Trending
>>   आज मिति २०८१ साल माघ ०४ गते शुक्रबार,हेर्नुहोस आजको राशिफल >>   डा. भीम रावलद्वारा पार्टीको नाम सार्वजनिक >>   एनकेएलको उपाधि जित्नेगरी तयारी गरेका छौं– ६ फ्रेन्चाइज टोली >>   च्याट जिपिटी, एआई अब नेपालका लागि नौलो कुरा होइन : प्रधानमन्त्री >>   जय नेपाल कपमा तीन राष्ट्रका विश्व विद्यालयले खेल्ने >>   संसदीय समितिले राष्ट्रिय परिचयपत्रबारे छलफल गर्न गृहमन्त्रीलाई बोलायो >>   चुरोट छाड्न सकिरहनु भएको छैन ? यस्ता छन् घुम्रपानले निम्त्याउने समस्याहरु >>   प्रेम सम्बन्ध भएको समयमा खिचिएका अश्लिल भिडियोहरू पठाएको आरोपमा दुई जना पक्राउ >>   न्याय परिषद् सदस्यमा प्रश्तावित खड्का बिरुद्ध उजुरी आह्वान >>   ट्राफिक प्रहरीको उद्देश्य सवारी चालकलाई कारबाही गर्ने होइन : प्रमुख घिमिरे
Logo
३ माघ २०८१, बिहीबार
३ माघ २०८१, बिहीबार

सिरियाका सबै दलहरूलाई समावेशी राजनीतिक प्रक्रिया शुरु गर्न इजिप्टको आह्वान


काठमाडौँ । इजिप्टले सबै सिरियाली पक्षहरूलाई एक व्यापक र समावेशी राजनीतिक प्रक्रिया शुरु गर्न आह्वान गरेका छन्  ।

जुन सहमति र आन्तरिक शान्तिको नयाँ युगको लागि जग हुने इजिप्टको विश्वास छ । इजिप्टको विदेश मन्त्रालयले सबै सिरियाली पक्षहरूलाई देशको सम्पती र राज्य संस्थाहरूको संरक्षण गर्न आह्वान गरेका छन् । साथै लक्ष्य र प्राथमिकताहरूलाई एकीकरण गरेर वृहत्तर हितलाई प्राथमिकता दिन आग्रह गरेका छन्  ।

इजिप्टले सिरियालाई आफ्ना जनताको लामो दुःखको अन्त्य गर्न, शरणार्थीहरूको फिर्ताको सहजीकरण, पुनर्निर्माण प्रयासहरू प्रारम्भ गर्न र सिरियाली जनताको हकको स्थिरता हासिल गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय साझेदारहरूसँग काम गर्ने प्रतिवद्धतालाई जोड दिएका छन्  ।

असद परिवारको पाँच दशकभन्दा लामो शासनको अन्त्य गर्दै सशस्त्र विपक्षी सेनाले आईतवार दमस्कसको पूर्ण नियन्त्रण कब्जा गरेका थिए  ।


प्रकाशित मिति: २५ मंसिर २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?