रूपन्देही। सियारी गाउँपालिका-७ हिरागंजस्थित न्यू कामना ईटा उद्योगमा काम गरी बस्ने भारत गोरखपुर जगल-६ घर भएका ४० वर्षीय निष्ठुरी केवटको हत्या गरेको अभियोगमा सियारी गाउँपालिका-६ वर्दहवा बस्ने २४ वर्षीय कृष्ण केवटलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उनीहरू बीच एकआपसमा झै-झगडा भई कुटपिट हुँदा गम्भीर घाइते भएका निष्ठुरीको लुम्बिनी
काठमाडौँ। ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने योजनामा अघि बढिसकेको बताएका छन् । बिहीवार राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा लतिपुरमा आयोजित ‘भूकम्प र विपद् जोखिम व्यवस्थापन’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै उनले ललितपुर महानगरलाई स्मार्ट सिटी बनाउनका लागि पोखरीहरुको पुनःनिर्माण सम्पन्न भइसकेको र वतावरणीय सुधार
काठमाडौँ। वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले काठमाडौं महानगरपालिकाले प्रदेश सरकारलाई राजश्वबाट उठेको ४० प्रतिशत रकम नबुझाएको गुनासो गरेका छन् । बुधवार काठमाडौंमा वागमती प्रदेश सरकारको आयोजनामा भएको स्थानीय तहका महिला जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि कार्यक्रममा बोल्दै उनले सबै पालिकाहरुले आफूले उठाएको राजश्वमा ६० प्रतिशत आफूले प्रयोग गरेर
काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार दिउँसो प्रहरीले उनलाई काठमाडौंबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले पुष्टि गरे । अभद्र व्यवहारसम्बन्धी मुद्दामा उनलाई नियन्त्रणमा लिइएको एसपी अधिकारीले बताए ।
काठमाडौँ। मधेस प्रदेश सरकारले २७ औं भूकम्प सुरक्षा दिवस मनाएको छ । २०५५ सालदेखि वि.सं. १९९० सालका महाभूकम्पको स्मृतिमा माघ २ गतेलाई भूकम्प सुरक्षा दिवसको रुपमा मनाउने गरिन्छ । भूकम्प सुरक्षा दिवसको अवसरमा बुधवार बिहान जनकपुर धाममा भूकम्प स्मृति तथा भूकम्पीय पूर्वतयारी सचेतना प्रभातफेरी गरिएको हो । भूकम्प सुरक्षा दिवसको
काठमाडौँ । नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको दशौँ संस्करण यही माघ ४, ५ र ६ गते हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्ट्स प्रा.लि. र इटीएसआइपीएलको संयुक्त आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको हो । मिडिया स्पेस सोलुसन्स प्रा.लि.का प्रवन्ध निर्देशक
काठमाडौं । डडेलधुरामा गोली प्रहरी गरी श्रीमतीको हत्या गरेको आरोपमा अमरगढी नगरपालिका-३ पथरोडा बस्ने ३२ वर्षीय श्रीमान् डम्बरबहादुर थापा मगर पक्राउ परेका छन् । घरायसी विवादका क्रममा डम्बरले अस्मितामाथि गोली प्रहार गर्दा प्रहार गरेको गोलीबाट श्रीमतीको घटनास्थलमै मृत्यु भएको छ ।उनको साथबाट भरूवा बन्दुक समेत बरामद भएको छ । प्रहरीका
जनकपुर। मकर संक्रान्तिको अवसरमा आज जनकपुरधामका खिचडी भोजको आयोजना गरिएको छ । संस्कृति जोगाउने उद्देश्यका साथ जनकप्रधामका स्थानीय युवाहरुले जनकपुरधामको जानकी चोकमा खिचडी भोजको आयोजना गरेका हुन् । अंगराज सरको डिलमा विगत १ दशकभन्दा बढी समयदेखि खिचडी भोजको आयोजन हुँदै आएको छ । यसवर्ष मिथिला संस्कृति तथा सनातन धर्म अन्तर्गतको
काठमाडौँ। तनहुँको देवघाट धाममा मकर संक्रान्ति स्नान शुरु भएको छ । मगलवार बिहानै माघी स्नानको लागि भक्तजनहरुको देवघाटधाममा भीड रहेको छ । नारायणी नदीमा स्नान गरी फर्किनेहरुको भीड देख्न सकिन्छ । विभिन्न स्थानबाट मकर संक्रान्ती स्नानका लागि देवघाट पुगेका दर्शनार्थीहरु बिहानै देवघाटमा स्नान गरी फर्किन थालेका छन् । सोमवार नै
काठमाडौँ। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले फास्ट फुड तथा रेष्टुरेण्टहरुले गुणस्तरमा विशेष ध्यान दिन आवश्यक रहेको बताएकी छिन् । सोमवार काठमाडौंमा भएको फास्ट फुड एसोसिएसन नेपालको ८ औ राष्ट्रिय अधिवेशनमा बोल्दै उपप्रमुख डंगोलले व्यवसायीहरु पनि उपभोक्ता भएकाले फास्ट फुड तथा रेष्टुरेण्डहरुले गुणस्तरमा ध्यान दिन आवश्यक रहेको बताएकी छिन् । उनले