Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न


जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न

जनकपुर। भारत र नेपालबीच नयाँ प्रविधि तथा स्टार्टअप क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित भारत–नेपाल सहकार्य विषयक गोलमेच छलफल जनकपुरधाममा सफलतापूर्वक सम्पन्न भएको छ ।

भारतको वीरगञ्जस्थित महावाणिज्य दुतावास र नेपाल यंग इन्टरप्रेनर्स फोरम (एनवाईईएफ) का वीरगञ्ज तथा जनकपुरधाम अध्यायहरूको सहकार्यमा पीएचडीसीसीआई भारत नेपाल सेन्टरद्वारा आयोजित यस कार्यक्रममा स्टार्टअप संस्थापकहरू, युवा उद्यमीहरू तथा एमएसएमई (साना तथा मझौला उद्यम) प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा ४० भन्दा बढी प्रतिनिधिहरू उपस्थित थिए । कार्यक्रमलाई सम्बोधन गर्दै विरगञ्जस्थित भारतीय महावाणिज्य दुतावासका महावाणिज्य दुत देवीसहाय मिणाले भारत–नेपालबीच नयाँ प्रविधि र स्टार्टअप क्षेत्रमा सहकार्य विस्तार गर्न यस्ता संवाद कार्यक्रमहरू अत्यन्त महत्वपूर्ण हुने बताएका छन् । उनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई), सूचना प्रविधि तथा आईटी सक्षम सेवामा भारतको अनुभव र क्षमता नेपाली उद्यमीहरूका लागि अत्यधिक लाभदायक हुने उल्लेख गरेका छन् ।

यस कार्यक्रमले दुवै देशका उद्यमीहरूबीच ज्ञान आदानप्रदान, साझेदारी र लगानीका नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ । भारत–नेपालबीचको आर्थिक तथा प्राविधिक सहकार्यलाई मजबुत बनाउँदै मधेस प्रदेशलाई स्टार्टअप हबको रूपमा विकास गर्न यस्ता पहलहरूले महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।


प्रकाशित मिति: २ पुष २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?