Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर धनराज


मेयर धनराज

पोखरा। पोखरा महानगरपालिकामा शिक्षाको गुणस्तर सुधारका लागि चालिएका कदमहरूले सकारात्मक नतिजा दिन थालेका छन् ।

मेयर धनराज आचार्यकाअनुसार पछिल्लो समय सामुदायिक (सरकारी) विद्यालयहरूमा ८ हजारभन्दा बढी विद्यार्थी थपिएका छन् । कतिपय सरकारी विद्यालयहरूमा त अहिले भर्ना पाउनै मुस्किल हुने अवस्था सिर्जना भएको छ । जहाँ २ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । महानगरले शिक्षा क्षेत्रमा ५५ वटा विभिन्न बुँदाहरूमा सुधारका कामहरू अघि बढाएको छ । यसले गर्दा सरकारी विद्यालयहरू र शिक्षकहरूमा नयाँ आत्मविश्वास पलाएको मेयर आचार्यले बताएका छन् । यसैगरी विकासको बजेटलाई तल्लो तहसम्म पु¥याउन मेयर आचार्यले बजेटको व्यापक विकेन्द्रीकरण गरेको दाबी गरेका छन् ।

उनले भने, ‘ शिक्षाको कुरा गर्ने हो भने हामी आईसकेपछि सरकारी विद्यालयमा ८ हजार विद्यार्थी प्लस भएका छन् । हाम्रा थुप्रै सरकारी विद्यालयहरुमा भर्ना गर्न पाइँदैन । २ हजारभन्दा बढी विद्यार्थी भएका थुप्रै विद्यालयहरु छन् । एजुकेशनमा पनि हामीले ५५ वटा विभिन्न बुँदाहरुमा सुधार गरेका छौँ । जसका कारणले गर्दा हाम्रा विद्यालयहरु पनि कन्फिडेन्ट हुँदैछन् । भइरहेका छन् । यी त हाम्रा बजेटले गर्ने कुराहरु भए । हिजो अघिल्लो कार्यकालसम्म माथिले दिएन भन्ने थियो । हामी आएपछि मैले पहिलो बैठकबाटै अघिल्लो कार्यकालमा अध्यक्षहरुले पाँच वर्षमा पाएको बजेट मेरो कार्यकालका वडा अध्यक्षहरुलेपहिलो वर्षमा नै पाएका छन् । एउटा अध्यक्षले २५ वर्षमा पाउने बजेट एकै वर्षमा हामीलेवडामा पठाएका छौँ । वडा स्तरका तलतलसम्मका सबै काम बनेका छन् । वडा बनेपछि महानगर आफैँ भन्ने हो नि । अनि वडा र वडाध्यक्ष सफलहुने, महानगर असफल हुने हो र । होइन नि ।’

उनकाअनुसार अघिल्लो कार्यकालमा वडा अध्यक्षहरूले ५ वर्षमा पाएको जति बजेट अहिलेका वडा अध्यक्षहरूले पहिलो वर्षमै पाएका छन् । एउटा वडा अध्यक्षले २५ वर्षमा पाउने जति बजेट एकै वर्षमा वडामा पठाएर वडा तहका साना–ठूला सबै कामहरूलाई तिब्रता दिइएको छ । वडा बलियो र सफल भए मात्र महानगर सफल हुने मेयर आचार्यको भनाइ छ ।


प्रकाशित मिति: ९ चैत्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?