Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

सकियो मिथिला मध्यमिकी परिक्रमाः आस्था, इतिहास र आध्यात्मिक जागरणको महाकुम्भ


सकियो मिथिला मध्यमिकी परिक्रमाः आस्था, इतिहास र आध्यात्मिक जागरणको महाकुम्भ

जनकपुरधाम।  मिथिलाको मुटु जनकपुरधाम यतिबेला भक्ति र श्रद्धाको केन्द्र बनेको छ ।

जानकीजीको जन्मस्थल सीतामढी नजिकैको पुण्डरी ऋषिको आश्रमदेखि शुरु हुने माध्यमिकी यात्रा केवल शारीरिक पदयात्रा मात्र नभई एक गहिरो आध्यात्मिक अनुभव पनि हो । श्रद्धालु भक्तजनहरूकाअनुसार यो परिक्रमाले जीवनमा सफलता र मानसिक शान्ति प्रदान गर्दछ । परिक्रमाको इतिहास केलाउँदा अयोध्या र वृन्दावनको परिक्रमाको परिकल्पनालाई पछ्याउँदै यसको शुरुवात गरिएको पाइन्छ । विशेषगरी २०१६ सालमा अयोध्याबाट आएका मौनी बाबाले यसलाई व्यवस्थित बनाएका थिए । अहिले यो एक ऐतिहासिक र सांस्कृतिक धरोहरको रूपमा स्थापित भइसकेको छ । भक्तजनहरूले यस परिक्रमालाई भगवान गणेशले आफ्ना माता–पिता (शंकर र पार्वती) को परिक्रमा गरेर प्राप्त गरेको प्रथम पूज्य स्थानसँग तुलना गर्छन् । यसले समाजमा आमा र बुवाको महत्वलाई पनि उजागर गर्दछ । यसरी मिथिला मध्यमिकी परिक्रमाले धार्मिक सहिष्णुता, सांस्कृतिक एकता र व्यक्तिगत आध्यात्मिक शुद्धीकरणको सन्देश प्रवाह गरिरहेको छ ।

१५ दिनसम्म चल्ने यो यात्रामा सहभागी हुन नेपाल र भारतका विभिन्न स्थानबाट हजारौँको संख्यामा दर्शनार्थीहरू आउने गर्दछन् । अठारौँ शताब्दीदेखि मिथिला मध्यमा परिक्रमाको शुरुवात भएको मानिन्छ । परिक्रमा १५ औँ दिन जनकपुरधाम पुगेर अन्तगृह परिक्रमा गरेसँगै मिथिलाञ्चलमा होली पर्व मनाउने परम्परा रहेको छ । परिक्रमामा मन, वचन र कर्मसमेतले सहभागी भएमा अनेकन पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने तथा मोक्ष प्राप्ति हुने जनविश्वास छ ।


प्रकाशित मिति: १९ फाल्गुन २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?