Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

अटेरी एमालेलाई राप्रपाले सिकाएकाे विधिकाे शासनः चुपचाप तिर्याे १ लाख जरिवाना,एमालेलाई बाल मतलब छैन !


काठमाडाैं । ज्ञानेन्द्र शाहको स्वागतका लागि काठमाडौंमा गरिएको कार्यक्रमबाट वातावरण प्रदुषण भएको भन्दै बालेन्द्र शाह बालेन नेतृत्वको काठमाडौं महानगरले १ लाख जरिवानाको पत्र काटेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जरिबानास्वरुपको १ लाख रुपैयाँ तिरेको छ ।

राप्रपाका प्रवक्ता समेत रहेका प्रतिनिधिसभाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलगायतले महानगरपालिकालाई जरिबाना बापतको रकम जम्मा गरेको भौचर हस्तान्तरण हुन् । यसअघि राप्रपाले मेयर बालेनले पूर्वाग्रही ढंगले आफूहरूलाई जरिबाना गरेको गुनासो गरेको थियो ।

तर, पार्टीभित्र आन्तरिक छलफलपछि राप्रपाले रकम तिर्ने निर्णय लिएको राप्रपाको भनाइ छ । काठमाडौँ महानगरपालिकाले राप्रपाले तिरेका जरिबाना रकमको रसिद समेत जारी गरेको छ। रकम तिरेपछि शाहीले फेसबुकमा लेखेका छन्, ‘हामी राप्रपा सुशासन मान्छौं र विधिको शासन मान्छौँ । राजाको स्वागतमा आएका लाखौं आमाबुवा दाजुभाइ बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान् महानगर नगरपालिकाको निर्णयलाई हामी स्वीकार्दछौँ । रु १ लाख हामीले काठमाडौँ महानगरपालिकाको खातामा दाखिला गरेका छौँ।’

गत मंसिर ७ गते एमालेले आयोजना गरेको जागरण अभियानका बेला खुला सडकमा फोहोर फालेकोे भन्दै महानगरले एक लाख रुपैयाँ जरिवाना तोकेको थियो  । महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले प्रतिशोध साँधेको भन्दै एमालेले जरिवाना नतिर्ने अडान लिएको छ । त्यसबेला सामाजिक सञ्जालमा पनि चर्को आलोचना भएको थियो । एमाले नेता–कार्यकर्ताले बालेनको जरिवानापत्रलाई ‘औचित्यहीन चिर्कटो’ भन्दै आएका छन् ।


प्रकाशित मिति: २७ फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?