Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

अन्तगृह परिक्रमासँगै जनकपुरधाममा धार्मिक यात्रा सम्पन्न


जनकपुरधाम। १५ दिवसीय मिथिला मध्यमा परिक्रमा अन्तर्गत अन्तगृह परिक्रमासँगै जनकपुरधाममा धार्मिक यात्रा सम्पन्न भएको छ ।

लाखौं श्रद्धालुहरूको सहभागितामा शुक्रवार बिहान सम्पन्न भएको यो परिक्रमा मिथिलाको महत्वपूर्ण धार्मिक अनुष्ठान मानिन्छ । मिथिला मध्यमा परिक्रमा गर्न नसकेका श्रद्धालुहरू अन्तगृह परिक्रमामा सहभागी भएका थिए । धनुषाको ठेरा कचुरीबाट मिथिला बिहारीको डोलासँगै शुरु भएको मध्यमा परिक्रमा बिहीवार साँझ जनकपुरधाम फर्किएको थियो । फागु पूर्णिमाको अवसरमा प्रत्येक वर्ष लाखौं श्रद्धालुले जनकपुरधामको १५ किलोमिटर वरिपरिको क्षेत्र परिक्रमा गर्दै अन्तगृह परिक्रमा गर्ने परम्परा छ ।

धार्मिक मान्यताअनुसार अन्तगृह परिक्रमा गरे १५ दिवसीय परिक्रमाकै फल प्राप्त हुन्छ । यो यात्रा सकेर जानकी मन्दिर र राम मन्दिरमा दर्शन गरेपछि मिथिलाञ्चलमा होली पर्व विधिवत रूपमा शुरु भएको मानिन्छ । धर्मशास्त्रहरूमा वृहत, मध्यमा र अन्तगृह गरी तीन परिक्रमाको उल्लेख गरिएको पाइन्छ । मध्यमा परिक्रमा गर्न नपाएकाहरू अन्तगृह परिक्रमामा सहभागी हुने गर्दछन् । परम्पराअनुसार अन्तगृह परिक्रमा हुने दिन जनकपुरधाम नगर क्षेत्रमा माछा–मासु विक्रीमा प्रशासनले दुई दिनसम्म रोक लगाउने गर्दछ । यसै कारण जनकपुरधाम र वरिपरिका क्षेत्रहरूमा होली पर्व शनिवार मात्रै मनाइनेछ । मधेस प्रदेशका अन्य कतिपय जिल्लाहरूमा आज (शुक्रवार) नै होली मनाइँदैछ ।


प्रकाशित मिति: १ चैत्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?