थप बलियो बनाउन एकजुट भएर लाग्नुपर्ने बताए । सामाजिक सञ्जालमार्फत पार्टी र नेताहरूको चरित्रहत्या गरी जनतामाझ अलोकप्रिय बनाउने प्रयास भइरहेको आरोप लगाउँदै उनले पार्टीभित्रकै केही नेताका गलत गतिविधिले पनि चुनौती थपिएको उल्लेख गरे ।

उनले भने, ‘हाम्रो अगाडि निर्वाचन आउँदैछ र यस निर्वाचनमा पनि हामीलाई घेर्ने काम हुन सक्छ, हामी विरुद्धको घेराबन्दी सिद्धिएको छैन । यो एकदमै चालू छ अहिले पनि । घेराबन्दी चालू छ । २०७७ सालमा सालमा हाम्रो पार्टी कब्जा गरेरै ध्वस्त पार्न खोजियो, म समेत १० जना नेता पार्टीबाट निष्काशन गरियो । हामीले नै एकताका लागि भनेर दिएको बहुमतको दुरुपयोग गर्ने काम भयो । हामीले पुनर्गठन गरेर अगाडि बढ्यौँ । फेरी २०७८ साल भदौ १० गते फेरी हाम्रो पार्टी फुटाइयो । हाम्रा पार्टीका हस्ती भनेका व्यक्तिहरूबाटै पार्टी फुटाइयो । हामीले अत्यन्तै उदारताका साथ, अत्यन्तै फराकिलोपनका साथ, मनका साथ व्यवहार ग¥यौँ । सकेसम्म साथीहरूलाई फेरी समेट्यौँ र अगाडि बढ्यौँ । २०७९ को निर्वाचनमा देश नै हाम्रा विरुद्ध चुनावमा मोर्चाबन्दी । सिङ्घै देशको हामी विरोधी मोर्चा भयो । सबैका विरुद्ध हामी लड्नुप¥यो । मोर्चा सानोतिनो थिएन, हाम्रा विरुद्धको । फेरी पनि हामी सबभन्दा पपुलर पार्टी भयौँ । त्यसपछि हामी विरुद्धको अभियान अर्को ढङ्गले तीव्र पारियो, सामाजिक सञ्जालमार्फत हाम्रो चरित्र हत्या गर्ने, हामीलाई जनताका नजरमा गिराउने, अलोकप्रिय बनाउने, हाम्रो लोकप्रियता घटाउने, यी सब कामहरू भए । यसका विरुद्ध पार्टी एकजुट भएर लड्यो, लड्नुपथ्र्यो । केही साथीहरूलाई सम्झाउन सकिएन, केही साथीहरू अलिकति गलत धन्दामा संलग्न भइरहे । जहिले पनि पार्टीभित्र विरोध नै गरिरहने, सहमति भनेको कहिल्यै पनि नहुने त्यस्तो पनि हुन्छ ? तर त्यस्तो केही भयो । अब हामीले ती कुरा गर्नु पनि हुँदैन, गर्न दिनु पनि हुँदैन । त्यस्तो हुन पनि हुँदैन, हुन दिनु पनि हुँदैन । यो पार्टी महान् उद्देश्य बोकेर सत्य, समानता र मानवताको बाटोमा हिँडेको पार्टी हो । ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने बाटोमा हिँडेको पार्टी हो, हामी साना–मसिना गलत कुरा, क्रियाकलापमा अल्झिने हुँदैन । त्यसकारण पार्टीमा सुदृढ एकताका साथ अगाडि बढ्नुपर्छ । आजको आवश्यकता त्यही हो ।’

अध्यक्ष ओलीले नेपालमा लोकतन्त्र कमजोर बनाउने काम भइरहेको आरोप लगाउँदै राष्ट्रिय अस्मितामा आँच पुर्‍याएर स्वाधीनता र स्वतन्त्रता कमजोर पारिएको दाबी गरेका छन् ।

उनले नेपालको स्वाधीनता र स्वतन्त्रता पुनःस्थापनाका लागि आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने बताए । आन्दोलनका क्रममा दमन भए प्रतिवाद गर्ने उल्लेख गर्दै उनले आन्दोलन न्याय, शान्ति र अग्रगमनका लागि हुनुपर्नेमा जोड दिए ।नेपालमा आगजनी र लुटपाटलाई समेत आन्दोलनको संज्ञा दिएर आन्दोलनकै अपव्याख्या भइरहेको उनको भनाइ छ ।

उनले भने, ‘शान्तिका लागि आन्दोलन गर्न पर्यो निहत्था जनतालाई असङ्गठित जनतालाई सङ्गठित शक्तिले हतियार र सङ्गठित शक्तिको बलमा दबायो भने त्यसमा जनताले प्रतिवाद गर्नुपर्ने हुनसक्छ । त्यो प्रतिवादलाई हामी आन्दोलन भन्छौँ । आगो लाउनु आन्दोलन होइन, लुटपाट गर्नु आन्दोलन होइन । आन्दोलन भनेको सङ्गठित र सशस्त्र शक्तिले असङ्गठित र निरस्त्र शक्तिलाई ठूलो र बलियोले कमजोरलाई बलजफ्त दमन गर्छ भने त्यसको प्रतिवाद गर्नु आन्दोलन हो । गलतका विरुद्ध, अग्रगमनका लागि, न्यायका लागि, शान्तिका लागि, दमनका विरुद्ध, आन्दोलन गर्नुपर्ने हुन्छ, त्यो देशका लागि हुन्छ, त्यो जनताका लागि हुन्छ, त्यो बृहत्तर बृहत्तर हितका लागि हुन्छ । यी चिजहरूलाई अहिले नेपालमा शत्रु बनाइएको छ, खोसिएको छ, लोकतन्त्र मासिएको छ, राष्ट्रिय अस्मिता कमजोर बनाइएको छ, स्वाधीनता, स्वतन्त्रता कमजोर बनाइएको छ । यस्तो स्थितिमा हामीसँग यी चिजहरूको पुनप्र्राप्ति गर्नु, पुनर्वापसी अनिवार्य शर्त हो । त्यसकारण यसको पुनर्वासीका लागि बलजफ्त दमन गरिन्छ भने दमन अस्वीकार गरेर प्रतिवादमा उत्रिनुपर्ने हुन्छ, त्यसलाई आन्दोलन भन्छन् । जो कुरा हामी विगतमा पनि गरी आएका छौँ फेरि पनि गर्नुपर्ने हुन्छ ।’

पार्टीका सदस्यहरूलाई उहाँले निष्ठापूर्वक सक्रियताका काममा लाग्न निर्देशन दिएका छन् । पार्टीमा अब विगतलाई हेरेर मात्रै मुल्यांकन नहुने बताएका छन् । निति र नेतृत्वप्रतिको ईमानदारिता र कर्मशिलतालाई पनि मुल्यांकनको आधार बनाईने उनको भनाई छ ।


प्रकाशित मिति: २७ आश्विन २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?