Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

अन्तगृह परिक्रमासँगै जनकपुरधाममा धार्मिक यात्रा सम्पन्न


जनकपुरधाम। १५ दिवसीय मिथिला मध्यमा परिक्रमा अन्तर्गत अन्तगृह परिक्रमासँगै जनकपुरधाममा धार्मिक यात्रा सम्पन्न भएको छ ।

लाखौं श्रद्धालुहरूको सहभागितामा शुक्रवार बिहान सम्पन्न भएको यो परिक्रमा मिथिलाको महत्वपूर्ण धार्मिक अनुष्ठान मानिन्छ । मिथिला मध्यमा परिक्रमा गर्न नसकेका श्रद्धालुहरू अन्तगृह परिक्रमामा सहभागी भएका थिए । धनुषाको ठेरा कचुरीबाट मिथिला बिहारीको डोलासँगै शुरु भएको मध्यमा परिक्रमा बिहीवार साँझ जनकपुरधाम फर्किएको थियो । फागु पूर्णिमाको अवसरमा प्रत्येक वर्ष लाखौं श्रद्धालुले जनकपुरधामको १५ किलोमिटर वरिपरिको क्षेत्र परिक्रमा गर्दै अन्तगृह परिक्रमा गर्ने परम्परा छ ।

धार्मिक मान्यताअनुसार अन्तगृह परिक्रमा गरे १५ दिवसीय परिक्रमाकै फल प्राप्त हुन्छ । यो यात्रा सकेर जानकी मन्दिर र राम मन्दिरमा दर्शन गरेपछि मिथिलाञ्चलमा होली पर्व विधिवत रूपमा शुरु भएको मानिन्छ । धर्मशास्त्रहरूमा वृहत, मध्यमा र अन्तगृह गरी तीन परिक्रमाको उल्लेख गरिएको पाइन्छ । मध्यमा परिक्रमा गर्न नपाएकाहरू अन्तगृह परिक्रमामा सहभागी हुने गर्दछन् । परम्पराअनुसार अन्तगृह परिक्रमा हुने दिन जनकपुरधाम नगर क्षेत्रमा माछा–मासु विक्रीमा प्रशासनले दुई दिनसम्म रोक लगाउने गर्दछ । यसै कारण जनकपुरधाम र वरिपरिका क्षेत्रहरूमा होली पर्व शनिवार मात्रै मनाइनेछ । मधेस प्रदेशका अन्य कतिपय जिल्लाहरूमा आज (शुक्रवार) नै होली मनाइँदैछ ।


प्रकाशित मिति: १ चैत्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?