Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न


जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न

जनकपुर। भारत र नेपालबीच नयाँ प्रविधि तथा स्टार्टअप क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित भारत–नेपाल सहकार्य विषयक गोलमेच छलफल जनकपुरधाममा सफलतापूर्वक सम्पन्न भएको छ ।

भारतको वीरगञ्जस्थित महावाणिज्य दुतावास र नेपाल यंग इन्टरप्रेनर्स फोरम (एनवाईईएफ) का वीरगञ्ज तथा जनकपुरधाम अध्यायहरूको सहकार्यमा पीएचडीसीसीआई भारत नेपाल सेन्टरद्वारा आयोजित यस कार्यक्रममा स्टार्टअप संस्थापकहरू, युवा उद्यमीहरू तथा एमएसएमई (साना तथा मझौला उद्यम) प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा ४० भन्दा बढी प्रतिनिधिहरू उपस्थित थिए । कार्यक्रमलाई सम्बोधन गर्दै विरगञ्जस्थित भारतीय महावाणिज्य दुतावासका महावाणिज्य दुत देवीसहाय मिणाले भारत–नेपालबीच नयाँ प्रविधि र स्टार्टअप क्षेत्रमा सहकार्य विस्तार गर्न यस्ता संवाद कार्यक्रमहरू अत्यन्त महत्वपूर्ण हुने बताएका छन् । उनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई), सूचना प्रविधि तथा आईटी सक्षम सेवामा भारतको अनुभव र क्षमता नेपाली उद्यमीहरूका लागि अत्यधिक लाभदायक हुने उल्लेख गरेका छन् ।

यस कार्यक्रमले दुवै देशका उद्यमीहरूबीच ज्ञान आदानप्रदान, साझेदारी र लगानीका नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ । भारत–नेपालबीचको आर्थिक तथा प्राविधिक सहकार्यलाई मजबुत बनाउँदै मधेस प्रदेशलाई स्टार्टअप हबको रूपमा विकास गर्न यस्ता पहलहरूले महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।


प्रकाशित मिति: २ पुष २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?