Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश


निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश

काठमाडौँ । निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष प्रतिनिधि सभा सदस्य निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गरेको छ ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी लगायतका पदाधिकारीहरूले आईतवार प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेश गरेका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालले आयोगको टोलीले निर्वाचन प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेश गरेको जानकारी दिएका छन् । उनले यो निर्वाचन विगतका निर्वाचनको तुलनामा सुशासनको सन्दर्भमा समेत राम्रो भएको बताएका छन् ।

उनले भने, ‘निर्वाचन आयोगको प्रमुख आयुक्तज्यु र माननीय आयुक्तज्युसहित आयोगको समग्र टिम यहाँ आउनुभएको थियो । उहाँहरुले निर्वाचन सम्पन्न गरेको प्रतिवेदन सम्माननीय प्रधानमन्त्रीज्युलाई उपलब्ध गराउनुभएको छ । यो निर्वाचन पहलिाको भन्दा धेरै राम्रो ढंगले सम्पन्न भयो । यो निर्वाचन सुशासनको हिसावले अहिलेसम्मकै सबैभन्दा राम्रो निर्वाचन भएको कुरा हामीले महसुश गर्यौं । प्रधानमन्त्रीज्यूले कार्यवाहक प्रमुख आयुक्त र आयुक्तज्युहरु लगायत आयोगको सम्पूर्ण टिमलाई धन्यावाद आभार गर्नुभएको छ ।’

उनकाअनुसार निर्वाचन प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई धन्यवाद समेत ज्ञापन गरेकी छिन् ।


प्रकाशित मिति: ८ चैत्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?